AnonymousUser

Logout

नागरिकता

नागरिकता माग्दै गरिएको प्रदर्शनमा झडप

नागरिकताविहीन संघीय समिति र प्रहरीबीच झडप भएको छ। काठमाडौँको माइतीघरमा नागरिकताविहीन संघीय समितिका सदस्यहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो। नागरिकता विधेयक पारित भएलगत्तै सर्वोच्च अदालतमा परेको रिटमार्फत नागरिकता वितरण रोकिएपछि नागरिकताविहीन संघीय समितिले माइतीघरमा धर्ना दिँदै आएको छ। उनीहरूले आफूहरूले नागरिकता पाउनुपर्ने माग गरेका छन्।

स्रोत अभावबीच बजेट ल्याउँदै बागलुङका स्थानीय तह, जनजीविकासँग जोडिने कार्यक्रम प्राथमिकतामा 

बागलुङका स्थानीय तहले रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार र ठूला पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेका छन्। 

दार्चुलाको खाणेश्वरी केन्द्रबिन्दु भएर भूकम्प

यसअघि जेठ २९ गते बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

११ महिनामा काठमाडौँ महानगरको राजश्व ८ अर्ब 

महानगरले चालु आवमा राजस्व संकलन लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति आन्तरिक आयतर्फ गरेको छ।

छिमेकीको सुरक्षा र कूटनीतिक चासोमा भइरहेको खेलाँची

शासन सञ्चालनमा प्रभाव पार्ने हाम्रा नेताहरूका आफ्नै सोच छन् जो भूराजनीतिसँग बिरलै मेल खान्छ। त्यसकै क्षति नेपालले बेहोर्नु परेको छ।

सिरियाको सडक किनारमा बम विस्फोट, ५ सैनिकको मृत्यु

सिरियाका सडकमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा बम विस्फोट भइरहेको छ। बम इस्लामिक स्टेट (आईएस) लडाकुले राखेको आशंका गरिए पनि पुष्टि भइसकेको छैन। 

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

‘समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा नबनोस्’

प्रधानमन्त्री दाहालसहितका शीर्ष नेताहरूले समाजवादी मोर्चाको औचित्य प्रस्ट्याइरहँदा झलनाथ खनालले भने मोर्चालाई सत्ता टिकाउने कदमका रूपमा प्रयोग नगर्न सचेत गराएका थिए।

सडक अवरुद्ध हुँदा बेपत्ताहरूको खोजी कार्य र उद्धारमा सकस

शनिबार राति गएको बाढीपहिरोले ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ मेहेलेमा आइतबार एक र सोमबार दुई गरी तीन जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ। तीनजना अझै बेपता छन्।

यूएईमाथि श्रीलंकाको सहज जित, हसरंगाले लिए ६ विकेट

श्रीलंकाले दिएको ३५६ रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमै समेटियो।

चौधरी ग्रुपले हडपेको जग्गा फिर्ता ल्याउन ३६ वर्षदेखि लडिरहेका सतुंगलबासी 

चार दशकअघि सतुंगलमा खुलेको एपोलो स्टील इन्डस्ट्रिज नै चौधरी ग्रुपको ‘व्यापारिक साम्राज्य’को जग थियो। एपोलोले त्यसबेला हडपेको सार्वजनिक बाटो फर्काउन ३६ वर्षदेखि लडिरहेका सतुंगलबासीको संघर्षको कथा:

ओलीप्रति संकेत गर्दै उपेन्द्रले भने– समाजवादी मोर्चा कसैका विरुद्ध होइन, तर्सिनु पर्दैन

जसपाका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैका विरुद्धमा नभएको दाबी गर्दै यसबाट कोही पनि डराउन नपर्ने बताएका छन्।

चार दलले गरे समाजवादी मोर्चाको घोषणा, शीर्ष नेताले आलोपालो नेतृत्व गर्ने

मोर्चाको समझदारीपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरे।

समिट अपार्टमेन्ट प्रकरणः पाँच वर्ष लगाएर हडपिएको थियो विष्ट परिवारको डेढ रोपनी जग्गा

समिटले बहुमूल्य जग्गा पहिले लिजमा लिएर पाँच वर्षपछि जग्गाधनीलाई समेत थाहै नदिई आफ्नो नाममा पुर्जा बनाउन कसरी सफल भयो त्यसको फेहरिस्त एउटा फिल्मी–कथा जस्तो छ।

पैसा नै नभएका खाताबाट लाखौँ कित्ताका लागि आवेदन परेपछि घोराही सिमेन्टको आईपीओ स्थगन

घोराही सिमेन्टले प्रिमियम मूल्यमा जारी गरेको आईपीओमा मागभन्दा बढी कित्ता शेयरका लागि आवदेन परे पनि समायावधि थप गरिएपछि अनियमितताको आशंकामा धितोपत्र बोर्डले आवेदन प्रक्रिया स्थगन गरेको छ।

रिहा भए उपप्राध्यापक प्रेम चलाउने

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन काठमाडौँ जिल्ला अदालत पुगेपछि उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नेप्से सामान्य अंकले घट्यो , ४ अर्ब ७४ करोडको कारोबार

सोमबार विकास बैंक, वित्त, लगानी, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

घोराही सिमेन्टको आईपीओ: बढी कित्ता माग गरेर ‘फर्जी आवेदन’

घोराही सिमेन्टको आईपीओ खरिदका लागि रकम नै नभएका खाताबाट अस्वाभाविक रूपमा आवेदन परेपछि सीडीएस एन्ड क्लियरिङले सूचना जारी गरेर खाताको रकमभन्दा बढीको शेयर आवेदन दिइए कानूनी कारबाही हुने जनाएको छ।

ग्लोबल फुड पोलिसी रिपोर्ट : नेपालमा खाद्य असुरक्षा बढ्यो

‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एशिया क्षेत्रमा समेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको छ।

सत्तापक्षबाटै नागरिकताको विषयमा राजनीतिकरण भइरहेको राजेन्द्र लिङ्देनको आरोप

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरूबाट भएझैँ गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।