‘नो विन्टर होलिडेज’मा एउटै पुरुषसँग विवाह भएर श्रीमान् दिवंगत भएपछिका दुई एकल वृद्ध महिलाको कथा समेटिएको छ।
काठमाडौँ– राजन कठेत र सुनीर पाण्डेद्वारा निर्देशित ‘नो विन्टर होलिडेज’ ले ११ औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ मा उत्कृष्ट फिचर डकुमेन्ट्रीको पुरस्कार जितेको छ।
एउटै पुरुषसँग विवाह भएर श्रीमान् दिवंगत भएपछिका दुई एकल वृद्ध महिलाको कथा रहेको वृत्तचित्रलाई महोत्सवको निर्णायक समितिले उत्कृष्ट ठहर गरेको हो। मंगलबार सम्पन्न महोत्सवमा उत्कृष्ट कथानकमा सर्ट फिल्मतर्फ फ्रान्सको जवाहिन जेनिटरको ‘अन माइ फादर्स ग्रेभ,’ आकांक्षा कार्कीको ‘सनै,’ महिला सिनेकर्मीमा शुभांगी खड्काको ‘एज अफ लर्निङ’ उत्कृष्ट दरिए।
प्रत्येक वर्ष जस्तै यसपालि सामूहिक अधिकारका विषयलाई प्राथमिकतामा राखेर उक्त महोत्सव सम्पन्न भएको आयोजकले जनाएका छन्। यसपटकको महोत्सवमा सयभन्दा बढी देशबाट फिल्मको आवेदन परेका थिए। जसमा २६ देशका ५४ वटा फिल्महरु मात्रै महोत्सवमा राखिएको थियो।
मानवअधिकारको विषयलाई फिल्ममार्फत् जनतासम्म सहजै रुपमा पुर्याउन र फिल्म निर्माताहरूलाई आफूले बनाएको चलचित्रहरू प्रदर्शन गर्नका लागि एउटा मञ्च प्रदान गर्ने उद्देश्यका साथ करिब ११ वर्षदेखि महोत्सव मनाइँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
