सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ। पर्यटक खुम्बु क्षेत्रमा रहँदासम्म हरपल साथमै रहन्छन्। भरियाको सहयोगमा नै पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न सक्छन्।
विश्वमा क्यान्सरको सूचीमा मुखको क्यान्सर १३औँ नम्बरमा पर्छ, यसमा ओठको क्यान्सर बढी हुने गरेको छ। बढ्दो सहरीकरण र जीवनयापनमा आएको परिवर्तनसँगै मुखका रोग पनि बढिरहेका छन्।
“पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक घुमाउरो र ओरालो छ। अलिक सुस्त चलाउनु भनेर आग्रह गर्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए। घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो।”
घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको डीएसपी मदन केसीले जानकारी दिए।
उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।
नेपालमा रहेको परिवारको संख्या ६६ लाख ६० हजार ८४९ मध्ये १३.४ प्रतिशत परिवारको कम्तीमा १ सदस्य देशभित्रै अन्य कुनै ठाउँमा छ भने २३.४ प्रतिशत परिवारबाट कम्तीमा १ सदस्य विदेशमा बसोबास गरिरहेको देखिएको छ।
योजनाअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघि नै निर्माण भइसक्थ्यो तर काम गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन।
‘पछिल्लो तीन महिनादेखि तलब पाइएन। खाना नपाएर साह्रै गाह्रो भयो। रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे,’ उनी भन्छन्, ‘त्यसपछि भागेर आएँ।’
तुलसीरामले चित्र बनाउनका लागि कुनै तालिम भने लिएका छैनन्। विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको उनले बताए।
परम्परागत बाली गाउँको पाखो बारीमा पनि उत्पादन हुने गर्थे। तर पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढाकिएका छन्। खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ।
राष्ट्रियसभाको नयाँ नियमावलीमा गरिएको व्यवस्थाअनुसार प्रादेशिक समस्या, विकास निर्माणको अवस्थालगायतका विषयमा छलफल गर्न ‘प्रादेशिक सरोकार समय’ शुरू भएको हो।
अग्ला पहाड र खोँच छिचोल्दै सडक गाउँ पुगेको छ। भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा बिस्तारै विकासले गति लिन थालेको छ।
धरानबाट भोजपुर घोरेटार जाँदै गरेको जीप दुर्घटना हुँदा घटनास्थलमै सात र एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
एमालेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न आग्रह गरेका छ।
धरानबाट घोरेटार आउँदै गरेको जिप उदयपुरको बेलका नगरपालिका– ७ मा भिरबाट खस्दा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
भेडाबाख्राको ऊन खेर जान नदिन र ऊनबाट कपडा बुन्ने पेसा हराएर जान नदिन युवाको अग्रसरतामा परम्परागत पोसाक बनाउन र लगाउन थालिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत उक्त उद्धार भएको हो।
पहिलोपटक जारी कञ्चनपुर पर्यटन महोत्सवभित्र थारु गाउँ सञ्चालन गरेका कुश्मीलगायत थारु समुदायले हिउँदको समयमा मात्रै यस वर्ष १० महोत्सवमा प्रदर्शनी कक्ष राख्ने योजना बनाएका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले हत्या गरेको भनेर स्वीकार गरेको प्रहरीले जनाएको छ।
ढाका उद्योगबाट विद्यालय पोसाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन हुने गरेको छ। उत्पादित सामग्री गाउँमै खपत भइरहेको छ।