AnonymousUser

Logout

सरकारले छोटो अवधिमा उत्साहजन उपलब्ध हासिल गरेको छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजस्व चुहावटलाई कडाका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको बताए।

माओवादी लडाकुको विषयमा प्रधानमन्त्रीको जवाफप्रति राष्ट्रियसभा सदस्य राईको असन्तुष्टि

राष्ट्रियसभा सदस्य रामचन्द्र राईले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार प्रतिनिधिसभामा सोधिएको प्रश्नको सही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

टीआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

संसदीय समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ।

राष्ट्रपति

संसद् जाँदा आउँदा राष्ट्रपति पौडेलको सामान्य सवारी

राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासदेखि संघीय संसद् भवन बानेश्वरमा सामान्य सवारीमा आउजाउ गरेका छन्। यसअघि तडकभडकसाथ आवागमन गरेको भन्दै आलोचना हुने गरेकोमा यो पटक राष्ट्रपति पौडेलले सामान्य रूपमा आउजाउ गरेका हुन्। यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद् भवन जाँदा र आउँदा शीतल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो। यस्तो गर्दा, सर्वसाधारण घण्टौँसम्म जाममा पर्ने गरेको भन्दै आलोचना हुने गरेको थियो। राष्ट्रपति पौडेलले संसद् भवन पुगेर आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बजेट ल्याउनुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ।

जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोध्ने मन्त्रालयको तयारी

दुई वर्षसम्म पनि प्रयोग नभएका सामान फिर्ता लिई अरू अस्पताललाई हस्तान्तरण गर्ने मन्त्री बस्नेतले बताएका छन्।

सुदूरपश्चिममा गठबन्धनबीच भागबन्दा मिल्यो, सरकारले पूर्णता पाउँदै

माओवादी केन्द्र दुई, कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने सहमती भएको छ। शुक्रबार साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्ने मुख्यमन्त्री शाहले बताएका छन्। 

५ वर्षमा तापक्रम वृद्धिको नयाँ रेकर्ड बन्ने, नेपालमा कस्तो पर्छ असर?

विश्व मौसम संगठनले आगामी पाँच वर्षमा हालसम्मकै सबैभन्दा धेरै तापक्रम रेकर्ड हुने सम्भावना रहेको औँल्याएको छ। औद्योगिक पूर्वावस्थाको तुलनामा १.५ डिग्रीभन्दा बढीले तापक्रम वृद्धि हुने संगठनले जनाएको छ।

सरकारको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत हुँदै

दिउँसो ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। 

एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको सेप्टेम्बर १९ मा गरिएको राजकीय अन्त्येष्टिमा १०० भन्दा बढी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको उपस्थिति थियो।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १० महिनामा ७६ करोड ठगी

अनुमतिप्राप्त म्यानपावरले मात्रै रोजगारीका लागि विदेशमा श्रमिक पठाउन पाउने व्यवस्था छ। तर, यसमा एजेन्ट र बिचौलिया सक्रिय रहेकाले ठगी बर्सेनि बढिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

बेंगलोरसँग हैदराबाद ८ विकेटले पराजित

बेंगलोरले शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ। प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबाद तालिकाको पुछारमा छ।

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजाल र शमशेर मियाँलाई २ दिन हिरासतमा राख्न अनुमति

बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दुई दिनको म्याद दिएको छ।

गलत तथ्यांकमा आधारित भएर बजेट नल्याउन पूर्वमन्त्री खतिवडाको आग्रह

डा. खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउने विषय उठाइरहँदा सरकारले वित्त नीति र मौद्रिक नीतिमा चलाउने ठाउँ नभएको बताएका छन्।

इंग्ल्यान्डको उमेर समूहबाट खेलेका सुलेमान पाकिस्तानबाट पनि साफ खेल्ने तयारीमा

राष्ट्रिय टिममा आबद्ध भएसँगै सुलेमानले असार ६ गतेबाट भारतमा शुरू हुने साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानको प्रतिनिधित्व गर्नेछन्। उनीसँगै उत्कृष्ट आठ खेलाडी राष्ट्रिय टोलीमा रहने छन्।

गिरिशचन्द्र लाललाई प्रश्न– लाल आयोगको प्रतिवेदनमा सार्वजनिक नै गर्न नहुने के कुरा लेख्नु भो?

लाल भन्छन्, 'सरकारले किन सार्वजनिक गरेन, उसैलाई थाहा होला। तर, आयोगको प्रतिवेदन सार्वजनिक भयो भने अहिले देखिएको चासो र उत्सुकता समाधान हुन्छ।'

म्यानमारले सैन्य ‘कू’पछि भित्र्यायो १ अर्ब डलरको हतियार

म्यानमारमा हतियार पठाउने सूचीको शीर्षस्थानमा रुस, चीन र सिंगापुरका कम्पनी छन्। ‘कू’ गरेर सत्ता हातमा लिएको दुई वर्षमा त्यहाँको सेनाले १ अर्ब डलरभन्दा बढीको हतियार किनेको छ।

मछिन्द्र शीर्ष स्थानमा उक्लिन सकेन, मनाङ पनि संकटासँग रोकियो

फ्रेन्ड्स क्लबसँग बराबरी खेलेसँग साबिक विजेता मछिन्द्र शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा पुग्ने रोकिएको छ।

माइतीघरमा फेरि उखु किसानको धर्ना [तस्वीरहरू]

चिनी मिल्सबाट पाउनुपर्ने बक्यौता रकम नपाउँदासम्म आफूहरूको धर्ना जारी रहने उखु किसान पारुक अहमद् बताउँछन्।

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ

प्रहरीले भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई पक्राउ गरेको छ।

शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सागर राईले पैसा असुलेर बिल्लीबाठ पारेका मजदुरहरू

पथरी शनिश्चरे–१० का तत्कालीन वडाध्यक्ष सागर राईले मजदुरी गर्ने परिवारका युवाबाट ५ देखि १५ लाखका दरले पैसा उठाएका छन्। चर्को व्याजमा र बैंकबाट ऋण लिएर पैसा दिएकाहरू अहिले उठिबास लाग्ने अवस्थामा छन्।