AnonymousUser

Logout

पहिरो पन्छ्याएर दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

कार्यदलले तयार पार्‍यो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा

सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताएका छन्।

विजयकुमार गच्छदारसहित २५० जनामाथि मुद्दा चलाउन सीआईबीको सिफारिस

सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भने प्रतिवादी बनाइएन। उनीहरुलाई साक्षीका रूपमा मात्र राखिएको छ।

‘कोशी प्रदेशमा अपराध भयो, हामी अदालत जान्छौँ’

'कोशी प्रदेशमा लगातार केन्द्रको हस्तक्षेप भइरहेको छ। प्रदेशसभामा जे भयो, त्यो पनि केन्द्रीय गठबन्धनकै नेताहरूको निर्देशनमा भएको छ। कोशीका दललाई नै छोडिदिने हो भने, यो विषय समाधान हुन्छ।'

यौन दुर्व्यवहारको आरोप लागेका ग्रीनवूडले गल्ती स्वीकार्दै म्यानचेस्टर युनाइटेड छाडे

सन् २०२५ सम्मको लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्धित ग्रीनवूडले क्लब छोड्ने आफ्नो निर्णयले सबैकाे भलाइ हुने बताएका छन्।

सीआईबीले बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको थियो। 

पुस्तकालयमा बसेर पढेको पैसा तिर्नुपर्ने भएपछि विद्यार्थी आक्रोशित, त्रिवि भन्छ– नियमन गर्न खोजेका हौँ

त्रिविको विश्वविद्यालयले पुस्तकालयमा अध्ययन गर्दा वर्षको एक हजार १०० रुपैयाँ तिर्नुपर्ने मापदण्ड बनाएको छ। तर, विद्यार्थीहरूले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ति जनाएका छन्।

बेनीमा शुरू भयो परम्परागत ‘बर्खेनाच’, तिजसम्म प्रदर्शन हुने

नेपाल भाषा मंकाः खलःले २०० वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ। नाचका विभिन्न विधामा ४० जनासम्म कलाकार सहभागी हुन्छन्।

गैँडाकोटको बसेनी गाउँ: पाखोबारीमा सुन्तला लगाएर व्यावसायिक बन्दै किसान

गैँडाकोटको बसेनी गाउँ १५ हजार सुन्तलाको बोटले हराभारा भएको छ। भिरालो र नांगो जमिनमा पनि किसानले व्यावसायिक रूपमा सुन्तला लगाएका हुन्। 

एमाले अनुपस्थित बैठकमा राष्ट्रपतिले भने– मैले ‘एक्टिभिज्म’ देखाउन खोजेको होइन

संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको राष्ट्रपति पौडेलको भनाइ छ।

९० वर्षीय प्रेमबहादुर कक्षा १ मा, भन्छन्– केही सिकौँ भनेर पढ्न थालेको हुँ 

दाङ तुलसीपुर–१ भमकेका ९० वर्षीय प्रेमबहादुर डाँगी पनातिसमान उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन्। अब, बाँचुन्जेल पढिरहने उनको भनाइ छ।  

धनगढीबाट काठमाडौँका लागि छुटेको बस नवलपुरमा दुर्घटना: २९ जना घाइते

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाचएको छ। बसमा ३५ जना यात्रु सवार थिए।

 प्रिमियर लिग: आर्सनलद्वारा क्रिस्टल प्यालेस पराजित

जितसँगै आर्सनलको दुई खेलबाट छ अंक भएको छ। एक जित र एक हार बेहोरेको क्रिस्टल प्यालेसको तीन अंक छ।

एकैदिन दुई नागरिकता लिँदा निमोठिएको उत्साह

नयाँ नागरिकता पढ्दै जाँदा 'आमाको नाम' लेखिएको लाइनमा पुगेपछि नराम्रोसँग झस्किएँ। मलाई फनफनी रिंगटा लाग्यो। ती कर्मचारीले पहिले भनेजस्तै मलाई 'आमाबिनाको नागरिक' बनाइदिएका रहेछन्। 

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार, संसद् अवरोध हट्ने

बैठकले छानबिन समितिको टीओआर तयार गर्नका लागि एमाले नेता सुवासचन्द्र नेम्वाङ, कांग्रेसका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता हितराज पाण्डे सदस्य रहेको कार्यादेश समिति गठन गरेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

नेपालमा भारतको उत्तर प्रदेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

टोपेखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

एमाले सचिवालय बैठक सिरहाको विष्णुपुरकट्टीमा बस्ने

एमालेले यसपटक तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिरहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको छ।

प्याजमा कालोबजारी : पाँच व्यापारीलाई कारबाही, चारमाथि अनुसन्धान चल्दै

कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० रुपैयाँसम्म बढेर ८० पुगेको थियो।

भक्तपुरको बाल सुधारगृहमा भएको झडपमा प्रहरीसहित २२ जना घाइते, फरार २२१ मध्ये १९४ नियन्त्रणमा

सानोठिमीस्थित बाल सुधारगृहमा सोमबार भएको झडपमा चार बालबन्दी, प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीको आठ जना घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।