AnonymousUser

Logout

चाडपर्वलक्षित विशेष सुरक्षा योजना: देशभर खटाइयो ५० हजार प्रहरी

प्रहरी प्रधान कार्यालयले चाडपर्वलक्षित विशेष सुरक्षा योजना आइतबारदेखि देशैभरका प्रहरी युनिटमा लागू गर्न सर्कुलर जारी गरेको छ।

तत्काल इजरायली समकक्षीसँग कुरा गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

सरकारले विज्ञप्ति जारी गरेर र संसद्मा घटनाको विवरण सुनाएर मात्रै नपुग्ने भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले नेपालीको जीवनरक्षाका लागि प्रधानमन्त्रीले इजरायली समकक्षीसँग सिधा संवाद गर्नुपर्ने बताए।

प्यालेस्टिनी आक्रमण भएको क्षेत्रमा रहेका १७ नेपाली विद्यार्थीमध्ये १२ जना सम्पर्कविहीन

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना कृषिका विद्यार्थीमध्ये आक्रमण भएको स्थानमा १७ जना कार्यरत रहेकोमा दुई जना सकुशल भएको, तीन जनाको उपचार भइरहेको र बाँकी १२ जना सम्पर्कविहीन भएको उनले जानकारी दिए

तुइनको डोरी चुँडिएर कर्णालीमा खस्दा १ मजदुर बेपत्ता

हुम्लाको सर्केगाड–२ रिपस्थित खडीखेत घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा नदीमा खसेर मुगुका ३८ वर्षीय मक्करसिंह नेपाली बेपत्ता भएका छन्। 

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान

जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित मार्टमा राति ११ बजे लागेको आगो आइतबार बिहान मात्रै नियन्त्रणमा आएको छ।

कोशी, बागमती र लुम्बिनीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्यालेस्टिनी आक्रमणमा इजरायलमा रहेका ९ नेपाली घाइते

नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि दूतावासको इजरायली अधिकारीसँग सम्पर्क र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयको भनाइ छ।

सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, कोशी र बागमतीमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। 

गणतन्त्र नै लज्जित बनाउने वितण्डा: ८ वर्षमा दिइयो ९४३८ जनालाई सजाय माफी

कानूनीराज चल्नुपर्ने देशमा ‘नेताको राज’ हाबी हुँदा केसम्म हुन्छ भनेर देखाउने तस्वीर बनेको छ पछिल्लो आठ वर्षमा सत्ता–शक्ति दुरुपयोग गरेर ९ हजार ४३८ जनालाई दिएको माफी मिनाहा र कैद छुट।

मेयरको विरोधमा फेसबुकमा लेखेपछि पक्राउ, साइबर अपराधमा अनुसन्धान

महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको विरोधमा फेसबुक स्ट्याटस लेखेका स्थानीय बद्रीनाथ झालाई प्रहरीले पक्राउ गरेर साइबर अपराधमा अनुसन्धान थालेको छ।

नेपाल र युराेपेली देश रोमानियाबीच श्रम सम्झाैता

कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप सम्झाैता कायम भएको हाे। पछिल्लाे समय राेमानिया नेपाली श्रमिककाे लागि राेजाइकाे गन्तव्य बन्दै गएकाे छ।

अस्थायी आवास बनाउन भूकम्पपीडितलाई ५० हजार दिने प्रधानमन्त्रीको घोषणा, मृतक परिवारलाई तत्काल २ लाख दिइने

बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात् राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि राहतको घोषणा गरेका हुन्।

प्रधानमन्त्रीले गरे भूकम्प प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नुका साथै पीडितलाई आवश्यक राहत पुर्‍याउन स्थानीय निकायलाई निर्देशनसमेत दिएका छन्।

मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा सडकबाट करिब १०० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेका थिए।

नेपालगन्जमा फेरि कर्फ्यु, ५ जनाभन्दा धेरै भेला हुन नपाइने 

नेपालगन्जमा यसअघि दिउँसोको समयमा कर्फ्यु खुकुलो बनाइएको थियो। 

बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरि भूकम्प

बझाङमा गत मंगलबार ठूलो भूपम्प गएयता निरन्तर स–साना पराकम्पहरू भइरहेका छन्। भूकम्पमा एक जनाको मृत्यु भएको थियो।

कस्तो रहनेछ शुक्रबारको मौसम?

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ।

साबिककै विद्यालयमा फर्किए शिक्षक ब्रह्मदेव पासवान

जीतपुरसिमरा उपमहानगरको कार्यालयमा भएको छलफलपछि शिक्षक ब्रह्मदेव पासवानलाई साबिकै विद्यालयमा पठाउने निर्णय गरिएको हो।

मधेशमा मन्त्री आवासका लागि ‘जनक दरबार’ ठड्याउने तारतम्य, घोषणासँगै आलोचना पनि चुलिँदै

मधेश प्रदेशका अन्य प्राथमिकतालाई पन्छाएर मुख्यमन्त्री सरोजकुमार यादवको ध्यान 'जनक दरबार' बनाउन केन्द्रित भएपछि उनीविरुद्ध आलोचनात्मक टिकाटिप्पणी शुरू भएको छ।