AnonymousUser

Logout

पर्सा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल

चालु आर्थिक वर्षको आठ महिनामा निकुञ्ज घुम्न ६१३ जना पर्यटक आएका छन्। अघिल्लो आवको आठ महिनामा १४० पर्यटक मात्र आएका थिए।

डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण, बजार भने अभाव

शिखर नगरपालिका–३ सालाखर्क तुलसीगण्यानीका सकराम महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए। उनले यस वर्षदेखि खेती विस्तारका साथै प्याजको बीउ पनि उत्पादन शुरू गरेका छन्।

भकुण्डे–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडक निर्माण सुस्त

स्थानीय प्रेमप्रसाद चिमोरियाले विस्तारका लागि भनेर सडक भत्काएपछि अहिले एम्बुलेन्ससमेत सञ्चालन गर्न सक्ने अवस्था नभएको बताए। कोही बिरामी पर्दा बोकेर लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ।

तरकारी बेचेर वर्षमा १० लाख कमाइरहेका टेकराज

टेकराजका धेरै साथी रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छाडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्।

आलुले चिनिएको हेम्जा:  वर्षमा १० करोडको आलु उत्पादन

बाह्रौँ ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आइतबार शुरू हुँदैछ। आलुलगायत ताजा तरकारी र आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहेका छन्।  

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध

शनिबार बिहानदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको छ।

‘गाउँभन्दा प्यारो भेडीगोठको जीवन’

भेडीगोठमा घाम, पानी, असिना र हिउँमा संघर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाकेका छैनन्। अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उनको भनाइ छ। 

नदी प्रदूषणले निम्त्याउँदै निकुञ्जको पारिस्थितिकीय प्रणालीमा जोखिम

चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रूपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ।

छोरी शिक्षा प्रवर्द्धन गर्न खुलेको ‘मोडल क्याम्पस’

‘छोरी शिक्षा प्रवर्द्धन’ गर्ने हेतुले २०५४ सालमा क्याम्पस स्थापना गरिएको थियो। सो क्याम्पसमा अहिले विज्ञानबाहेक अरू संकायको एउटा कक्षामा ६० देखि ८० प्रतिशतसम्म छात्रा अध्ययनरत छन्।

१८ करोडको आयोजनामा ६० लाख बजेट

जिल्लाका दक्षिणी भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जालमा समस्या छ। सरकारले पहिरो नियन्त्रण गर्न भन्दै दुई पटकसम्म अध्ययन गरेको छ। तर डीपीआर बनाउनेबाहेक काम भएको छैन। 

उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी ल्याउन ४ अर्बभन्दा बढी खर्च लाग्ने

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने बताएका छन्।

बेनी–जोमसोम सडक: काभ्रेभिरमा ‘रक एङ्‌करिङ’

म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ढुंगाको पहिरो खस्ने र कालीगण्डकीको कटानको समस्या छ। 

मकैमा फौजी कीरा लागेपछि समस्यामा तनहुँका किसान

आँबुखैरेनी गाउँपालिका–२ ढापटारको करिब ४५ रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा फौजी कीराको समस्या देखिएको छ। 

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट ‘खिवाङगाउँ’

सडक निर्माण भएपछि खिवाङका १८० घरपरिवार लाभान्वित भएका छन्। सो सडकमा मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेका छन्।

सरकारी ऋणको साँवा–ब्याज तिर्न साढे ५ खर्ब चाहिने, बजेटमा स्रोतको सकस

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ न्यून राजस्व संकलनका कारण स्रोत सुनिश्चितता पर्याप्त नहुनु र सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व बढेका कारण समस्या रहेको बताउँछन्।

पर्यटकीय राजधानी भित्रने पर्यटकको छैन तथ्यांक

एक्यापका प्रमुख डा. रबिन कडरियाले ‘एक्याप’ प्रवेश गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरिएको बताए। उनका अनुसार पोखरा आएकामध्ये झन्डै आधा पर्यटक मात्र ‘एक्याप’को भ्रमण गर्छन्।

प्रतिनिधिसभाबाट बिम्स्टेक बडापत्र अनुमोदित

 प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ।

इलाममा विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

पालिकाले अकबरे खुर्सानी र गोलभेँडाको खेतीलाई प्राथमिकतामा राखेको छ। तालिम र उपकरण पाएपछि किसान पनि उक्त खेतीको विस्तारमा लागेका छन्। 

विद्यार्थी अभाव भएपछि चौँरीदेउरालीका २५ सामुदायिक विद्यालय बन्द

गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं भूकम्पपछि पुनर्निर्माण गरिएका विद्यालय भवन निकै राम्रा भएको तर विद्यार्थी अभावका कारण संकट उत्पन्न हुँदै गएको बताउँछिन्।

डढेलोले जैविक र पर्यावरणीय क्षति बढ्दै

डढेलोले वन विनाशसँगै धुवाँले वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको डिभिजन वन कार्यालय प्रमुख चन्द्रमणि सापकोटाले बताउँछन्।