AnonymousUser

Logout

समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम सञ्चालनमा

भूमिगत जलस्रोतबाट खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले डिप-ट्युबेलका लागि किसानबाट निवेदन माग गरिनेछ।

कर्णालीका ५ जिल्लामा पोषणयुक्त चामल बिक्री शुरू

भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी पोषणयुक्त चामल उत्पादन गरिन्छ।

मधेश प्रदेशका सभामुख मण्डल ‘महामूर्ख’

सोमबार जनकपुरधामस्थित राममन्दिरको प्रांगणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो।

असिनापानीले म्याग्दीमा हिउँदे बालीमा क्षति

असिनापानीले हिउँदेबालीमा क्षति पुर्‍याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण संकलनको तयारी थालेका छन्।

बिक्नै छाड्यो दारबाट निर्मित ठेकी, संकटमा चुँदारा समुदायको पेसा

कलात्मक रूपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि संकटमा पर्न थालेको बुर्तिबाङका नोठबहादुर विकको भनाइ छ।

संरक्षणको पर्खाइमा ‘चन्द्रपाल थेबे ढापपोखरी’

सुन्दर र आकर्षक देखिने ढापपोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवर्द्धनका लागि सरकारको प्राथमिकतामा परेको छैन।

झापाको ‘किच्चकबध’स्थल २२ सय वर्ष पुरानो प्रमाणित

धातुका भाँडावर्तन, गहना र इँटा संकलन गरेर कार्बन परीक्षण गर्दा किच्चकबधस्थल इशापूर्व १२० देखि दुई सय वर्ष पुरानो प्रमाणित भएको प्रसिद्ध पुरातत्त्वविद् उद्धव आचार्यले बताएका छन्।

होलीमा विशेष सुरक्षा योजना: उपत्यकामा ड्रोनबाट निगरानी

युवायुवती स्वतःस्फूर्त सडकमा निस्केर एकापसमा रङ र अबिर साटासाट गरी रमाइलो गरिरहेका छन्। तर विगतमा जस्तो जबरजस्ती अपरिचित व्यक्तिलाई लोला हान्ने गतिविधि गरेका छैनन्।  

विश्व क्षयरोग दिवस: संक्रमण र मृत्युदर दुवै बढ्यो

विश्व स्वास्थ्य संगठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ। नेपालमा २०७९/८० मा ३७ हजार ४४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महिला चिकित्सकसँग खुल्न थाले बझाङका महिला

चेतनाको अभावमा महिलाले रोग पालेको डा. कविता साहले बताइन्। अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाउने गरेको पाइएको उनको भनाइ छ।

८ महिनामा ६ खर्ब ६३ अर्ब आम्दानी हुँदा ८ खर्ब १ अर्ब खर्च

चालु आर्थिक वर्षको आठ महिनामा वार्षिक लक्ष्यको आधा जति पनि राजस्व उठ्न नसकेको अवस्थामा बाँकी चार महिनाको अवधिमा उठ्ने राजस्वले कसरी वार्षिक लक्ष्य प्राप्ति हुन्छ भन्ने प्रश्न उठेको छ।

‘विद्यालय शिक्षा विधेयक’मा सबैभन्दा बढी संशोधन प्रस्ताव

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला कतिपय प्रस्ताव संविधानमा रहेका तीन तहका सरकारका कार्यक्षेत्रसँग बाझिने किसिमका भएकाले पनि समितिले यति धेरै संशोधनलाई छिट्टै पार लगाउन कठिन हुने बताउँछन्। 

२७ प्रतिशतमा मात्रै गुणस्तरीय पानीको पहुँच

जनचेतनाको अभावका कारण पानी ‘फिल्टर’ नगर्ने, शुद्धीकरण नगरी पिउनेलगायत कारणले जनस्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सकले बताउँदै आएका छन्। 

बेनी–जोमसोम खण्ड: पहिरो नियन्त्रण गर्न बजेट अभाव

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले म्याग्दीको राहुघाटबाट मुस्ताङको घाँसा खण्डमा १४ वटा पहिरोले करिब पाँच किलोमिटर सडक जोखिममा रहेको जानकारी दिए।

विश्व पानी दिवस: खानेपानीको सास्ती उस्तै

उपत्यकावासीलाई सतहमुनिको पानीले सहजता दिलाएको छ। तर सतहमुनिको पानी पनि सुक्दै गइरहेको छ। यसले जमिनसमेत भासिने खतरा बढाएको छ।

व्यावसायिक सुपारी खेतीतर्फ इलामका किसान

सुपारी बिक्री तथा बजारीकरणमा समस्या नभएको किसानले बताएका छन्। व्यापारीले बगानमा नै आएर प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्ममा खरिद गरेर लैजाने गरेका छन्। 

बैतडीमा कोदालो प्रहारबाट १ जनाको मृत्यु, घाइते २ कर्मचारीको हेलिकप्टरमार्फत उद्धार

बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

चौबिसै घण्टा खुलाउने तयारीपछि उत्साहित ठमेलका व्यवसायी

ठमेल र दरबारमार्गजस्ता पर्यटकीय क्षेत्र चुस्त हुँदै २४ घण्टा सञ्चालन हुन सके सरकारको पर्यटक बढाउने लक्ष्य पूरा हुनसक्ने व्यवसायीको धारणा छ। 

कोशीमा ३ महिनामा ४८८ आगलागीका घटना, १२ जनाले गुमाए ज्यान

प्रहरीका अनुसार घरको भान्सा, परालको कुन्यू र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन्। बालबालिकाले सलाई र लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन्।

राना थारू समुदायको पृथक् होली

परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत होली मनाउने चलन छ।