AnonymousUser

Logout

संसद्‍मा स्रोत संकुचनको परिणाम : जसलाई निगरानी गर्ने हो उसैको पैसामा अनुगमन

सरकारले पर्याप्त बजेट नदिँदा संसद् सचिवालयले समिति र यसका पदाधिकारीलाई कानून बमोजिम सुविधासमेत दिन सकेको छैन। नियमित गर्नुपर्ने काम रोकिएपछि राज्यका तीनमध्ये एक अंग व्यवस्थापिका कमजोर हुन थालेको छ।

बेहाल ललितकला विभागप्रति त्रिविको छैन चासो, अब फर्किएला साख?

ललितकला विभागमा सुधारको छाँट नदेखेपछि विभागीय प्रमुखले राजीनामा दिए। त्यसपछि दुई पटक उपकुलपति फेरिइसक्दा पनि न राजीनामा स्वीकृत भएको छ, न विभाग सुधारको खाका नै स्वीकार गरिएको छ।

संसद् सचिवालयका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिन सांसदहरूको संशोधन, के छ व्यवस्था?

हाल २० वर्ष सेवावधि नपुगेका संसद्का कर्मचारीलाई पेन्सन सुविधा दिन बढीमा दुई वर्ष थप सेवावधि गणनाको व्यवस्था छ। तर १५ वर्षमै बिदा हुनेका लागि सेवावधि २० वर्ष गणना गर्न केही सांसदले संशोधन हालेका छन्।

के संसद्‍मा बोलेको सुन्ने कुर्सी र भित्ताले मात्र हो?

संसद्‍मा बोलेको सरकारले नसुनेको भन्दै सांसदहरूले सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने गरेका छन्। सीके राउतले संसद्‍मै भनेका थिए, “यहाँ बोल्दा कतै सुनिन्छ कि भित्ता वा कुर्सीलाई मात्र सुनाइरहेका छौँ?”

सेक्युरिटी पालका संस्थापक पुकार : दार्चुलादेखि अमेरिकासम्मको यात्रा

बिल गेट्स, मार्क जुकरबर्ग, जेफ बेजोशलगायत अर्बपतीहरूलाई भेटेपछि पुकारले आफैँलाई मूल्यांकन गरे। ६ महिनापछि काम गरिरहेको ‘गिभिङ २.०’ छाडिदिए र आफ्नै नयाँ स्टार्टअप शुरू गरे।

संसद्को ‘शून्य समय’मा उठेका सवाल नसुन्ने सरकार

जनताका समस्या र जनसरोकारका जल्दाबल्दा विषय सम्बोधनका लागि आवाज उठाइने ‘शून्य समय’लाई संसद्को अत्यन्त महत्त्वपूर्ण क्षण मानिन्छ। तर सरकारले सांसदलाई नसुन्दा यसको औचित्य फिका बन्दैछ।

‘बाह्र भाइ’ बिम्ब बनाउने पत्रकार सम्मेलन

पीत पत्रकारिताको बिम्ब बनेको १२ भाइको ‘मार्केटिङ’ त रविले गज्जबले गर्दिए, जुन कलामा उनी माहिर पनि छन्। यसको उत्पत्ति कसरी भयो भन्नेचाहिँ पत्रकार बिरादरीमै धेरैलाई थाहा नहोला, अरूलाई के थाहा हुनु!

खस्किरहेको त्रिविमा फरक बिम्ब बनेको मानवशास्त्र विभाग

त्रिवि मानवशास्त्र विभागअगाडि बगैँचा बनाउन गरिएको खर्चको कुनै समय आलोचना हुन्थ्यो तर अहिले यही बगैँचा विभागको गुणस्तरलाई झल्काउने सुन्दर बिम्ब बनेको छ। कसरी फरक बन्यो मानवशास्त्र विभाग?

महासंकटमा मिडिया

प्रकाशकहरूले बुझ्नैपर्छ– अरू व्यापारमा लगानी गरेजस्तो होइन मिडिया। यसमा ‘प्यासन’ चाहिन्छ। सहीलाई सही र गलतलाई गलत भन्ने आँट चाहिन्छ। अहिले प्रकाशकहरूले यी सबै मूल्य–मान्यता अपनाउन सक्ने अवस्था छैन।

प्रतिनिधिसभाका एक वर्षः ३४५ घण्टा छलफल, एउटा कानून निर्माण

संसद्को प्रमुख काम कानून निर्माण हो। प्रतिनिधिसभाको निर्वाचनपछि २०७९ पुस २५ गते पहिलो बैठक बसेको थियो। त्यसयता बजेट सम्बन्धीबाहेक जम्मा एउटा कानून बनेको छ। कस्ता काममा बित्यो प्रतिनिधिसभाको एक वर्ष?

‘यो देश नै मगन्तेहरूको हो’

उनीहरू पशुपति, तिलगंगातिर कवाडी उठाउँथे। एक दिन सोचे– कवाडी उठाउनुभन्दा भक्तजनसँग पैसा मागेर जिन्दगी चलाउनु राम्रो। त्यसपछि गुह्येश्वरी आउने भक्तजनसँग पैसा माग्न थाले। त्यो काम निरन्तर चलिरहेको छ।

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरः प्रतिनिधिसभामा प्रभावहीन, राष्ट्रियसभामा पनि शुरू गरिँदै

प्रतिनिधिसभामा हरेक महिना गरिनुपर्ने ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम एक वर्षमा दुई पटक भयो। प्रतिनिधिसभामा असारदेखि हुन नसकेको कार्यक्रम राष्ट्रियसभामा पनि प्रत्येक महिना गर्ने तयारी छ।

किन चाहिन्छ संसद्‍मा क्यालेन्डर?

संसद् बैठक आह्वान र अन्त्य सरकारले गर्ने भए पनि निश्चित तालिका छैन। संसद् अधिवेशन चल्दा कुन दिन के कारबाही हुन्छ भन्ने जानकारी सांसदहरूले केही समयअघि मात्र पाउँदा कतिपय बैठक प्रभावित हुने गरेका छन्।

काठमाडौँबाट दिल्ली उडेको विमान कान्दहार पुग्दा 

२४ डिसेम्बर १९९९। बेलुकी ४ बजे। इन्डियन एयरलाइन्सको आईसी–८१४ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका निम्ति उडान भर्छ। तर काठमाडौँबाट शुरू यात्रा आठौँ दिन कान्दहारमा पुगेर विराम लाग्छ।

स्थापित संयन्त्रलाई बेवास्ता गरेर छानबिनका लागि किन बनाइन्छन् समिति र आयोग?

भ्रष्टाचार, दुर्घटनालगायत घटना छानबिन गर्न राज्यका स्थायी संयन्त्र पन्छाएर समिति र आयोग बनाउनु ढाकछोप तथा अनुकूल नतिजा देखाउने प्रपञ्च भएको सांसदहरू नै बताउँछन्। तर सरकार त्यस्तै संयन्त्र बनाइरहेको छ।

भुत्ते बन्दै ‘मिनी संसद्’: सांसद बैठकमै बस्दैनन्, प्रधानमन्त्री र मन्त्रीले टेर्दैनन्

कोरम नपुगेर संसदीय समितिका बैठक स्थगित भएका वा आमन्त्रितले बोल्दाबोल्दै सांसदहरू उठेर हिँडेका उदाहरण त प्रशस्तै छन्, प्रधानमन्त्रीलाई पटकपटक बोलाउँदा पनि नगई संसद्को कार्यकाल सकिएको उदाहरण पनि छ।

सडक किनाराका चिया मुकाम (भिडियो कथा)

काठमाडौँमा फराकिलो क्षेत्र ओगटेका महँगादेखि सडक किनारामै खुलेका सामान्य चिया पसलमा उस्तै भिड हुन्छ। नेपालमा चिया पसल खुल्न थालेको पुगनपुग आठ दशक हुँदा धेरैको प्रिय पेय भएको छ।

तारजाली नै तोडेर बँदेलले बाली सखाप, किसानले बाँझो छाड्न थाले खेतबारी (भिडियोसहित)

काभ्रेको मैखुरे र आसपास सम्साँझै खेतबारी पस्ने बँदेलले बाली तहसनहस बनाउन थालेपछि किसानले खेत नै बाँझो छाड्न थालेका छन्। बँदेलकै कारण कतिपय त बसाइँ नै हिँडेको स्थानीय बताउँछन्।

सरकारले ल्याएको सामाजिक सञ्जाल निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउँछ? 

सामाजिक सञ्जालको दुरूपयोग गरी गलत र भ्रमपूर्ण सूचना फैलाउने प्रवृत्ति बढेकाले त्यसलाई नियमन गर्न निर्देशिका जरुरी रहेको सरकारको दाबी छ। तर यसको जग नै गलत भएको कानूनविद्को आरोप छ। 

सम्भावित साम्प्रदायिक तनावको सन्त्रास

दंगा भड्काउने नियतले सामाजिक सञ्जालमा लामो समयदेखि पोस्टहरू भइरहे पनि सुरक्षा निकायले खासै चासो राखेका छैनन्। बैठकहरूमा सुरक्षा निकाय प्रमुखहरूले सामाजिक सञ्जाल नै बन्द गर्नुपर्ने बताउने गरेका छन्।