AnonymousUser

Logout

पर्सामा कार दुर्घटनामा परी १ जनाको मृत्यु, ३ घाइते

वीरगन्ज महानगर–१४ पिपरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सोमबार बस्ने गरी स्थगित भयो प्रतिनिधिसभा बैठक

प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सोमबार २ बजेसम्म स्थगित भएको छ।

आयल निगमका गण्डकी प्रदेश प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मिलेमतोमा बिलमा उल्लेख परिणामभन्दा बढी डिजेल दिएको आरोपमा नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तुलसीपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको छ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, चिनियाँ कम्पनी एशियाइन्फो युनहान्ग सफ्टवेयरका उच्च अधिकारीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोरको शव फेला

सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउदको शव आइतबार भेटिएको छ।

बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तिम चरणमा

कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन्।

झापामा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्रका सईको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन्।

बुर्तिबाङलाई नयाँ शहर बनाउने कार्य सुस्त गतिमा  

पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको छ।

उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिममा थप ४ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बाजुराको बाम्का बजारमा आगलागीबाट पौने ९ करोडको क्षति

बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भएको आगलागीबाट फेन्सी, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक, होटललगायतका पसल जल्दा पौने नौ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

बाढीले पुरियो नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ

संखुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ।

झापामा पोखरीमा डुबेर तेह्रथुमका दुई बालकको मृत्यु

तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीको डरले बसाइँ सर्न थाले कुतियाकवरवासी

जोगबुडा नदी र महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको कुतियाकवरबस्ती हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ। तटबन्ध निर्माण रोकिएपछि स्थानीय सुरक्षित स्थान खोज्न थालेका छन्।

बाम्का आगलागी: पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा शुक्रबार दिउँसो खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो।

बाम्का बजार आगलागी : ‘बाल्टिनकै भरमा आगो निभाइयो, दमकल भएको भए यति ठूलो क्षति हुने थिएन’

बाजुराको बूढीगंगा नगरपालिका–६ का वडाध्यक्ष हेमराज जैसी भन्छन्, ‘जिल्लामा दमकल नै छैन। छिमेकी जिल्ला अछामको दमकल बिग्रेको र डोटीबाट आउन सक्ने अवस्था भएन। त्यसैले ठूलो धनमालको क्षति भयो।’

हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा ८ जना घाइते

झापाको कनकाई नगरपालिका–२ मा हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा आठ जना घाइते भएका छन्।

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्कीवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ।

बाजुराको बाम्का बजारमा सिलिन्डर फड्किएर आगलागी

बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा १२ भन्दा बढी पसल जलेको प्रहरीले जनाएको छ।