AnonymousUser

Logout

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाको बयान शुरू

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान शुरू भएको छ।

एमालेलाई माओवादीको जवाफ– संसद्‌मा आफ्नो कुरा राख्न पाइन्छ

संसद्लाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको माओवादी प्रमुख सचेतक पाण्डेले बताएका छन्। 

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग

जनमोर्चाले टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना रहेको उल्लेख गरेको छ।

एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित

पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो।

भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा 

बुधबार सरकारी वकिल कार्यालय काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। आरोपितहरूको बयान आजदेखि शुरू हुँदै छ। 

प्रतितोला ५‍‍०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बागमती प्रदेशमा घट्यो सार्वजनिक यातायातको भाडा 

काठमाडौँ उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत भाडा घटेको छ।

रुख कटानमा संलग्न गाउँपालिका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा 

प्रदेशको राजधानी दाङको भालुबाङ सारिएपछि तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले रुख काट्न गर्न आदेश दिएका थिए। त्यसपछि भालुवाङदेखि लमहीसम्म सडक किनारका एक हजार थान रुख काटिएको थियो। 

चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा

प्रशिक्षकका रूपमा एरिक टेन हाग युनाइटेडमा आएयता क्लबको प्रदर्शन उच्च छ। यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ।

पाकिस्तानमा आत्मघाती आक्रमण: १० जनाको मृत्यु

आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई बम प्रहार गर्दा चार सर्वसाधारण र सुरक्षाकर्मीको जवाफी कारबाहीमा छ आक्रमणकारीको मृत्यु भएको छ। 

मलेसिया भ्रमणमा जाने महिला क्रिकेट टोलीको घोषणा

नेपालले घरेलु टोली मलेसियासँग मे २९ बाट पाँच खेलको टी-२०आई श्रृंखला खेल्ने छ। नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गर्नेछिन्।

२८औँ पटक सगरमाथा चढेका कामिरितालाई विमानस्थलमा स्वागत

शेर्पाले गत जेठ ९ गते बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै २८औँ पटक सगरमाथाको सफल आरोहणको कीर्तिमान बनाएका थिए। जेठमा उनी एक हप्ताको अवधिमा नै दुईपटक सगरमाथा चुचुरोमा पुगेर फर्किएका हुन्।

मनाङसँग बराबरी खेलेपछि शीर्ष स्थानको चर्च ब्वाइजलाई दबाब

बराबरी खेलपछि चर्च ब्वाइजले शीर्ष स्थानमा मछिन्द्रसँग ५ अंकको दूरी कायम गर्न मौका गुमाउँदा मनाङ भने रेलिगेसन जोनमा पर्ने दबाब झेलिरहेको छ।

राष्ट्रपति पौडेलद्वारा भोटोजात्राको अवलोकन

भोटो हेर्न राष्ट्र प्रमुख पनि जाने परम्पराअनुसार राष्ट्रपति पौडेल जावलाखेल पुगेका थिए। उनको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए।

बेलायतमा आप्रवासी संख्या ६ लाखभन्दा बढी, काम र अध्ययनमा जाने धेरै

बेलायतमा काम, अध्ययन र मानवीय प्रयोजनका लागि जानेहरूको संख्या बढ्दा पछिल्ला वर्ष आप्रवासीहरू बढेका छन्। रुस र युक्रेनको युद्धपछि बेलायत प्रवेश गर्ने बढेको जनाइएको छ।

सिथि नखः पर्व

नेवार समुदायले सिथि नखः पर्व मनाउँदै

नेवार समुदायले बिहीबार सिथि नखः पर्व मनाउँदै छन्। यस पर्वलाई नेवार समुदायले वर्षाअघिको अन्तिम चाडका रूपमा मनाउँने गरेका छन्। सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत सरसफाइ गर्दछन्। आजको दिन घरमा भर्खर भित्र्याइएको नयाँ गहुँको म्हुछ्यामढी मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी समेत खाने गरिन्छ। यस चाडसँगै सिन्या ज्याः धान रोपाइँ शुरू हुन्छ।

आईपीएल फाइनलपछि मात्रै एशिया कपको टुंगो 

आईपीएलको फाइनलका दिन बंगलादेश, अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षबीच भारतमा हुने बैठकले एशिया कपको टुंगो लगाउने एसीसीका अध्यक्ष जय शाहले बताए।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा

बागमती, कोशी र गण्डकी प्रदेशमा दिउँसो १ बजेदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ: गृहमन्त्री 

मुलुकमा व्याप्त कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन नसक्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ।  

बाह्रबिसे–तातोपानी सडक जीर्ण: जोखिम मोलेर सामान ढुवानी

बाह्रबिसे– तातोपानीखण्डको २४ किलोमिटर सडकमा बढी जोखिम छ। भत्किएको सडक मर्मतमा सरकारले चासो नदिएको व्यवसायीको गुनासो छ।