AnonymousUser

Logout

मानव अधिकार आयोगको जेनजी प्रदर्शन अनुगमन प्रतिवेदनमा के छ?

आयोगले हाल सेवा सञ्चालन गर्दा जलेर नष्ट भएका भौतिक संरचना तथा अभिलेख र फाइलको अभावका साथै सेवा प्रवाह गर्ने कर्मचारीको मनोबलमा आएको कमीका कारणले नागरिकले पूर्ववत् सेवा प्राप्त गर्न समस्या देखिएको जनाएको छ।

शान्तिसुरक्षा र सुशासनका सवालमा गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह

भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका अजेन्डासहित गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षति र घटनापश्चात् मानव अधिकारको अवस्थाका बारेमा आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

अर्थ मन्त्रालयमा शुरू भयो एकीकृत कार्यालय व्यवस्थापन प्रणाली

यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा शीघ्रता, खर्चमा मितव्ययिता, कार्य प्रक्रियामा पारदर्शिता र जबाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकमा सहज रूपमा यातायात सञ्चालन

पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेकाले सावधानीपूर्वक आवतजावत गर्न सडक कार्यालयले अनुरोध गरेको छ।

कसरी लुटपाटमा परिणत हुन्छ आन्दोलन?

आन्दोलनका क्रममा हुने लुटपाट भदौ २४ गते पहिलो पटक भएको होइन। यस्ता घटनामा यसअघि कुनै अपराधमा नलागेका मानिस पनि देखिन्छन्। के कोही अवसर नपाएर मात्र ‘चोर’ नभएको हो त?

कस्तो छ सूर्यविनायक–धुलिखेल सडक? [तस्वीरहरू]

सडको काममा ढिलाइ हुँदा दशैँको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो र हिलो झेल्नु परेको छ।

निर्वाचन आयोगले पुनः शुरू गर्‍यो मतदाता नामावली संकलन

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली संकलन कार्य पुनः शुरू गरेको छ।

पुस्तकालयहरू खरानी भएको दिन

जेनजी आन्दोलनका क्रममा नेताका घर र पार्टी कार्यालय मात्रै जलाइएनन्, त्यहाँ रहेका पुस्तकालय पनि खरानी बनाइए। पार्टी कार्यालयका पुस्तकालय जल्दा ऐतिहासिक दस्ताबेजसमेत नष्ट भएका छन्।

घटस्थापनापछि काठमाडौँबाट बाहिरिए १ लाख ३८ हजार यात्रु

दशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ। घटस्थापनादेखि तीन दिनको अवधिमा एक लाख ३८ हजारभन्दा बढी मानिसले उपत्यका छाडेका छन्।

धादिङमा पृथ्वी राजमार्ग अवरुद्ध

दशैँ शुरू भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा सयौँ सवारी साधन बाटोमा रोकिएका छन्।

क्षतिग्रस्त संरचनाः कसरी जुट्ला पुनर्निर्माणको स्रोत?

भदौ मसान्तसम्म सरकारको आम्दानी १ खर्ब ५९ अर्ब ९८ करोड र खर्च १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ छ। आवको दोस्रो महिनामै आम्दानीभन्दा खर्च माथि पुगेको अवस्थामा कसरी हुनसक्छ भौतिक संरचनाको पुनर्निर्माण?

तीन महिनापछि सञ्चालनमा आयो बागलुङ-कुश्मिसेरा सडक

बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भासिएको थियो। सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो।

दशैँमा घर फर्किनेहरू [तस्वीरहरू]

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनायता करिब १ लाख ३८ हजार जनाले काठमाडौँ उपत्यका छाडिसकेका छन्।

गुल्मीमा चट्याङ पर्दा १ जनाको मृत्यु, २ घाइते

घाइते दम्पतीको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल प्युठान पठाइएको छ।

पहिरोमा परी २ बालिका बेपत्ता, प्रहरीद्वारा खोजी जारी

बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन्।

तुइन खोलाको पहिरोले पोखरा–काठमाडौँ यातायातसमेत प्रभावित

मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–काठमाडौँ सडकखण्डमा पनि परेको छ।

नारायणगढ–मुग्लिन सडक: तुइन खोलाको पहिरो पन्छाउन २ दिन लाग्ने

पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ। दमौलीबाट अर्काे एउटा स्काभेटर मगाइएको छ।

आन्दोलनका भिडियो र तस्वीर हेर्दै प्रहरी, अपराधमा संलग्नलाई धमाधम पक्राउ

आन्दोलनका नाममा गरिएका विध्वंशका भिडियो र तस्वीर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्। कतिपयले प्रहरीकै पोसाक लगाएर बन्दुकसहित सडकमा उत्रिएको भिडियो र तस्वीर पनि सञ्जालमा छन्।

तस्वीरमा बीपी राजमार्ग

राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म ५० प्रतिशत मात्रै पूरा भएको भएको छ। पुल नबन्दा स्थानीयले सास्ती भोग्नु परिरहेको छ।