AnonymousUser

Logout

भारतीय लगानीका अलपत्र ठेक्का तोड्ने सरकारको तयारी

भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ६-७ वटा ठेक्का तोड्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भारतीय पक्षसँग छलफल गरेका छन्।

पार्किङ स्थलमा विराटनगर महानगरले जोड्यो सीसी क्यामेरा, सडक किनारामा सवारी राख्न निषेध

विराटनगर महानगरले सडकमा हुने पार्किङलाई हटाएर व्यवस्थित पार्किङ स्थल बनाउन शुरू गरेको छ। अब विराटनका मुख्य चोक तथा बजारका सडक किनारमा गाडी राख्न पाइने छैन।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटाला गरेको अभियोगमा निर्देशक पौडलसहित ९ जनाविरुद्ध मुद्दा

निर्देशक पौडलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक बिल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

राजकुमारी थानीसहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जी तथा नेपाली गाइडहरू मिङ्‌मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले अन्नपूर्णकाे आराेहण गरेका छन्।

तुलसीपुरका स्थानीय भन्छन्– उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन

तुलसीपुर उपमहानगरभित्र पर्ने ग्रामीण भेगका बस्ती अझै विकासको दृष्टिले पछि परेका छन्। त्यहाँका स्थानीयले पालिकाको सेवासमेत सहज रूपमा पाउन सकेका छैनन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान– वर्षमान पुनकी आमालाई गोली लाग्नु दुर्घटना

प्रारम्भिक अनुसन्धानमा ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए।

दाताको सहयोग र मुठ्ठीदानको भरमा चल्छन् संस्कृत गुरुकुल

दाताको भरमा गुरुकुल सञ्चालन भइरहेको वेदवेदाङ्ग संस्कृत गुरुकुलका प्राचार्य नन्दप्रसादले बताए। त्रिवेणीधामको रूपमा रहेकाले यहाँ सञ्चालित गुरुकुललाई सहयोग प्राप्त हुने गरेको उनको भनाइ छ।

भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै नेपाल एयरलाइन्स

निगमका प्रवक्ता रमेश पौडेलले दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार उडान बढाउँदै लगिने बताए।

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : सुवास नेम्वाङ

सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेका नेम्वाङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले निर्वाह गरेको मुख्य भूमिकाको प्रशंसा गरेका छन्।

मौरीपालनमा रमाउँदै  जयनारायण 

पाल्पाको रामपुरमा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ। यहाँ गोलासहितको मौरीघार नौ हजार, खालीघार पाँच हजार रुपैयाँ र मह प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री हुने गरेको छ।

बर्खा नलाग्दै पहिरोको त्रास, बचेको बस्ती पनि उजाडिने त्रास

तोराखेत गाउँमाथिको चट्टाने पहिराबाट बेनी नगरपालिका–२ को बगरफाँटलाई ठूलो खतरा रहेको छ। तोराखेतको पुछारमा रहेको धुपीरूखतर्फको पहिराले बगरफाँट उच्च जोखिममा पारेको छ।

सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संकलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पुँजीगत खर्च निकै कम छ।

सुदूरपश्चिममा सिस्नुपानी छ्यापेर मनाइँदै ‘बिसु’ पर्व 

एकापसमा सिस्नुपानी छ्यापेर ‘बिसु’ पर्व मनाइन्छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ।

भक्तपुरमा बिस्केट जात्रा : ५५ हात लामो लिंगो उठाइयो

५५ हात लामो, नांलो जत्रो फेद भएको लिंगो तान्त्रिक विधिपूर्वक १० कर्म विधान गरी उठाइएको हो। लिंगोको कोखा (टुप्पो)मा विश्व ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ डोरीले तान्ने गरिन्छ।

महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म एक हजार दुई सय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ।

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र लेखा अधिकृत गोविन्दराज उपाध्यायले नगरपालिकाको एक करोड ९५ लाख ७२ हजार रुपैयाँ राजस्व चुहावट गरेको आरोप पत्रमा उल्लेख छ।

बैतडी दुर्घटना : झौलेक भिरमै बिलायो बिसु पर्व मनाउने सपना 

भारतको पिथौरागढमा मजदुरी गर्दैआएका उनीहरू बिसु पर्व मनाउन गाउँ फर्कँदै थिए। झुलाघाटबाट गाउँ पुग्न तीनवटा गाडी परिवर्तन गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाट नै जिप रिजर्भ गरेर मगाएका थिए।

सिन्धुलीमा कार दुर्घटना हुँदा ४ भारतीय नागरिकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। कारमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ।

बसाइँसराइ रोक्ने पालिकाको योजना, बाँझिएका जमिनमा फलफूल खेती

तमानखोला गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई आयआर्जनसँग जोड्न फलफूल खेती गर्ने योजना ल्याएको छ। जसअनुसार चालु आर्थिक वर्षमा विभिन्न जातका फलफूलका एक हजार ५०० वटा बिरुवा रोपिएको छ। 

लोककथा संकलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिमका सबै जिल्लामा लोककथा संकलन भइरहेको विश्वविद्यालयले जनाएको छ। सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा संकलन गरेर प्रकाशन गर्न लागिएको हो।