AnonymousUser

Logout

परिवर्तन उल्ट्याउने कोशिशविरुद्ध एकजुट हुन ३ दलको बैठक : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले तीन दलबीच सदनलाई प्रभावकारी बनाउने र परिवर्तनलाई उल्ट्याउने प्रयत्नविरुद्ध एकजुट हुनका लागि छलफल भइरहेको प्रस्ट्याएका छन्।

दुवै खुट्टा नभएका हरि बुढामगरले चढे सगरमाथा

गत वर्ष शारीरिक अवस्थाका कारण सगरमाथा चढ्न नपाएका हरि बुढामगरले यस पटक सफल आरोहण गरेका छन्।

नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड

कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भए पनि सीमित स्रोत र साधनका कारण कार्यान्वयनको पाटो जोखिम रहेको चेम्बरको ठहर छ।

दक्षिण कोरियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

दुई नेताबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारिक सम्बन्ध प्रवर्द्धनबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैनः पूर्वराष्ट्रपति यादव

हालसम्म पनि संविधानको पूर्ण कार्यान्वयन हुन नसकेको पूर्वराष्ट्रपति यादवको भनाइ छ।

गोसाईकुण्डमा दशहरा मेला शुरू, ५ हजार तिर्थयात्रीले दर्शन गर्ने अनुमान

गोसाईकुण्डमा दशहरा पर्वमा १० र जनैपूर्णिमामा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन विशेष मेला लाग्ने गरेको छ।

आगामी भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ: प्रधानमन्त्री

भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक र जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणबाट विशिष्ट सम्बन्ध रहेकाले आफ्नो आगामी भ्रमण ऐतिहासिक हुने प्रधानमन्त्री दाहालले बताएका छन्। 

अध्ययन भन्छ– ४ हजार ५०० वर्षअघि नै भएको थियो चुम्बनको शुरूआत

ईसापूर्व २५०० देखि नै मेसोपोटामिया र इजिप्टमा चुम्बनलाई रोमान्टिक आत्मीयताको एउटा सामान्य भाग मानिन्थ्यो भन्ने स्पष्ट उदाहरणहरू रहेको अध्ययनकर्ताले बताएका छन्।

आईपीएल: राजस्थानसँग पन्जाब ४ विकेटले पराजित 

जितका लागि पन्जाबले दिएको १८८ रनको लक्ष्य राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो। 

मधेश र कोशी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

चट्याङ र हावाहुरीबाट हुनसक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

२ हजारका नोट फिर्ता लिने भारतीय रिजर्भ बैंकको घोषणा

आरबीआईले दुई हजारका नोट फिर्ता लिने निर्णय गरेको छ। भारतमा करिब साढे ६ वर्षअघि दुई हजारको नोट जारी गरेको थियो।

अरब नेताले रुसी आक्रमणप्रति आँखा चिम्लिए : जेलेन्स्की

अरब लिगको शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही अरब नेताहरूले आफ्नो देशमा रूसले गरेको आक्रमणको भयावह अवस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

हिमालयनको ३ स्थान सुधार, रेलिगेसन जोनमा रहेको खुमलटारले आर्मीसँग अंक खोस्यो

हिमालयन शेर्पा क्लबले विभागीय टोली एपीएफलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा तीन स्थान सुधार गरेको छ।

नीति तथा कार्यक्रममा समस्या समाधानको ठोस प्रस्ताव छैन: योगेश भट्टराई

योगेश भट्टराईले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताएका छन्।

अनावश्यक कार्यालय खारेज गर्ने सरकारको घोषणा

कर प्रणालीमा पुनरावलोकन, पुँजीबजार विस्तार गर्न संरचनागत सुधार, योजना आयोगको पुनर्संरचना, मौद्रिक नीति र वित्तीय नीतिको तालमेल, तयार भएका आयोजनालाई मात्र बजेट विनियोजन लगायतका घोषणा सरकारले गरेको छ।

नीति तथा कार्यक्रम : भूमिगत विद्युत् प्रणाली बिस्तार गर्ने, काठ बेचेर आत्मनिर्भर बन्ने

सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ।

जग्गाको स्रेस्ताबमोजिम विद्युतीय लगत तयार गरिने

नीति तथा कार्यक्रममा सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ताबमोजिम विद्युतीय लगत तयार गरिने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा पुँजीगत खर्च, राजस्व र उत्पादकत्व बढाउनेमा जोड

राजस्व चुहावट, हुन्डी र अवैध पुँजी र पुँजी पलायनलाई कडाइका साथ रोक्ने विषयमा नीति तथा कार्यक्रममा जोड दिइएको छ।

ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न कानूनी व्यवस्था गरिने

सरकारको नीति तथा कार्यक्रममा वातावरणलाई प्रतिकूल नहुने गरी ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न कानूनी व्यवस्था गरिने उल्लेख छ।

सुशासनमा सम्झौता गरिने छैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक, सामाजिक रूपान्तरणमा तीव्रता आएको र विकास निर्माणले गति लिएको बताएका छन्।