पाठकले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकुन् र लेखकसँग भेटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको नेपालयले जनाएको छ।
‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले जीवा लामिछानेद्वारा लिखित नियात्रा ‘अक्षत अन्टार्कटिका’लाई ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ सार्वजनिक भएको छ।
एसएलसी/एसईई पास गरेको श्रमिक एउटै भेटिनँ, एक प्रकारले सीमान्तकृत वर्ग कोइला खोस्रिन त्यो भेगमा पुगेको थियो। खादभित्र सधैँ अन्धमुष्टी हुन्छ, श्रमिकका टाउका टाउकामा ‘टर्चलाइट’ जोडिएको हुन्छ।
भ्रमणमा खर्चको यस्तो बेपरवाह छ कि पैसाको खोलै बगेको छ। नगरवधूका लागि लाखौँ खर्चिएका छन्। उपहार, सुनका गहना र उनको पहिरनको पनि त्यस्तै वर्णन छ।
वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को वसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ।
‘डेटा र इन्फोग्राफिक’केन्द्रित पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक भएको छ।
विपन्न, साना, सिमानाकृत तथा भूमिहीन किसानका निम्तिभन्दा राजाका समर्थकको स्वार्थ, हित र रक्षामा केन्द्रित हुँदा भूमिसुधार कार्यक्रमले देशमा अपेक्षा गरेअनुरूप परिवर्तन ल्याउन सकेन।
लेखकहरू यादव भट्टराई, मोहन मैनाली, अदिति शाह र लाठले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए। पुस्तकमा नेपालको पुरानो शहर वीरगन्जको कथाव्यथा प्रस्तुत गरिएको छ।
अवधारणा खण्डमा संक्षिप्त विश्व आप्रवासन, पुरानो र आधुनिक डायस्पोरा, ग्लोबल तथा समकालीन डायस्पोरा, अवधारणा, विधि र पद्धतिहरूका साथै नेपाली आप्रवासन र डायस्पोरा विषय समेटिएको छ।
नेपाली लेखक पशुपति घिमिरेका अंग्रेजी भाषाका दुई पुस्तक ‘वान्डरिङ वर्ड्स’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ प्रकाशित भएका छन्।
अंग्रेजका दूत क्याप्टेन नक्स नेपालको आवासीय दूत भएपछि नेपाल–भारत–अंग्रेज सम्बन्धमा भएको आरोह अवरोहको पृष्ठभूमिमा गणतन्त्र भारतबाट आएका राजदूतहरूका गतिविधिको सफल शल्यक्रिया भएको छ।
छुदेन काविमो यसपालि दार्जिलिङ पहाडका होइन, उत्तर बंगालको डुवर्सतिरका चियाबारी डुलेका छन्। जहाँ ७० प्रतिशतभन्दा अधिक जनसंख्या चिया श्रमिक छन्। उनी त्यतै भुलेका छन् र कथा टिप्दै उरमालमा हुलेका छन्।
अमेरिकी लोकतन्त्रको ऐतिहासिक विकास, वर्तमान चुनौती र यसको भावी दिशा के होला, नेपालजस्ता देशका लागि अमेरिकी लोकतन्त्रको सिकाइ के हुन सक्छ?
‘साहस’मा बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूका जीवनका लैंगिक, सामाजिक–सांस्कृतिक, कानूनी र आर्थिक हिंसाका विभिन्न पाटालाई उजागर गरिएको छ।
शिक्षाविद् डा. एचपी छेत्रीले ‘द एथनिक क्वेस्ट’मा सिक्किम र दार्जिलिङका मूलवासी समुदायको इतिहास, सांस्कृतिक सम्पदा र पहिचानको अन्वेषण गरेका छन्।
शहरमा हुर्केको एउटा युवाले पिँडालु र गाभा खान्थ्यो, तर बाआमाले आफ्नै करेसाबारीमा पिँडालु रोपेपछि मात्र यी दुई एउटै वनस्पतिका जमिनमुनि र जमिनमाथिका हिस्सा हुन् भनेर जान्न पायो।
यस किताबमा प्रयुक्त ‘लाटी’ नितान्त पिरतीको लाटी हो, जो एकदमै पियारी र सोझी छ। माया गरेर भनिने शब्दको अर्थमा यहाँ लाटीको प्रयोग भएको छ।
जीवनको ज्वार, आस्थाको आकाश, वक्र-वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्ड छन्।
जर्ज भान ड्रिमले २०३९ सालमा तेह्रथुमको म्याङलुङ–१० तत्कालीन तम्फुला गाउँमा ६ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गरेर पुस्तक लेखेका थिए।