AnonymousUser

Logout

४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी नयाँ कानून बन्दै

वि.स.२०३४ सालमा बनेको जग्गा प्राप्ति ऐनलाई समयसापेक्ष संशोधन तथा परिमार्जन गर्न बनेको विधेयकमाथि मन्त्रालयले सुझाव संकलन गरिरहेको छ।

बाढीले निर्माणाधीन पुल भत्काउँदा २ करोड बराबरको क्षति

बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्‍याएको छ।

अनलाइन ठगी बढ्यो, म्यासेजमा पठाइएका लिंक नखोल्न साइबर ब्युरोको अनुरोध

सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्युरोले अनुरोध गरेको छ।

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

हिमपातका कारण लार्केपास हिँडेका पर्यटक बीचबाटोमै रोकिएका छन्। लार्केपास पदमार्ग पूरै हिउँले ढाकिएको छ।

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

वर्षाका कारण दाउन्नेमा सडक हिलो र चिप्लो भएकाले सवारी आवतजावतमा कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको छ।

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ घाइते

चट्याङ लागेर बुधबार राति सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको मृत्यु भएको छ।  

बझाङमा चट्याङ लागेर एकको मृत्यु

वित्थडचिर गाउँपालिका–३ मा वर्षासँगै परेको चट्याङ लागेर बुधबार राति ७८ वर्षीय धौले बोहराको मृत्यु भएको छ। 

दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

नेपाल पत्रकार महासंघले दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा बुधबार बेलुका माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ।

रोजगारोन्मुख सीप विकास तालिम सञ्चालनसम्बन्धी समझदारी

श्रम मन्त्रालय, राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र नेपाल हस्तकला महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बाल सुधारगृहमा उदण्ड वयस्क: लागुऔषध पर्खाल नाघ्छ, सुरक्षाकर्मीलाई कानूनले छेक्छ

बाल सुधारगृहका वयस्कलाई तोकिएको बाँकी अवधि कारागारमा राख्ने कानूनको मस्यौदा सरकारले मन्त्रिपरिषद्‍मै अड्काएको छ। सुधारगृहका बालबालिका भने यिनै वयस्कका कारण हुने झडपबाट जोखिममा छन्।

झापामा चट्याङ लागेर १ जनाको मृत्यु

झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ।

गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग

सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल र चेम्बर अफ कमर्स, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन्।

केएसएलको दुर्व्यवहार घटना: भएन छानबिन, महिला आयोग भन्छ– उजुरी आउनुपर्छ

केएसएलका कार्यकारी निर्देशक डा. संग्रौलामाथि आफ्नै विद्यार्थीले लगाएको दुर्व्यवहारको आरोपमाथि एक महिनासम्म छानबिन अघि बढेको छैन। अभिभावकमाथि समेत दबाब आइरहँदा महिला आयोग भने उजुरी पर्खिरहेको छ। 

नारायणगढ–बुटवल सडक विस्तार: दाउन्ने खण्ड दैनिक ४ घण्टा बन्द

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ।

अछामको जयगढ बजारमा आगलागी, २७ घर जले

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको छ।

सेनेटरी प्याड खरिदमा भ्रष्टाचार: प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

अख्तियारले बाराको कलैया उपमहानगरमा सेनेटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवालसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।  

नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न कार्ययोजना

सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउने कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको हो।

सामुदायिक कुकुर व्यवस्थापनको सकसः जब हाउजिङबाट सबै कुकुर भ्यानमा हालियो...

कागेश्वरी मनोहरास्थित ग्रिनहिल सिटी हाउजिङमा एक महिलालाई कुकरले टोकेपछि भोलिपल्ट सबै सामुदायिक कुकुरलाई समात्दै भ्यानमा हालेर बाहिर लगियो। त्यसपछि जनावर अधिकारकर्मी प्रहरी कार्यालयसम्म पुगे।

अछाममा नक्कली कागजात बनाएर वन फडानी गरेको आरोपमा १ जना पक्राउ

नक्कली कागजात तयार पारेर वन पैदावारको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिरहामा विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, १ जना पक्राउ

गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो। उनी फागुन २९ गते बिहानदेखि हराइरहेकी थिइन्।