सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताएका छन्।
यो हप्ताभरि पनि विश्वको ध्यान हमास–इजरायल युद्धले नै तान्यो। तर त्यहीबीच चीनमा बीआरआई सम्मेलन भएको छ। क्यानडालाई अमेरिका र बेलायतले साथ दिँदै भारतमाथि भियना कन्भेन्सन उल्लंघनको आरोप लगाएका छन्।
नेदरल्यान्ड्सले दिएको २६३ रनको लक्ष्य श्रीलंकाले ४८. २ ओभरमा ५ विकेट गुमाएर भेटायो।
असन्तुष्ट समूहले शनिबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनको परिणाम नमान्ने र अहिलेकै बन्दसत्रबाट नयाँ बाटो तय गर्नुपर्ने जनाएको छ।
विमानस्थलको आगमन र प्रस्थान कक्षमा भिडभाडको दृश्य उस्तै भए पनि उभिनेहरूको अनुहारमा विपरीत भाव देखिन्थ्यो। कोही घर फर्किंदाको खुशीले मुस्कुराइरहेका थिए, कोही आँशु लिएर बिदाइको हात हल्लाइरहेका थिए।
गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइने गरिन्छ।
पाकिस्तानमा चुनावको चर्चा चलिरहेका बेला नवाजको आगमनले त्यहाँको राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो।
महासंघको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो। सोही सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो।
केन्द्रीय दुग्ध सहकारी संघका अनुसार दशैँको मुखमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले पैसा नदिँदा किसानहरू निकै समस्यामा परेका छन्।
नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ११.५ ओभरमा ४३ रनमा अलआउट भयो।
शनिबार फूलपातीको दिन घर जानको लागि काठमाडाैँको गोंगबुस्थित बसपार्कमा पुगेकाहरू निकै उत्साहित देखिन्छन्।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो।
घटस्थापनायता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ५०० उडान भइरहेको र १६ हजारदेखि १७ हजार यात्रुले आवतजावत गरिरहेका छन्।
कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दशैँ आएको आभास छैन। दशैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुरलाई भने छाक कसरी टार्ने भन्ने चिन्तामा छन्।
नेपालका कुशल मल्लले ४१ बलमा ९ छक्का र ३ चौकासहित ९२ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको योगदान दिए।
खोकनामा मानिससरह धारामा नुहाउँदै गरेका हाँस, रुद्रायणी मन्दिरको भागमा छाडिएका बाख्रा र तिनका पाठापाठीलाई पनि त्यहाँ चढाएका प्रसाद खान भ्याईनभ्याई हुन्छ। मन्दिर परिसर धूपबत्तीको बास्ना र रापले भरिन्छ।
बाख्रापालन गरेर जीवन धानेका डडेलधुराको भित्री मधेशका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्छन्।
आजको खेलमा विजयी भए नेपालले एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ।
हरेक वर्ष दशैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती हर्षबढाइँका साथ काठमाडौँस्थित हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ।