भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको मंगलबार सामूहिक शवयात्रा निकालिएको छ।
गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ।
जेनजी आन्दोलनमा दाहिने हातमा गोली लागेका अनुजले अस्पतालको शय्याबाट बोलेका शब्दले आमा सरस्वतीमा साहस थपिदियो तर छोराको अवस्थाले भने मन पिरोलिरहेको छ।
विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइने भएको छ।
मन्त्रिपरिषद्ले 'जेनजी' आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गतेका लागि तय प्रतिनिधिसभाको उपनिर्वाचन स्थगित गरेको छ।
शहरी विकासमन्त्री कुलमान घिसिङले 'जेनजी' आन्दोलनका क्रममा आगजनी भएका सरकारी संरचनाहरूको दशैँअघि नै रङरोगन गर्ने तयारी गरिने बताएका छन्।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्ला मात्र भएको बताएका छन्।
जेनजी आन्दोलनका कारण प्रहरी कार्यालयको परिदृश्य र प्रहरीको दैनिकी बदलिएको छ। भदौ २९ गतेदेखि प्रहरीहरू पूर्णरूपमा काममा फर्किए पनि मनोबल आन्दोलनअघिकै अवस्थामा छैन।
‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव फेला परेको छ।
रबरका गोली लागेर एम्बुलेन्समा हालेपछि उनले त्यहीँ एउटा भिडियो बनाएर सामाजिक सञ्जालमा हाले। शरीरको माथिल्लो भाग रगताम्य देखिने उक्त भाइरल भिडियोमा उनी भन्दै थिए– म छाती थापेर आको...
शनिबारदेखि हराएका हतियार खोजी अभियान चलाएको प्रहरीले केही हतियार र गोली बरामद गरेको छ। यस क्रममा अपराधमा संलग्न केही व्यक्तिहरू पनि पक्राउ परेका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले ४६ वटा शव परीक्षणका लागि ल्याइएकोमा २८ वटाको परीक्षण सकिएको जनाएको छ।
पदभार ग्रहण गरेलगत्तै ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता रकम उठाउन निर्देशन दिने निर्णय गरेका छन्।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन्।
बानेश्वरको सडकमा प्रहरीले चलाएको गोली धर्मेन्द्रको फोक्सो र कलेजोमै लाग्यो। बीच सडकमा ढलेर गुहार मागिरहेका कालिकोटका उनलाई सर्लाहीका भीम यादवले उठाएर अस्पताल पुर्याए।
अविरल वर्षाका कारण आएको पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।