चीनसँगको सीमावर्ती गाउँ हटिया, च्याम्ताङ, चेपुवा, लिंगम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन्।
कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
घुसबापत ४० हजार रुपैयाँ लिएको आरोपमा पक्राउ परेका कर्मचारीको बयान लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न सकारात्मक रहेको बताउँदै आ–आफ्नो कार्यस्थलमा फर्की नागरिकको सेवा प्रवाह सुचारु गर्न अनुरोध गरेको छ।
नेपालगन्जको जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको चाँडो उद्धार गर्नसमेत सरकारलाई निर्देशन दिएको छ।
इजरायलमा केयर गिभर कामको लागि २४ जनाले भिसा प्राप्त गरिसकेका थिए। उनीहरूको उडानको समय बुधबार बिहान १ बजेको लागि तय भएको थियो।
सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा. शिव सुवेदीले जानकारी दिए।
बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते भएकी छन्।
इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो। सोही सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो।
कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
युद्धको चपेटामा परेको इजरायलमा रहेका कतिपय नेपालीले सामाजिक सञ्जालमा भिडियो र चिठी राखेर आफूहरूको उद्धार गर्न आग्रह गरिरहेका छन्। तर सरकारले अहिलेसम्म उद्धारको लागि ठोस निर्णय गर्न सकेको छैन।
आफन्तले सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर इजरायलको द्वन्द्वको चपेटामा परेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न आग्रह गरेका छन्।
इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो।
गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमतिपश्चात् टिकट बुकिङ खुलेको हो। याेसँगै काठमाडाैँकाे गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्नेकाे घुइँचाे लागेकाे छ।
इजरायल प्यालेस्टाइन युद्धका कारण समस्या र त्रासमा रहेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि रजिस्ट्रेसन खुला गरिएको हाे।
हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
इजरायलको तेलअविवस्थित नेपाली दूतावासले १० जनाको मृत्यु भएको, तीन जनाको उपचार भइरहेको र एक जनाको अवस्था अज्ञात रहेको पुष्टि गरेको हो।
सरोकारवालाले डब्ल्यूएचओको दक्षिणपूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्।
भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महराबाहेक उनका छोरा राहुलसहित चार जनालाई प्रतिवादी बनाउन राय दिएको छ।