AnonymousUser

Logout

८ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

नेपालले आठ महिनामा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको छ।

खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन

नेपाली समाजमा दलितमाथि गरिएको विभेदको यथार्थ चित्रण कथाहरूमा समावेश गरिएको लेखक खगेन्द्र संग्रौलाले बताएका छन्।

कोशी नामकरण विवाद : जनधनको क्षतिबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा भएको जनधनको क्षति छानबिन गर्न सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।

मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा युवा

म्याग्दीको बेनी नगरपालिका–६ का अशोक शाही, वडा नं ८ का अमर विश्वकर्मा र रघुगंगा गाउँपालिका–७ का रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जन तथा मौलिकता संरक्षणमा लगाएका हुन्। 

मिथिलामा शुरू भयो वासन्ती छठ 

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरदमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्तमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाउने चलन छ।

विश्व क्षयरोग दिवस : हरेक पालिकामा क्षयरोग मुक्त अभियान 

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन्।

नदी नै सुकाएर विद्युत् उत्पादन 

कम्तीमा १० प्रतिशत पानी छाड्नुपर्ने प्रावधान भए पनि खोटाङस्थित साप्सुखोला जलविद्युत् आयोजनाले सिंगो नदी नै फर्काएर पानी प्रयोग गरेको छ।

प्राधिकरणले गर्‍यो ३ हेलिकप्टर कम्पनीका पाइलटलाई 'ग्राउन्डेड'

उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने दुई र एटीसीसँग अश्लील शब्द बोल्ने एक हेलिकप्टर पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले 'ग्राउन्डेड' गरेको छ।

नक्कली कम्पनी खडा गरी सट्टेबाजी गराउने ६ जना एजेन्ट पक्राउ

खेलमा सट्टेबाजी गर्न प्रयोग हुने ‘वान–एक्स बेट’ का एजेन्ट रहेका उनीहरूले विभिन्न समयमा सट्टेबाजी गराएर झन्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।

नेपाली सेनाको संख्या सरकारले निर्धारण गर्ने हो : प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई सेना के कति चाहिन्छ, त्यसको निर्धाण सरकारले गर्ने बताएका छन्।

सामाजिक सुरक्षा कोषमा सूचीकृत भए ४ लाख योगदानकर्ता

सामाजिक सुरक्षा योजना शुभारम्भ भएको ४ वर्षमा ४ लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन्।

काठ हिनामिना आरोपमा सामुदायिक वनका अध्यक्षसहित ८ जना पक्राउ

५२ लाख रुपैयाँ बराबरको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित आठजना पक्राउ परेका छन्। 

पस्मिनाको गुणस्तर परीक्षणका लागि विज्ञको टोली मुस्ताङमा

मुस्ताङका ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट भुवाको ८०० नमुना संकलन गरेर परीक्षण गर्ने तयारी छ। 

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाको सहभागिता रहने छ।

कीर्ते गरी तिब्बती शरणार्थीको नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जना पक्राउ

प्रहरीले कीर्ते गरी तिब्बती शरणार्थीको नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।

काष्ठकला ‌: पुस्ताैँदेखिको सीप जोगाउँदै भीमबहादुर

बागलुङमा घरमा भन्दा मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ। कालिका मन्दिरलाई कलात्मक बनाउने जिम्मा ६० वर्षीय भीमबहादुर विश्वकर्माले लिएका छन्।

वैदेशिक रोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षामा समेटिँदै

नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ। यो योजनाले वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान छ।

क्षमताभन्दा बढी सामान बोक्ने जहाजका चालकसहित ७ जना निलम्बित

ताप्लेजुङबाट काठमाडौँ उडान भरेको निगमको विमानमा क्षमताभन्दा बढी सामान र पुरुषलाई महिला यात्रुका रूपमा यात्रा गराएको पाइएपछि चालकसहित ७ जना निलम्बनमा परेका छन्।

सरकारलाई छिट्टै पूर्णता दिन्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको बताएका छन्।

बर्सातको पानी संकलनसम्बन्धी सम्मेलन सम्पन्न

विश्व पानी दिवसको अवसरमा आयोजित बर्सातको पानी संकलनसम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलन ५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।