AnonymousUser

Logout

सुनसान छन् काठमाडौँका सडक

काठमाडौँबाट बाहिरका जिल्लामा दशैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडकमा न्यून सवारीसाधन आवागमन भएको देखिन्छ।

डेंगी संक्रमणबाट जोगिन काठमाडौँ महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगीको संक्रमण कायमै रहेकाले सचेत रहन नगरवासीलाई आग्रह गरेको छ।

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

जेनजीको आन्दोलनले पारेको प्रभावसँगै मनाङ भित्रिने लमजुङ खण्डको हिलाम्मे बाटो र काठमाडौँ–बेँसीशहर सडकमा पहिरोले गरेको पटक–पटकको अवरोध नै पर्यटक आगमनमा कमी आउनुको मुख्य कारण बनेका छन्।

जाजरकोटमा जिप दुर्घटना: १ जनाको मृत्यु, ३ घाइते

घाइतेमध्ये दुई जनालाई नेपालगन्ज र एक जनालाई रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

उनलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो। ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो।

दशैँ मनाउन उपत्यकाबाट साढे ५ लाखभन्दा बढी गाउँ फर्किए

दशैँ मनाउनका लागि काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या साढे पाँच लाख नाघेको छ।

तुइनखोलाको पहिरो हटाएर खुल्यो मुग्लिन–नारायणगढ सडक

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सुचारु भएको छ।

जिप दुर्घटना हुँदा १ बालिकाको मृत्यु, ८ घाइते

कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार बोलेरो जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

बसको ठक्करबाट बैतडीमा एकको मृत्यु, विरोधमा राजमार्ग अवरुद्ध

बसको ठक्करबाट बैतडीमा एक महिलाको मृत्यु भएको छ। घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्।

दशैँमा बर्सेनि महँगो भाडाको मारमा हवाई यात्रु

एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि दशैँको समयमा यात्रुलाई टिकट पाउन निकै मुस्किल छ। यसबेला सहुलियत दरका टिकट त पाइँदैन नै, महँगो दरका टिकट पनि पाउन संघर्ष गर्नुपरेको छ।

मर्दी हिमाल पदमार्ग: जहाँ माछापुच्छ्रेले स्वागत गर्छ (तस्वीरहरू)

मर्दी बेसक्याम्पसम्म पुग्न कतै घना जंगल, कतै डाँडा त कतै भीर हुँदै जानुपर्छ। यस गन्तव्यबाट मर्दी, अन्नपूर्ण रेन्ज, माछापुच्छ्रेलगायतका हिमालका सुन्दर दृश्यहरू हेर्न पाइन्छ।

सिंहदरबारका यी कार्यालय सहयोगी जसले आगोबीच देखाए अदम्य साहस

भदौ २४ गते सिंहदरबार जलिरहँदा त्यहाँभित्रका कैयौँ महत्त्वपूर्ण संरचना, अभिलेख र सम्पत्ति जोगिए। त्यसका पछाडि मूलतः त्यहाँका कार्यालय सहयोगीहरूले देखाएको साहस जोडिन्छ जसले आगोसँग पौँठेजोरी खेले।

कैलालीका उखुखेतीको क्षेत्रफल घट्दै

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार, विगतमा व्यावसायिक रूपमा उखुखेती गर्दै आएका किसानहरूले अहिले यसको विकल्पमा अन्य खेती गर्न थालेका छन्।

खोटाङमा यात्रुबाट मनपरी भाडा असुली

यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा आफूहरू मारमा परेको यात्रुहरू बताउँछन्।

दशैँले छोएन वनहराका भूमिहीनलाई

दशैँमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ। तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा शिविरमा बसोबास गर्दै आएका भूमिहीन परिवारका लागि त्यो रहर सपना बनेको छ।

‘पिङमा मच्चिनुको मज्जै बेग्लै’

रोजगारी, अध्ययन तथा पेसा व्यवसायको लागि बजार झरेका र बिदेसिएकाहरू जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघरमा चहलपहल बढेको छ।

घटस्थापनायता ४ लाख ६७ हजारभन्दा बढी यात्रुले काठमाडौँ छाडे

दशैँ मनाउनका लागि पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रुले काठमाडौँ छाडेका छन् भने घटस्थापनादेखि अहिलेसम्म चार लाख ६७ हजारभन्दा बढी यात्रु बाहिरिसकेका छन्।

खुल्यो नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सोमबार बिहान खसेको सुक्खा पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ।

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दशैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ।

इटहरी सवारी परीक्षण कार्यालयका प्रमुख र लेखापालको जिम्मेवारी खोसियो

छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ।