शान्ति सुरक्षा बहाली र अपराध नियन्त्रणका लागि सवारीसाधनलगायत पुग्दो स्रोतसाधन नभएको भन्दै प्रहरी नेतृत्वले निरन्तर सरकार गुहारिरहेको थियो। भएकै सवारीसाधन पनि भदौ २४ मा आगजनीबाट सखाप भएपछि समस्या थप बढेको छ।
उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको खाँदबारी–किमाथांका सडकखण्ड भदौ १५ गतेको पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो निरन्तर झरिरहेको छ। पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ।
दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
एमालेले भदौ २४ को घटनामा संलग्न दोषीहरूलाई कारबाही अगाडि नबढाउन गृह मन्त्रालयले नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रिपरिषद् बैठकले 'जेनजी' प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गर्ने, प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको छ।
गत वर्षको बक्यौता रकम भुक्तानी नहुँदा, उखु किसानहरूलाई चाडपर्वका लागि आवश्यक आधारभूत खर्च जुटाउन कठिन भएको छ।
वैदेशिक रोजगार न्यायाधीकरणबाट फैसला भएर सर्वोच्चमा पुनरावेदन भएका मुद्दाका मिसिल जलेका छन्। अहिलेसम्म ३०० मुद्दाका मिसिल सर्वोच्च गएको पाइए पनि संख्या योभन्दा धेरै हुनसक्ने न्यायाधीकरणले जनाएको छ।
प्रदर्शनका क्रममा नगरको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्ण रूपमा क्षति भएको छ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही जाँदै गरेको गाडी सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा दुर्घटना भएको छ।
दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने भएकाले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।
सिन्धुपाल्चोकको भोटेकोशीमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक अस्ट्रेलियाली महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार चाडपर्वलक्षित सुरक्षाका लागि आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिनेछ भने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो।
पर्यटन आगमनका दृष्टिले महत्त्वपूर्ण दशैँ-तिहारको समयमा देशभरका मुख्य पर्यटकीय गन्तव्यहरूमा पर्यटकको उपस्थिति निराशाजनक रहेको व्यवसायीहरूले बताएका छन्।
बजेट कम भएका कारण कार्यालयले ठेक्का परिचालन गर्ने बजेट उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेका हुन्। तर यसको मार भने यात्रुले खेप्दै आएका छन्।
हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको भारतीय नम्बर भएको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकलमा तीन जना सवार थिए।
बाढीपहिरो गएको एक वर्ष बितिसक्दा पनि काभ्रेमा क्षतिको विस्तृत विवरण संकलन हुन सकेको छैन। यसले गर्दा क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र परेको छ।
फरार कैदीबन्दी लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी कारबाही हुने भएकाले आवश्यक सहयोगका लागि विभागले अनुरोध गरेको छ।