AnonymousUser

Logout

तीन वर्षदेखि थन्किएका बिजुली बस गुड्न थाले

दशैँको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गरेको लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि अझै टुङ्ग्याएको छैन।

चाडपर्वलक्षित अनुगमनमा १ हजार ४६८ ट्राफिक प्रहरी खटाइँदै

ट्राफिक प्रहरीले नियमित ३६ स्थानमा चेकिङ भइरहेकोमा थप ३५ स्थानमा चेकिङ हुने जनाएको छ।

त्रिभुवन विमानस्थल वरपर चंगा उडाउन नपाइने

हवाइ दुर्घटना हुनसक्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल वरपर चंगा उडाउन प्रतिबन्ध लगाएको छ। प्रतिबन्धको अवज्ञा गर्दै चंगा उडाएको पाइए कारबाही गरिने प्राधिकरणले जनाएको छ।

भाइरल कागजातले उठाएको प्रश्न– के विभागको अभिलेखीकरण कमजोर हो?

टुकुचासँग सम्बन्धित आधिकारिक कागजात पुरातत्त्व विभागसँग छैन। सामाजिक सञ्जालमा भाइरल बनेको कागजातलाई विभागले आधार मानेर अध्ययनका लागि पठाएको छ।

विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला

सोमबारदेखी हराइरहेकी हिलारी नेल्सनको शव आज बिहान फेला परेको छ।

अवस्था ठीक नभएका ३१ गाडी प्रहरीको नियन्त्रणमा

ट्राफिक प्रहरीले अवस्था ठीक नभएका बस, टेम्पो, माइक्रो बस, डिआई गाडीलगायतका ३५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने ३१ वटालाई नियन्त्रणमा  लिएको छ।

दशैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने

दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट २० लाख यात्रु बाहिरिने अनुमान महानगरीय ट्राफिक कार्यालयले जनाएको छ।

दशैँघरमा राखियो जमरा

नवरात्रको पहिलो दिन सोमबार हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ।

दशैँभरिका लागि ''रुट परमिट'' हट्यो, गाडीहरू स्वैच्छिकरूपमा चल्न पाउने

सरकारले देशैभर लागू हुने गरी स्वैच्छिकरूपमा गाडी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ। यो व्यवस्था आजबाट कोजाग्रत पूर्णिमासम्म लागू हुनेछ।

चाडपर्व लक्षित ‘रुट परमिट’ खुला

सरकारले चाडपर्वलाई लक्षित गरी आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।

सत्यमोहनको हेरचाहका लागि सरकारले नर्स उपलब्ध गराउने

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाहका लागि सरकारले स्वास्थ्य मन्त्रालयमार्फत नर्स उपलब्ध गराउने भएको छ।

राष्ट्रिय गानका रचयिता माइलालाई मासिक ५० हजार दिने सरकारको निर्णय

सरकारले राष्ट्रिय गानका रचियता व्याकुल माइलालाई जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ। यसअघि सरकारले उनलाई २५ हजार उपलब्ध गराउँदै आएको थियो।

म्याग्दीमा चुनावी खर्च नबुझाएका उम्मेदवारलाई साढे ४ लाख रुपैयाँसम्म जरिवाना

स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवार दिएक तर खर्च विवरण नबुझाएका ५०७ जनालाई आयोगले साढे १ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म जरिवाना तोकेको हो ।

पुरातत्त्वको प्रारम्भिक निष्कर्ष : टुकुचाको सुरुङ संरचना वीरशमशेरकै पालाको

पुरातत्त्व विभागले बनाएको अध्ययन समितिले टुकुचा खोलामा वीरशमशेरको शासनकालमै सुरुङ बनेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

कञ्चनपुरका बाढीपीडितको बास जंगलमा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावितहरू जनजागरण सामुदायिक वनमा त्रिपाल टाँगेर ओत लागेर बस्ने गरेका छन्।

तङ्ग्रिँदै महाकालीपारिको दोधारा चाँदनी

स्थानीय सरकार आएपछि दोधारा चाँदनीमा सडक, बिजुलीबत्तीलगायतका सुविधा आएको र सुक्खा बन्दरगाह बने कायापलट हुने स्थानीयको भनाइ छ।

मानव सेवाले दिएको खुसी....

सबै मान्छेसमानरूपमा बाँच्न पाउनुपर्छ भनेर वकालत गर्ने सञ्जिता गौतमको लक्ष्य नै दिनदुखी र गरिबकाे सेवा गर्ने थियो। हेटाैँडाबाट मानव सेवा सुरु गरेकी उनी सुर्खेतमा रहेकाे मानव सेवा आश्रममा सेवारत छिन् ।

विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा कक्षामा

खोला बढेर विद्यार्थी आउन नसक्दा त्रैमासिक परीक्षा स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयसिं घिसिङ बताउँछन्।

काठमाडौं महानगरले उच्च अदालतको आदेश अवहेलना गरेको हो?

काठमाडौं महानगरपालिकाका मेयर साहका स्वकीय सचिव भूपदेव शाहले अदालतबाट भएको पत्र महानगरमा दर्ता भई नसकेको बताए।

१५ हजारले लिए अग्रिम टिकट

प्रत्येक वर्ष दसैँ मनाउन काठमाडौं उपत्यकाबाट २० लाख हाराहारी यात्रु बाहिरिने गरेका छन् ।