उद्धार टोलीले पदमार्गमा थुपिएको हिउँ पन्छाएर सबै पर्यटकलाई सुरक्षित ठाउँमा ल्याएको छ। हिउँले पदमार्ग पुरिएपछि बाटो बिराएका २० जनालाई डोरीको सहायताले उद्धार गरिएको छ।
प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ केही उडान डाइभर्ट हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ।
वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डको विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हो।
प्रहरीका अहनुसार, बस एक पैदलयात्रीलाई ठक्कर दिएर सडकमा पल्टिएको थियो। ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको जिप बुधबार राति मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना भएको हो।
हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो।
भट्टचन र प्रभु ग्रुपको ठगीबारे अनुसन्धान गरेको सीआईबीले पहिले उनलाई प्रतिवादी नबनाएरै प्रतिवेदन बुझाएको, सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशनसहित फाइल फिर्ता पठाएपछि बल्ल 'एक्सन' लिएको भेटिएको छ।
दशैँअघिबाटै पर्यटक धमाधम पुग्न थालेको मुस्ताङमा भाइटीकापछि दुई दिनमै १० हजार पर्यटक भित्रिए। प्रशासनले बासस्थानबारे सचेत गराउँदा पनि पर्यटक रोकिएनन्, त्यही बेला हिमपात परेपछि सास्ती भएको छ।
त्यस क्षेत्रमा हिमपात भएको र एक्कासि चिसो बढेका कारण धैरै पर्यटकमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ।
मंगलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू समस्यामा परेको विभागले जनाएको छ।
नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको छ।
सगरमाथा आधार शिविर नजिकै हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको हो।
झापाको दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बस मंगलबार राति दुर्घटना भएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
मकालु आधार शिविरसहित संखुवासभाका उच्च हिमाली भेगमा मंगलबार बिहानदेखि नै वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
सीआईबीले मंगलबार नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचनलाई ललितपुरबाट पक्राउ गरेको छ।
टानले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ।
सरकारले राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार छलफल गर्ने भएको छ।
हिमपातका कारण मनाङलगायतका हिमाली जिल्लामा अलपत्र परेका यात्रुहरूको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ।
पौने दुईसय वर्षअघि सरकारकै जोडबलमा नेपाल आएका मारवाडी समुदायप्रति सामाजिक सञ्जालमा फैलाइएका अफवाह र उनीहरूका व्यवसायबारे गरिएका नकारात्मक व्याख्या–प्रचारको दुष्परिणाम देखिन थालेको छ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने भएपछि, प्राधिकरणले तीन दिन उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।