AnonymousUser

Logout

विदेशबाट फर्किएर कागतीखेतीमा रमेका रुद्रमणि

मोरङको पथरी शनिश्चरे–२ का रुद्रमणि न्यौपानले चार वर्षअघि कागतीखेती थालेका हुन्। हाल उनले कागतीका दाना र बिरुवा बिक्रीबाट वार्षिक २० लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।

बेमौसमी हिमपातले असहज बन्दै जनजीवन

वसन्त ऋतुमा हुने बाक्लो हिमपातले फूल फुलेका र पालुवा फेरेका बोटबिरुवालाई वृद्धि विकास हुनबाट रोक्छ।

भरत तालमा पर्यटकको घुँइचो

सर्लाहीको बागमती नगरपालिका–४ र १२ स्थित भरत तालमा नेपाल र भारतबाट दैनिक २०० हाराहारी पर्यटक आउने गरेका छन्। ताल निर्माणकै चरणमा रहे पनि पर्यटकका लागि ३१ वटा साना र एउटा ठूलो डुंगा सञ्चालनमा ल्याइएको छ

सडकले जोडिए दुर्गम गाउँ, फेरियो जनजीवन

बागलुङका दुर्गम गाउँहरू सडक सञ्जालले जोडिएका छन्। सडक पुगेपछि स्थानीयको दैनिकी सहज बनेको छ। 

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना, कञ्चनपुरमा खोप अभियान शुरू

नयाँवर्ष नजिकिँदै गर्दा कञ्चनपुरमा भारतबाट फर्किनेको संख्या बढ्न थालेको छ। भारतमा कोरोना संक्रमण बढेकाले नाकामा परीक्षण र खोप लगाउने अभियान शुरू भएको छ।

राहदानी विभागको टोली पोर्चुगलमा, १ महिनासम्म सेवा दिने

टोलीले राहदानीको म्याद सकिएका, क्षति भएका, हराएका, नष्ट भएका र पोर्चुगलमा जन्मेका नाबालिक नेपालीका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने बताइएको छ। 

पर्यटक लोभ्याउँदै पटिहानी

पटिहानीमा पर्यटकले घडियाल गोहीका साथै एकसिंगे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन्। स्वदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको 'अम्ब्रेला स्ट्रिट' पनि आकर्षणको केन्द्र बनेको छ।

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

चिनियाँ पक्षले नेपालमा उत्पादन, कृषि र तयारी पोसाकजस्ता विभिन्न क्षेत्रमा लगानी गर्न आफ्ना व्यवसायी समुदायलाई प्रोत्साहन गर्न पनि सहमत भएको छ।

अब पार्टीमा गुटबन्दी र गैरएमाले गतिविधि स्वीकार्य हुँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले‍ लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताएका छन्।

मिटरब्याज पीडितको माग यथाशीघ्र पूरा गर्न सांसदको माग

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानबाट काठमाडौँमा आई आन्दोलनरत मिटर ब्याज पीडितहरूको न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

बसाइँसराइले रित्तिदै जैमिनीका गाउँ

रोजगारीका अवसर नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नु, शिक्षा र स्वास्थ्यको राम्रो प्रबन्ध नहुनुलगायत कारणले जनसंख्या घट्दो क्रममा रहेको बागलुङको जैमिनी नगरपालिकाले जनाएको छ।

झपक्क फुल्यो आँप, उत्पादन बढ्ने अपेक्षा

आँप धेरै फुलेकाले असिना, पानी र हावाहुरीले असर नगरेमा उत्पादन अत्यधिक वृद्धि हुने दाङको तुलसीपुर–९ का दिवेश केसीको भनाइ छ। 

भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा बढ्यो जोखिम

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई निरन्तरता दिइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले‍ बताए।

यस वर्षको बिस्केटजात्रा चैत २७ देखि 

जात्राको अन्तिम दिन पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ २०० फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान तान्ने प्रचलन छ। 

२ पटक म्याद सकियो, भएन कालोपत्रे

बागलुङको गलकोट र ताराखोला जोड्ने सडक दुई पटक म्याद थप्दासमेत ५० प्रतिशत कालोपत्रे हुन सकेको छैन। 

निर्देशिका पालना गर्दैनन् स्कुल बस चालक, यान्त्रिक अवस्था पनि कमजोर

ट्राफिक प्रहरीले आइतबार गरेको विशेष जाँच अभियानका क्रममा मापदण्ड पूरा नगरी सञ्चालन भएका १४ वटा स्कुल बसका चालकलाई कारबाही गरेको छ।

सत्य निरूपणसम्बन्धी संशोधन विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतले पारित भएको छ।

एयर इन्डियालाई नेपाल उड्डयन प्राधिकरणले पठायो पत्र

उड्डयन प्राधिकरणले एटीसीको अनुमतिबिना उचाइ घटाइ नेपाल एयरलाइन्सको जहाजसँग जहाज ठोक्किन लागेको विषयमा एयर इन्डियालाई पत्राचार गरेको छ।

सूर्य ओडार : 'जहाँ बसेर बुद्ध उपदेश दिन्थे'

सूर्य ओडार बुद्धसँग जोडिएपछि चर्चामा आएको छ। फागुनमा यहाँ ४० भिक्षुसहित दर्जनौँको संख्यामा बौद्ध अनुयायी आएर ध्यान गरेका थिए।

राप्ती लोकमार्ग स्तरोन्नतिमा ठेकेदारको लापरबाही, दुर्घटनाको जोखिम 

तुलसीपुरबाट रुकुमपश्चिमको खौलासम्म अधिकांश स्थानमा सडक बिग्रिएको छ। स्तरोन्नतिको जिम्मा पाएका ठेकेदारले समयमा काम गरेका छैनन्।