अन्तर्राष्ट्रिय तथा वातावरण कानूनका विज्ञ डा. मल्ल स्विडेनको स्टकहोम, काल्सटा र उमियो विश्वविद्यालयमा अध्यापनमा सक्रिय छन्।
काठमाडाैँ– अन्तर्राष्ट्रिय तथा वातावरण कानूनका विज्ञ डा. कटक मल्लको ‘न्याय–अन्याय कानूनः भू राजनीति र कूटनीति’ किताब सार्वजनिक भएको छ।
मल्ल स्विडेनको स्टकहोम, काल्सटा र उमियो विश्वविद्यालयमा अध्यापनमा सक्रिय छन्। उनको किताबमा कानून, राजनीति, मानवअधिकार, न्यायपालिका, भू–राजनीति/कूटनीति, पर्यावरण लगायतका विषय समेटिएका छन्।
काठमाडौँमा मल्लको किताब सार्वजनिक गर्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले उक्त किताब कानूनी दर्शनको दस्तावेज भएको बताए। उनले भने, "नेपालमा कानून सम्बन्धी पहिलो किताब २०१ वर्ष अगाडि लेखिएको थियो। त्यसयता धेरै किताब लेखिए तर, कानूनी दर्शनका आधारमा लेखिएका थिएनन्। यो किताब कानूनी दर्शनको किताब हो।"
किताबमाथि टिप्पणी गर्दै पूर्व न्यायाधीश डा. प्रभा बस्नेतले ‘न्याय–अन्याय'मा न्यायिक विषयहरूलाई आलोचनात्मक र रचनात्मक शैलीमा प्रस्तुत गरिएको बताइन्।
"किताबमा न्यायलाई आलोचनात्मक, रचनात्मक मात्र नभई मौलिक शैलीमा प्रस्तुत गरिएको छ," बस्नेतले भनिन्। त्यसैगरी विश्लेषक डा. चन्द्रदेव भट्टले मल्लको किताब कानून, समाज, लोकतन्त्र र भू–राजनीतिक दार्शनिक दस्तावेज भएको टिप्पणी गरे।
सार्वजनिक बौद्धिकका रूपमा स्थापित मल्लको यसअघि ‘मानवअधिकार’ किताब प्रकाशित छ। ‘न्याय–अन्याय कानूनः भू राजनीति र कूटनीति’ किताब इन्डिगो इन्कले प्रकाशित गरेको हो। ३९८ पृष्ठको किताबको मूल्य ९९९ रुपैयाँ तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
