AnonymousUser

Logout

हावाहुरीले कागतीका ४ सय बोट नष्ट, क्षतिपूर्ति दिँदैन सरकार

पढ्दापढ्दै वैदेशिक रोजगारीमा दक्षिण कोरिया गएर घर आएका राजु स्वदेशमै रोजगारी सिर्जना गर्छु भनेर लागे। अहिले हावाहुरीले विनाश बनाएको कागतीको बगैँचा देखेर उनको मन बिथोलिएको छ।

'लोकप्रियतावादी आन्दोलनहरूले समस्याको समाधान गर्न सकेका छैनन्'

सामाजिक अपेक्षाहरू तीव्र रूपले बढेका छन्। त्यस्ता अपेक्षाको सम्बोधन गर्ने सवालमा लोकतान्त्रिक प्रतिष्ठानहरूको दायरा सीमित छ। त्यही दरारका बीच 'दुष्ट'हरू जन्मिरहेका छन्।

अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो अरबी महिला बनिन् रायना बर्नावी

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा १० दिन बताउँदा स्टेम सेल र स्तन क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने योजना बायोमेडिकल वैज्ञानिकसमेत रहेकी रायना बर्नावीको छ।

कोशी र मधेश प्रदेशका केही भूभागमा हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले कोशीका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

काठमाडौँ उपत्यकाका सम्पदा घुम्न बस सञ्चालन गर्दै पर्यटन बोर्ड

ललितपुर महानगरपालिकाबाट शुरू हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन गर्ने छ। 

आफ्नो भूमिमा घुसपैठ गरेको रुसको आरोप युक्रेनद्वारा अस्वीकार 

युक्रेनले यसअघि पनि रुसको भूभागमा भएको कैयौँ तोडफोड तथा आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीह‍रूले लिए शपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले सोमबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

फ्रेन्ड्स आर्मीसँग पराजित, चर्च ब्वाइज र हिमालयन शेर्पाले अंक बाँडे

‘ए’ डिभिजन लिगमा आर्मीले फ्रेन्ड्स क्लबलाई पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पासँग बराबरी खेलेको छ।

काभा भलिबल : नेपाल र भारतको विजयी शुरूआत

काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल र भारतले विजयी शुरूआत गरेका छन्।

सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : ओली

एमाले अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिमा विविधतायुक्त नेपालले सामाजिक सद्भावसहितको राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

नेप्से ८.१० अंकले बढ्यो, १ अर्ब २७ करोडको कारोबार

सोमबार कारोबारमा आएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ।

नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ सांसद नै छैनन् विश्वस्त

राष्ट्रियसभाको बैठकमा सत्तारुढ दलका सांसदहरूले नै सरकारले जारी गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकिने अभिव्यक्ति दिएका छन्।

क्यानले गर्‍यो आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

जिम्बाबेमा आगामी महिना हुने आईसीसी वर्ल्ड कप छनोट खेलका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।

सम्पत्ति शुद्धीकरण ऐनसम्बन्धी संशोधन विधेयक चालु अधिवेशनबाटै टुंग्याउन सांसदहरूको जोड

सांसदहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐनलाई संशोधन गर्ने बनेको विधेयकलाई संघीय संसद्को चालु अधिवेशनबाटै टुंग्याउन जोड दिएका छन्।

नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द उल्लेख भएकोप्रति योगेश भट्टराईको आपत्ति

सांसद भट्टराईले हालसम्म सरकारी दस्ताबेजमा उल्लेख नभएको ‘जनयुद्ध’ शब्द यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको भन्दै असन्तुष्टि जनाए।

नक्कली शरणार्थी प्रकरण : प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझायो अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।

काभा महिला भलिबल: श्रीलंकालाई पराजित गर्दै उज्वेकिस्तानको विजयी शुरूआत

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुरू प्रतियोगितामा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

हिरासतमा बसेको १३ दिनपछि बालकृष्ण खाँणलाई भेट्न पुगिन् मञ्जु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको १३ दिनपछि बालकृष्ण खाणलाई उनकी पत्नी मञ्जुले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा भेट गरेकी छन्।

एन्डी मुर्रेले फ्रेन्च ओपन नखेल्ने

हिपको शल्यक्रियापछि करिअर नै टुंगिने स्थितिमा पुगेका मुर्रे पुनरागमन गरे पनि ग्रास कोर्ट सिजनलाई प्राथमिकता दिन फ्रेन्च ओपन नखेल्ने भएका हुन्।

तामाकोशी पाँचौँ जलविद्युत आयोजनामा लगानी जुट्यो, सञ्चय कोषसँग १३ अर्ब ७४ करोड ऋण सम्झौता

दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँमध्ये सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ।