AnonymousUser

Logout

प्रतिनिधिसभा बैठक: खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत

२७ सांसदले खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गरेकामा सांसद डा. अमरेशकुमार सिंहले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए। बाँकी प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्। 

‘मर्सिनरी’ विद्रोह प्रयासपछीको रुसी महासंघ

पुटिनले आफ्नो वर्चस्व कायम राख्ने र कुनै एउटा समूहलाई अधिक शक्तिशाली हुन नदिने रणनीति अनुरूप 'पालेको' यो प्रतिस्पर्धात्मक अन्तर्द्वन्द्व आखिर उनकै लागि घातक/प्रतिकूल सिद्ध भयो।

प्रधानमन्त्री निवास निल्न खोज्नेहरू पक्राउ पर्न थाले: प्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको प्रधानमन्त्री दाहालको दाबी छ। 

ललिता निवास प्रकरणबारे सीआईबीले भन्यो– मुद्दा दर्ता हुन्छ, अगाडि बढ्छ 

सीआईबीले मंगलबार भानभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाहसहित ७ जनालाई पक्राउ गरेको थियो।

एसीसी यू-१६ इस्टर्न जोन कप: नेपाल एक खेल अगावै सेमिफाइनलमा

बुधबार सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

पूर्वी नेपालको कोसेली निगुरो

मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत  सामुदायिक वनमा निगुरो टिप्न बिहानदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। पूर्व–पश्चिम राजमार्गका यात्रुको रोजाइमा परेको छ, यहाँको निगुरो।

साफले उब्जाएको प्रश्न– फुटबलमा कहिलेसम्म हारलाई नै ‘उपलब्धि’ मानिरहने?

अनुभवी खेलाडीहरू पलायन भएपछि बनाइएको युवा टोली, त्यो पनि तयारीबेगर साफ च्याम्पियनसिप खेल्न पुगेकाले यस्तो नतिजा अपेक्षित नै थियो। तर यसले प्रश्न उब्जाएको छ– कतिन्जेल हारलाई नै ‘उपलब्धि’ मानिरहने?

३० दिनभित्र विवरण बुझाउन सहकारीलाई काठमाडौँ महानगरको निर्देशन

तोकिएको समयभित्र विवरण नबुझाए कानूनबमोजिम कारबाही गर्ने महानगरले जनाएको छ। मेयर बालेन शाहले सहकारी सुशासनका लागि सदस्यको निरन्तर निगरानी आवश्यक रहेकाे बताएका छन्।

प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव पेस हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० माथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ।

नवलपुरबाट वैदेशिक रोजगारमा गएका २८ जनाको एकै वर्षमा मृत्यु

विदेशमा अत्यधिक समय काम गर्ने, कार्यस्थलको असुरक्षा, तनावलगायत कारणले ज्यान गुमाउने गरेको पाइएको छ। 

हेवाखोलाको 'डाइभर्सन' बाढीले बगायो, मेची राजमार्ग पुनः अवरुद्ध  

असार दुई गतेको बाढीले हेवाखोलाको पुल बगाएपछि ठप्प भएको यातायात मंगलबार 'डाइभर्सन' बनाएर आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो।

वाग्नरलाई व्यवस्थापन गर्न रुस चुकेको बेलारुसको आरोप

मस्कोको सेना र रुसमा विद्रोह गर्ने वाग्नर समूहबीच लामो समयदेखि रहँदै आएको तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बेलारुसका शक्तिशाली नेता लुकाशेन्कोले दाबी गरेका छन्। 

नेतृत्वको ‘भिजन’ अभावमा हुन नसकेको सार्वजनिक खर्च पुनरावलोकन

संविधानबमोजिम स्थानीय तहले गर्नुपर्ने काम धेरै छन्। तर, स्थानीय र प्रादेशिक स्तरमा कर्मचारी अभाव छ। संघअन्तर्गतका कतिपय कार्यालयमा कर्मचारी घाम तापेरसमेत बस्ने गरेका छन्।

कस्तो छ बुधबारको मौसम?

मधेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ।

साफमा भारतलाई रोक्दै कुवेत बन्यो समूह विजेता

भारत र कुवेत १०/१० खेलाडीमा समेटिएका थिए। एक अर्काविरुद्ध विवादमा उत्रिएपछि रेफ्रीले भारतका रहिम अली र कुवेतका हामद अल कल्लाफलाई रातो कार्ड दिएका थिए।

विश्वकप छनोट : आयरल्यान्डसँग युएई पराजित

आयरल्यान्डले दिएको ३५० रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटियो।

सरकारले सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने

मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिकामा गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ।

पुनः ‘फाइल’ खुलेको ललिता निवास प्रकरण: को–को तानिएलान्?

राजनीतिका ‘हाइ–प्रोफाइल’हरूलाई समेत त्राहिमाम् पारेको ललिता निवास जग्गा प्रकरणमा फेरि अघि बढेको प्रहरी अनुसन्धानले धेरैको ध्यान खिचेको छ।

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात फरार

पूर्वप्रमुख आयुक्त दीप बस्न्यातका निजी सुरक्षा अधिकृत सई सीताराम बस्नेतले प्रहरी प्रधान कार्यालयमा रिपोर्ट गरेपछि उनी फरार भएको जानकारीमा आएको थियो।

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना छुटे

उच्च अदालत पाटनबाट पक्राउविरुद्ध पहिल्यै ‘स्टे–अर्डर’ लिएका कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली रिहा भएका छन्।