AnonymousUser

Logout

काठमाडाैँ उपत्यकासहित देशभरका विभिन्न भागमा वर्षा

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सीआईबीले भन्यो– आन्दोलनमा लुटिएका सामान खरिद–बिक्री नगर्नू

सीआईबीले आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सामानहरू खरिद, बिक्री वा सञ्चय गरेको पाइएमा कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ।

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका छन्।

विभिन्न जेलबाट भागेका ४ विदेशीसहित १४ कैदीबन्दी धनुषाबाट पक्राउ

विभिन्न जेलबाट भागेका चार जना विदेशीसहित १४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले पक्राउ गरेको छ।

आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्: क्षतिको मूल्यांकन र सेवा सञ्चालन सँगसँगै

सभाकक्षमा जडान गरिएका महत्त्वपूर्ण सामग्रीहरू जलेर खरानी भएकाले कुनै पनि वस्तु पहिचान गर्न नसकिने अवस्थामा छन्। भवनभित्र रहेका दुवै सभाहल र वरपरका अन्य कोठाहरूको छत खसेको छ।

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने शहरी मन्त्रालयको तयारी

शहरी विकास मन्त्रालयका सचिव सचिव गोपालप्रसाद सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन्।

जब ट्राफिक व्यवस्थापन गरिरहेका नासिबले भने– पर्खनुस्, देश बल्ल त ब्युँझदैछ

आठ महिनादेखि काठमाडौँ बसिरहेका दार्जिलिङका नासिब मुखिया र उनका नेपाली साथीहरू शुक्रबार र शनिबार साँझ जडीबुटी क्षेत्रमा सिठी फुकिरहेका थिए, अटेर गर्ने चालकलाई हात पनि जोडिरहेका थिए।

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सेवा बन्द रहने

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अन्य अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कामकारबाही अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ।

अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ।

३,७२३ कैदीबन्दी पक्राउ, १० हजारभन्दा बढी फरार

‘जेनजी’ प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्। अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले सर्वसाधारणलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन

सरकारले चाडपर्वको समयमा यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।

‘हामी नेपाललाई सहयोग गरेका छैनौँ, संवेदनशील घडीमा बदनाम गरियो’

फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गर्दै बारबराको सम्पत्ति, पारदर्शिता र सुशासनमा आधारित संस्थालाई लक्षित गरी फैलाइएका आरोप निराधार रहेको जनाएको छ।

काठमाडौँको बौद्धस्थित भाटभटेनीमा ६ शव फेला

सरसफाइ गर्ने क्रममा जलेको अवस्थामा ६ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्।

बँदेलले बाली सखाप पारिदिएपछि चिन्तित छन् ताप्लेजुङका किसान

बँदेलले मकैलगायत बाली सखाप परिदिएपछि ताप्लेजुङ सिदिङवा गाउपालिका–१ कालिखोलाका किसान चिन्तित भएका छन्। पहिले भालुले दुःख दिने गरेकामा पछिल्लो समय बँदेलले दु:ख दिन थालेको छ।

नयाँ बसपार्कबाट ३०० बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै शनिबार नयाँ बसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका छन्।

आन्दोलनका घाइतेले प्रधानमन्त्रीसँग भने– ‘हाम्रो योगदान खेर नजाओस्’

'जेनजी' आन्दोलनमा घाइते भएका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग देशका लागि आफूहरूले दिएको बलिदान खेर जान नदिन र देशलाई निकास दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको निर्वाचनका लागि सहयोग गर्न राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले देशको जटिल परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै फागुनका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिल गरेका छन्।

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार पारिँदै प्रधानमन्त्रीको कार्यकक्ष

नेपाली सेना र कर्मचारी सिंहदरबारको पश्चिमोत्तर भागमा रहेको गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाउन जुटेका छन्। आगजनीबाट जोगिएका पुराना सामान प्रयोग गरेर नयाँ कार्यकक्ष तयार पारिँदै छ।

संसद् विघटनको निर्णय सच्च्याउन ८ दलको माग

आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानूनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानूनबमोजिम हुनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री कार्कीलाई बांग्लादेश सरकारका प्रमुख सल्लाहकारको बधाई

​​​​​​​बांग्लादेश सरकारका प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।