मंसिरदेखि जेठसम्म वायुप्रदूषण उच्च हुने गरेकाले वातावरण विभागले प्रदूषण न्यूनीकरणका लागि सवारीसाधन तथा उद्योगको अनुगमन बढाउने जनाएको हो।
कोशी र मधेश प्रदेशसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
अहिलेको वर्षाले उपत्यकासहित देशैभर बढीरहेको प्रदूषण कम गर्न तथा डढेलो रोक्न मद्दत गरेको छ। तराईंका केही भागमा भित्र्याउनका लागि तयार गहुँबालीमा क्षति पुगेको छ।
दिउँसो कोशी र मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
पानी नपर्दा काठमाडाैँ उपत्यकालगायत देशका शहरी क्षेत्रमा वायु प्रदूषण बढेको छ। अबका केहीदिनसम्म हुने वर्षाले वायु प्रदूषण र वन डढेलो कम गर्न सहयोग प्रयाउने माैसमविद् बताउँछन्।
माथिल्लो डोल्पामा हिउँ चितुवा पाइएसँगै हुम्लामा पनि पाइने अनुमानका आधारमा हिउँ चितुवाको गणनाको काम गरिएको थियो।
‘जंगल फाँडेर, स्थानीयलाई उठिबास लगाएर गरिने एकोहोरो विकास हामी स्वीकार्दैनाैँ। यसबारेमा हुने कुनै पनि प्रकारका संवाद र वार्तामा हाम्रो अन्तिम अडान भनेकै नो–केबलकार हो।’
भक्तपुरका इँटाभट्टा र बस्तीको दूरी नजिकै छ। विद्यालय, कलेज र अस्पताल पनि आसपासमै छन्। यी इँटाभट्टाका कारण प्रदूषण झनै बढिरहँदा नियमन र नियन्त्रणका लागि तीन तहका सरकार के गरिरहेका छन्?
कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर संकलन’ कार्यक्रम लागू गरेको छ।
सभापोखरी गाउँपालिकाको कार्यपालिका बैठकले सभाखोला र लंखुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई १ लाख जरिबाना गर्ने निर्णय गरेको छ।
काठमाडौँको वायु प्रदूषण ३४८ एक्यूआईसम्म पुगेको थियो। शुक्रबार १४७ एक्यूआईमा झरेको छ।
वातावरणविद् भूषण तुलाधारले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताएका छन्।
रेडपान्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ। तर पछिल्लो समय निगालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपान्डा संकटमा पर्ने जोखिम छ।
स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणमा अनुरोध गरेको छ।
काठमाडौँ उपत्यकामा तत्काल वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको मौसमविद्ले बताएका छन्।
कोशी, मधेश, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।