शेखर खरेलद्वारा लिखित वरिष्ठ संगीतकार रञ्जित गजमेरको जीवनी ‘मोहनी मादल’ सार्वजनिक गरिएको छ।
टोखा–२ को नगर क्षेत्रभित्र भेटिएको करिब २१६ सेन्टिमिटर लामो संरचनामा माआपा (मल्लकालीन इँटा) को प्रयोग भएको छ। कोठा आकारको संरचनाको गारो १८ इन्चको र दुई पर्खालबीचको भाग ४२ इन्चको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म सहभागी हुने फेस्टिभलमा देश-विदेशका करिब २०० साहित्यकार, राजनीतिज्ञ, लेखक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने छ।
पत्रकार गिरिराज बाँस्कोटाको नियात्रा संग्रह ‘कञ्चनजंघाको काखबाट’मा नेपालका मध्यपहाडी जिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटाका विषयहरू समेटिएको छ।
टीका प्रसाईंको गीत ‘आश छ र त’ सार्वजनिक भएको छ। प्रसाईंकै स्वरमा रहेको गीतको शब्द रचना र संगीत पनि उनी आफैँले गरेकी हुन्।
भारतीय निर्देशक प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरीलगायतले अभिनय गरेका छन्।
व्यवसायी पुनम यादवको निमन्त्रणामा नेपाल आएका भारतीय अभिनेता विवेक ओबराेय १० दिन नेपालका विभिन्न ठाउँ घुम्ने छन्।
पुरातत्व विभागले तयार पारेको प्रतिवेदनमा टुकुचामाथि बनेको सुरुङ पुरातात्विक महत्त्वको भएको भन्दै यो खण्डित हुनुमा काठमाडौँ महानगर नै जिम्मेवार भएको उल्लेख छ।
चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीत प्रीति कार्की युटयुब च्यानलमा सार्वजनिक भएको हो।
थारू समुदायकाे मुख्य पर्व खिचरालाई विश्वभर चिनाउन चितवनमा रहेक वर्ष महाेत्सव आयोजना हुने गरेको छ।
धेरै पूर्वकुमारीले विवाह गरेर आफू अनुकूलको जीवन बिताइरहेका छन्। तर कुमारीबारे चलेका अनेक मिथक र फिल्मले गलत सन्देश दिँदा विवाहबारे भ्रम फैलिएको अध्येताहरू बताउँछन्।
कीम्फ को २०औँ संस्करण बिहीबारदेखि काठमाडौँमा शुरू भएको छ। सन् २००० देखि शुरू भएको कीम्फमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिन्छन्।
गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ बिहीबार लोकार्पण गरिएको छ।
ज्यापु संस्कृति विकास कोषले नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेकाे छ।
चासाेक तङ्नामका अवसरमा च्याब्रुङ बजाएर पालम (धान नाच) नाच्ने चलन छ। साइनो नलाग्ने महिला पुरुष एकापसमा हात समाएर पालाम गाउँदै धान नाच्ने गरिन्छ।
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। नयाँ धान थन्क्याइएको खुसियालीमा हर्षोल्लासका साथ ‘यःमरी पुन्हि’ मनाइन्छ।
नेपालमा २००७ सालपछि मूर्ति चोरी हुन थालेको इतिहासकारहरू बताउँछन्। २०४२ सालपछि चोरी भएका कतिपय मूर्ति फिर्ता आउन थाले पनि कसले चोरेको थियो र कसरी विदेश पुर्याइए भन्ने पत्ता लाग्दैन।
चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकद्वारा लिखित ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ सार्वजनिक भएको छ। पुस्तक ‘एलजीबीटीआईक्यू’ समुदायका लागि पहिलो ‘कलरिङ बुक’ भएको लेखकको दाबी छ।
सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए।
केशरमहल परिसरमा छरिएका पुस्तक र कागजपत्र आफ्ना नभएको पुस्तकालयको दाबी छ। केशरमहल पुनर्निर्माणको ठेक्का लिएको कम्पनीले भने पुस्तकालयले जिम्मा नलिए ती सामग्री कवाडीमा दिने वा नष्ट गर्ने जनाएको छ।