AnonymousUser

Logout

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका

गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन्।

पर्यटकको रोजाइमा खरको छानो भएको घर

स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो। फिस्लिङ–शक्तिखोर सडकको उत्तरतर्फ डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्वीर खिचाउनेको भिड लाग्ने गरेको छ।

तराईमा अत्यधिक चिसो, घरपालुवा जनावरलाई समेत समस्या

चिसोका कारण पशु चौपायामा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। शीतलहरका कारण चरनको पनि समस्या भएको छ।

कैलालीमा पाटेबाघ मृत फेला

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सब डिभिजन वन कार्यालय लम्कीले जनाएको छ।

हिँउ माथि सर्न थालेपछि चिन्तित मनाङबासी

विगतको तुलनामा मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो त बनाएको छ, तर योसँगै विभिन्न खालको प्रदूषण पनि बढ्दो छ। जसले त्यहाँको भाैगोलिक सुन्दरतालाई कुरूप बनाउँदै छ।

विद्युत् रोयल्टीबापत सरकारले उठायो ३ अर्ब १५ करोड

सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत संकलन गर्ने गर्छ।

अस्ट्रेलिया जाने मौका छाडेर च्याउ खेतीमा जमेका वीरबहादुर

शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर रानाले च्याउ खेतीमा ३० लाख रुपैयाँ लगानी गरेका छन्। वर्षमा २७ लाखसम्मको च्याउ बेच्छन्। खर्च कटाएर १० लाख रुपैयाँ बचत हुन्छ।   

चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

गाउँबाटै कृषि एम्बुलेन्स चलेपछि स्थानीयले उत्पादन गरेको दुई मुठा सागले पनि बजार पाएको छ। स्थानीयबीच काम गर्ने प्रतिस्पर्धा नै चलेको छ।   

पाँचथर अस्पताल: स्तरोन्नति भयो, दरबन्दी र जनशक्ति छैन

१५ शय्याको अस्पताललाई ५० शय्याको बनाइएको छ। तर, कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन। भएका पनि आधाभन्दा बढी रिक्त छन्। 

हल्दीबारी गाउँपालिकाको दुई हजार ५०० बिघामा तोरी खेती   

गाउँपालिकाले किसानलाई तोरी उत्पादनमा प्रोत्साहन गर्ने नीति लिएको छ। कम मिहिनेत लाग्ने भएकापछि किसान पनि यसमा आकर्षित भएका छन्।

५ किमी सडकको काम ३ वर्षमा आधा मात्र

परियोजना निर्माणमा ११७ रुखले बाधा पुर्‍याउँदा सडक निर्माणमा ढिलाई भएको हो।

साझा चुनौती सम्बोधन गर्न ‘नाम’ले नेतृत्व लिनुपर्छ: प्रधानमन्त्री

युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले दिगो विकासका लक्ष्य हासिल तथा दक्षिणी विश्वको आर्थिक विकास र समृद्धिमा नामले जोड दिनुपर्ने बताए।

१२ लाखमध्ये ६ लाख चालक अनुमतिपत्र नेपाल आइपुग्यो

जर्मनीको मुलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता भएकोमा पहिलो चरणमा ६ लाख कार्ड नेपाल भित्रिएको छ।

बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

२०५७ सालमा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो। आफूलाई खान पुगेर अन्न बेच्ने परिङालबासीलाई त्यसयता भने संकट नै संकटले झेलिरहेको छ।

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको संख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको हो।

एकैवर्ष लोकसेवाको ५ परीक्षामा उत्तीर्ण भइन् मनीषा

जाँगर हुनेका लागि नेपालमा नै प्रशस्त अवसर रहेको मनीषा बताउँछिन्। तर, कामलाई सानोठूलो मान्न नहुने उनको भनाइ छ।

एडीबीसँग ऋण र अनुदान सम्झौता

शहरी  जीवनयापन सुधार परियोजनाका लागि भनेर १६ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर अनुदान सम्झाैता भएको हो।

लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्बुजा

गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो। त्यो खबर उनले तीन महिनापछि मात्र थाहा पाए।

त्रिभुवन विमानस्थल भन्सारमा इन्स्पेक्टरको नेतृत्वमा सशस्त्रको टोली परिचालन

विमानस्थलको भन्सार जाँच तथा सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० जनाको टोली परिचालन गरिएको छ। 

राष्ट्रपति रनिङ शिल्डले बढायो ‘खेलकुद क्रेज’

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएपछि पालिकाले यसमा बजेट बढाएका छन्। विद्यालयमा पनि खेलकुदका गतिविधि बढेका छन्।