AnonymousUser

Logout

एउटा श्रमिकलाई 'जी हजुर', अर्कोलाई 'ओए'! 

नेपालमा मात्रै नभई संसारभर नै धेरैजसो श्रमिक र किसान ऐतिहासिक रूपमा उत्पीडित देश, क्षेत्र र समुदायबाट आउँछन्, जसरी अमेरिकामा जमाइकाबाट ‘बफलो सोल्जर’ (भैँसी गोठाला)हरू आए।

भूठान: फिल्म नचल्ला, तर यो कथा बाँचिरहनेछ

पर्यटक बनेरै भए पनि थातथलो छुन्छु भन्दा प्रतिबन्ध लगाइरहने गजबको मनोदशा छ भुटानसँग। यो ‘ग्रस नेसनल हिप्पोक्रेसी’ बोकेर विश्व रंगमञ्चलाई हँसाइरहेको भुटानका लागि ‘भूठान’ एउटा ऐना हो जो ऊ हेर्नै चाहँदैन।

गभर्नर गिजोलिँदा

स्वास्थ्य परीक्षणका लागि भनेर बैंकक उडेका देउवाले उता वैकल्पिक गठबन्धनको खाकामा मोहर लगाई चालु सत्ता गठबन्धन बनेदेखि बिझेको महसुस गरिरहेको मित्र राष्ट्रको दुःखाइ च्वाट्टै पार्ने अड्कलबाजी भइरहेको छ।

वारि रवीन्द्र मिश्र, पारि कपिल मिश्र

चप्पल र मन्डी ओढेर आएका भारतीय राजदूतलाई भेटेकोमा गिरिजाप्रसादप्रति उग्र असन्तुष्ट रवीन्द्र यतिबेला योगी आदित्यनाथको भरमा 'राजा बन्छु' भनेर हिँडेका ज्ञानेन्द्रको पछि लागेका छन्। 

सरकारसँग गगनको गुस्सा

आर्थिक मामिलाको विज्ञ चाहिने राष्ट्र बैंकको उच्च पदमा कानूनची क्षेत्री प्रधानमन्त्रीका प्रिय व्यवसायीको बुई चढेर विराजमान हुन खोजेपछि गगनले बारम्बार गभर्नर नियुक्तिलाई विचौलियासँग जोड्न थालेका थिए।

०८२: उडीउडी चुप्पा!

उँघ्दै–ब्युँतिँदै गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कम्तीमा देश र देशवासीको हित खातिर आइन्दा यस्तो नभनिइदिउन्, “म फेरि प्रधानमन्त्री बन्दैछु, बलियो नेपालको सपना देखेको छु।”

राजावादी अलख जगाइरहने गणतन्त्रवादी नेताहरू

राणाशासनमा सत्ताको बफादार भूपालमान सिंह कार्कीलाई २००७ सालपछि पनि फरक नपरेजस्तै, छोरा लोकमानलाई पञ्चायत, प्रजातन्त्र, राजाको शासन, गणतन्त्रमा सरकारहरू मात्रै होइन व्यवस्थै बदलिदाधरि फरक परेन।

तीनकुनेबाट सिंहदरबारतर्फ सोझिएका प्रश्न

चैत १५ को अराजकता रोक्ने रणनीतिमै चुकेको सुरक्षासंयन्त्र र गृहप्रशासन तीनकुने घटनासिर्जित परिस्थिति थप गिजोल्नतिर लाग्दा उठेका प्रश्न अब एकमुष्ट रूपमा कार्यकारीको मुकामतर्फ सोझिएका छन्।

यी मान्छे हुन् कि लात्ते–भकुन्डो?

अमेरिकाले भुटान ‘डिपोर्ट’ गरेका भुटानी शरणार्थीमध्ये धेरै आज बेपत्ता छन्। के ती ‘मान्छे’को हैसियतमा पनि थिएनन्, जसबारे सोधिखोजी गरिएकै छैन! 

जंगुमानले भन्नुभयो, ‘भूतप्रेताः प्रकटयन्ताम्।’

मेरै कुरा गर्नुस् न, केही साल पहिले सर्वप्रचण्ड खेलाएँ, त्यसपछि सर्वखड्गधारी। अहिले सर्वज्ञानेश्वर मेरै निगाहमा शीतल खाइरहनु भएको छ। 

गभर्नरको कुर्सीमा ‘गोबरनर’ आसीन हुने खतरा

प्रधानमन्त्रीको विदेश प्रस्थानसँगै गभर्नर नियुक्तिको साइत केही दिनलाई पर सरेको छ। गभर्नरलायक (पदलाई न्याय गर्न सक्ने अर्थमा) व्यक्ति नियुक्त नहुने खतराबाट मुलुक मुक्त भइसकेको छैन।

गणतन्त्रवादीले विध्वंसकहरूलाई नजन्माऊन्

एउटा मेडिकल व्यवसायी चुड्कीको भरमा वा चमत्कार गरेर यो हदसम्म पुगेको होइन। यिनलाई हुर्काउने गणतन्त्रका ‘फ्य्रांकन्स्टाइन’हरू हुन्। यसमा ओली र प्रचण्ड सबैभन्दा बढी जिम्मेवार छन्।

चैत्र १५: घृणा र हिंसा बेसरी दौडिन्छन्, शान्ति हिँड्छ सुस्तरी

अमेरिकन लेखक मार्क ट्वेनले ‘सत्यले आफ्नो जुत्ता लगाउँदै गर्दा झुटले आधा संसार घुमिसक्छ’ भनेका थिए रे! घृणा र हिंसा पनि त्यस्तै हो। 

देउवाको दबाबमा दोहोरिइरहने काण्ड

प्राविधिक र व्यवस्थापकको रूपमा हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणभित्र कुलमान घिसिङभन्दा कमसल ठानिँदैनन्। तर सरकारको विवेकरहित र जनभावना विपरीतको निर्णयले शाक्य जनताको नजरमा खलनायक हुने खतरा छ।

तटस्थताको ‘दिखावा’समेत छैन हाम्रो मिडियामा

सरकारमा कुनै दोष नै देख्दैन एउटा, दोष मात्रै देख्छ अर्को। बीचको कुरा भन्ने वा दुईतिरको कुरा भन्ने मिडिया भएन। यो भारतीय पत्रकारिताको कमजोरी हो।

‘डिपसिक’ले संसार हल्लाएका बेला ‘डिप स्टेट’ उन्मुख सरकार

पहिला सरकारहरूले पार्टीप्रति बफादारलाई नेतृत्व दिई सार्वजनिक संस्था ध्वस्त पारे। त्यसपछि पैसाको दौर शुरू भयो। अहिले निर्णयकर्ताले स्वार्थ बाझिने व्यापारीको मनोनयनलाई सरकारले अनुमोदन गर्ने समय हो।

नयाँ बोतल पुरानै दुर्गन्ध

यताका नयाँहरूमा पनि केजरीवाल प्रवृत्ति सुनिन्छ। उनीहरू न संविधानको विरोध गर्न सक्छन् न त संविधानबाट प्राप्त संघीयता, धर्मनिरपेक्षताको समर्थन गरी सामाजिक सञ्जालमा व्याप्त आफ्ना समर्थक गुमाउन चाहन्छन्।

‘यहाँ सुँगुरको कान पाइन्छ’

कहिले धर्म, कहिले जाति वा कहिले राष्ट्रवादको नाममा अपव्याख्या मिसाउँदै लेखक र लेखकीय धर्मको तेजोहरण गर्ने छुपेरुस्तम शक्ति यहाँ धेरै छन्।

मुक्कुम्लुङ साक्षी छ!

आखिर हिजोसम्म संरक्षण क्षेत्रमा रहेको भूभागलाई किन संरक्षण गर्नबाट हटाइयो, केबलकार बनाउन? विकास भनेको यसैगरी गरिने एकलकाँटे कुरा हो वा सर्वस्वीकार्य पद्धति?

सरकार अब गिर्‍यो, तब गिर्‍यो

२०४६ सालको परिवर्तनपश्चात सरकारको अस्थिरतामा दरबारको हल्का चलखेल पनि देखिन्थ्यो, दोस्रो जनआन्दोलनपछि भने शक्तिराष्ट्रको चलखेल देखिनेगरी नै छ।