AnonymousUser

Logout

नक्कली शरणार्थी प्रकरणमा आकर्षित हुने सबै प्रकारका मुद्दा चलाइनुपर्छ : लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन नेपाल प्रहरीको जोडबल र विदेशीको चासोमा अगाडि बढेको बताएका छन्।

माइतीघरमा नारा : ‘सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कडाभन्दा कडा कारबाही गर्न माग गर्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।

मन्त्री भण्डारी भन्छन्– श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखियो

मन्त्री शरतसिंह भण्डारीले श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका विषयमा प्राथमिकता नदिइएकाले वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखिएको टिप्पणी गरेका छन्।

अमेरिकाको मोन्टाना राज्यले लगायो टिकटकमाथि पूर्ण प्रतिबन्ध

मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिस्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारेका छन्।

‘शान्त्रिप्रक्रियालाई यथाशीघ्र टुंगोमा पुर्‍याउन सबै पक्ष लचक हुनुपर्छ’

कानूनमन्त्री धनराज गुरुङले शान्त्रिप्रक्रियालाई टुंगोमा पुर्‍याउन पीडित, मानवअधिकारकर्मी, नागरिक समाजको प्रतिनिधि र द्वन्द्वका पक्ष लगायत सबै लचक भएर योगदान गर्नुपर्ने बताएका छन्।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले शुक्रबार प्रस्तुत गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (जेठ ५ गते) अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानमा हस्तक्षेप गरिँदैन : प्रधानमन्त्री

नक्कली शरणार्थी प्रकरणमा प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा हालसम्म कुनै पनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने प्रधानमन्त्री दाहालको भनाइ छ।

सांसदलाई प्रधानमन्त्रीको जवाफ– नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्र टुंगो लाग्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताएका छन्।

प्रधानमन्त्रीलाई शिशिर खनालको प्रश्न– लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ?

रास्वपा सांसद खनालले प्रधानमन्त्रीलाई थरुहट तथा मधेश आन्दोलनको छानबिनका लागि गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्।

सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ: प्रधानमन्त्री

सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। 

क्यान्टोनमेन्ट घोटालामा दोषी ठहरिए जेल जान तयार छुः प्रधानमन्त्री दाहाल

बिहीबार प्रतिनिधिसभामा यसबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले लडाकू शिविरमा कुनै घोटाला नभएको जिकिर गरे।

नागरिक उन्मुक्तिले बोलायो केन्द्रीय सदस्यको आपत्‌कालीन बैठक

बिहीबार दिउँसो १ बजे डिल्लिबजारस्थित इचिवान रेस्टुरेन्टमा बस्नेगरी काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो। 

भुटानी शरणार्थी प्रकरण: हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

मियाँले प्रयोग गर्दै आएको हज समितिको गाडी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने क्रममा गिरोहले प्रयोग गर्ने गरेको खुलेको थियो।

अमेरिकी प्रतिवेदन भन्छ– ‘नेपालमा क्रिश्चियनलाई शव गाड्नसमेत अप्ठ्यारो, हिन्दुत्वका लागि भाजपाले दिन्छ पैसा’

अमेरिकी विदेश मन्त्रालयको ‘धार्मिक स्वतन्त्रता प्रतिवेदन’ले नेपालमा हिन्दुत्वका लागि भारतको सत्तारुढ पार्टीले पैसा दिइरहेको र नेपाली इसाई समुदायलाई शव गाड्नै कठिन भइरहेको उल्लेख गरेको छ।

भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै राप्रपा र एकीकृत समाजवादी

दुवै पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गर्न लागेका हुन्।

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रतिनिधिसभा नियमावलीमा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले प्रश्न सोध्न सक्ने र एक जनाको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइने उल्लेख छ। 

१० प्रतिशत ब्याज तिरे ऋण पुनर्संरचना गर्न सकिने 

पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जामा बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ।

चितवनमा ‘विशेष प्रहरी’ भन्दै व्यवसायी धम्क्याउने ४ जना पक्राउ

भरतपुर–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा ‘विशेष प्रहरी’ र केन्द्रीय अनुसन्धान ब्यूरोको समेत परिचयपत्र बनाउने गरेको खुलेको छ। 

रुस र युक्रेनबीचको खाद्यान्न सम्झौता २ महिना थप्ने सहमति

सम्झौता लम्बिएसँगै युक्रेनले २ महिनासम्म ‘ब्ल्याक सी’स्थित बन्दरगाहबाट खाद्यान्न निर्यात गर्न पाउनेछ। रुसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो। 

रियल मड्रिडलाई पराजित गर्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

सेमिफाइनलको दोस्रो लेगमा ४–० तथा समग्रमा ५–१ को जितसहित सिटीले फाइनल यात्रा तय गरेको छ। सिटीले उपाधिका लागि जुन ११ मा इन्टर मिलानसँग खेल्नेछ।