राष्ट्रिय युवासंघ नेपालले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिएको छ।
एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा कुवेतविरुद्धको खेल वर्षाको कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको छ।
खरबुजाकाे सिजन
गर्मीयाम शुरू भएसँगै बजारमा खरबुजाको बिक्री बढेको छ। काठमाडौँका फलफूल पसलहरूमा खरबुजा किन्नेको चहलपहल बढेको देख्न सकिन्छ। बजारमा अहिले खरबुजाकाे मूल्य प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको व्यावसायीले बताएका छन्।
कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक भएको छ। कविता संग्रहमा ६ वटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन्।
कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३६ रन जोड्न सकेको छ। नेपालका लागि करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिए।
भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको अनुसन्धानका लागि पाँचवर्षे हदम्याद आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।
अमेरिकन हार्ट एसोशिएसनले चर्चित डाइट प्लानबारे गरेको अध्ययनले किटो, एट्किन र पेलिओ डाइट गर्ने अधिकांशमा मुटुसम्बन्धी समस्या देखा पर्ने जनाएकाे छ। साथै, पोषणबारेका गलत भ्रम चिर्न आवश्यक रहेको बताएको छ।
आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनको अन्त्य गर्नका लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको पुनको भनाइ छ।
सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना बनाउने उद्देश्यले नियमित सरसफाइ अभियान चलाइरहेको छ।
सत्ता र सञ्चार प्रविधिले आज रचना गरेको दृष्टिकोण र प्रवृत्ति आलोचनात्मक चेतनाको विरोधमा छ। व्यक्ति आफ्नो सत्यलाई, अनुभव र बुझाइलाई नै सबैथोक ठान्दैछ। यसको प्रभाव सिर्जनाको संसारमा पनि पर्दैछ।
नेपालले समूह ‘ए’को विजेता र कुवेतले समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनाएका हुन्।
शुक्रबार बेलुका परेको चट्याङ लागेर सिदिङ्वा गाउँपालिका–६ मेहेलेका श्रीप्रसाद कडरियाको मृत्यु भएको छ।
बाख्रापालनबाट महिलालाई आत्मनिर्भर र नगरलाई मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ
२०४६ सालयता नेपालमा धेरै पार्टी र उम्मेदवारले चुनाव जितेका र हारेका छन्। चुनाव हारेकै रोषमा पार्टीका समर्थकले साम्प्रदायिक घृणा फैलाएको अहिलेसम्म थाहा छैन।
पार्क
धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला रु धेरैलाई काठमाडौँ शहर घुम्दा यस्तै लाग्छ। तर काठमाडौँमा थोरै भए पनि यस्ता खुला ठाउँ छन्। तर व्यवस्थित हुन भने सकेको छैन। संरक्षण र व्यवस्थापनको अभावमा पार्क छिन्नभिन्न छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्त्व बढेको छ। तर, अधिकांश पार्कको नियमित मर्मत तथा व्यवस्थापन हुन सकेको छैन। तस्वीर : न्युज एजेन्सी नेपाल\r\n
जितका लागि २५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले १९.५ ओभरमा अलआउट हुँदै २०१ रन मात्र बनायो।
पुस २६ मा विश्वासको मत लिँदा प्रधानमन्त्रीले पहिलो अधिवेशनबाट एक दर्जन नयाँ ऐन तर्जुमा गर्ने र विद्यमान ऐनहरू संशोधन गर्ने घोषणा गरेका थिए। तर, एउटै ऐन तर्जुमा र संशोधन नगरी अधिवेशन अन्त्य भएको छ।
जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीहरूलाई छनोट गरिने प्रतियोगिताका लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए।