AnonymousUser

Logout

चार दिने औपचारिक भ्रमण सकेर न्युयोर्क फर्किए गुटेरेस

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे।

नवनिर्वाचित एनआरएनए अध्यक्ष बद्री केसीद्वारा आर के शर्माको समूहविरुद्ध प्रहरीमा उजुरी

अभ्रद व्यवहार, वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसूरमा कारबाहीका लागि माग गरेका छन्।

ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

माझकिरात भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ।

स्रोत नखुलेको झन्डै २२ लाख रुपैयाँसहित किशोर पक्राउ

मोटरसाइकलमा सवार रहेका १६ वर्षीय ती किशोरले झोलामा रकम बोकेको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

यस्तो रहनेछ बुधबारको माैसम

उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राष्ट्रसंघका महासचिवले द्वन्द्वपीडितलाई नभेटेकोमा नागरिक अगुवाहरूद्वारा दु:ख प्रकट 

मुख्य सरोकारवालाका रूपमा हिंसात्मक द्वन्द्वका पीडितहरूले वर्षौंदेखि एक्लो संघर्ष गर्दै आएको भन्दै पत्रमा महासचिव गुटेरेसलाई उनीहरूको  भूमिका र महत्वबारे स्मरण गराइएको छ।

जिल्लाबाहिर जान हुम्लावासीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट बाँडेको गुनासो

तीनचार दिनको अन्तरालमा एउटा उडान गर्ने निजी जहाजले फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका सर्वसाधारण बताउँछन्।

उद्योगसचिव भन्छन्– भारतले प्रतिबन्ध नहटाएसम्म चिनीको समस्या समाधान गर्न कठिन

चिनीको समस्या समाधान गर्न आन्तरिक उत्पादन बढाउने उद्देश्यले सरोकारवालासँग छलफलको थालनी भएको उद्योगसचिव मुकुन्दप्रसाद निरौलाको भनाइ छ।

बुद्ध जन्मस्थलबाट संसारभर भइरहेका द्वन्द्व अन्त्य गर्न महासचिव गुटेरेसको आह्वान

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसंघको ‘मिसन’ मिल्दोजुल्दो छ। यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँ।”

संक्रमणकालीन न्याय प्रक्रिया तत्काल शुरू गर्न माग गर्दै द्वन्द्वपीडितको प्रदर्शन

द्वन्द्वपीडितले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण अल्झिरहेको संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सफल होस् भन्ने कामनासमेत गरेका छन्।

एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु 

ठक्करले गम्भीर घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

राजमार्ग नै छेक्ने पशु चौपायाका बथान (तस्वीरहरू)

लामो दूरीका सवारी साधनहरू तीव्र गतिमा गुड्ने देशकै मुख्य राजमार्गमा यसरी छोडिएका चौपायाले आफैँ जोखिममा रहेर सवारी दुर्घटनाको खतरा पनि निम्त्याइरहेका छन्। 

जलवायु अनुकूलनको लागि छुट्याइएको रकम नेपालले पाउनुपर्छः महासचिव गुटेरेस

महासचिव गुटेरेसले जलवायु अनुकूलनको लागि बनाइएका कोषहरूको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरूले पाउनुपर्नेमा जोड दिए।

काठमाडाैँमा ट्राफिक जाँच तीव्र, २४ घण्टामा १ हजार ५२७ चालकलाई कारबाही

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा विशेष टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ। 

बारा शिक्षक हत्या प्रकरण: ६ जना पक्राउ

पक्राउ पर्नेमा एकजना महिला रहेको र उनी बाल एकता स्कुलकै पूर्व शिक्षिका रहेको खुलेको छ।

अन्नपूर्ण आधारशिविर भ्रमण गरेर महासचिव गुटेरेस लुम्बिनी जाँदै

मंगलबार बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यहाँ पुगेका गुटेरेसले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गरेका छन्।

मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ

मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ।

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। 

महासचिव गुटेरेसले गरे पुम्दीकोटको अवलोकन, फेवातालमा नौका विहार

महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताए।

‘आरती साहको परिवारले न्याय नपाउनु दण्डहीनताको पराकाष्ठा’

आरती साहको माइतीपक्षले उनको हत्या भएको र हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै १३६ दिनदेखि माइतीघरमा धर्ना दिँदै आएका छन्।