AnonymousUser

Logout

नर्सहरूको आन्दोलन

नर्स हुनु गर्व कि पश्चात्ताप?

चितवन क्यान्सर हस्पिटलमा भएको घटनाको विरुद्धमा विभिन्न अस्पतालका नर्सहरूले माइतीघरमा प्रदर्शन गरिरहेका छन्। वास्तविकता नबुझी सतही रूपमा प्रतिक्रिया व्यक्त गर्ने प्रवृत्तिले समाजमा नर्सिङ पेसाप्रति घृणा र द्वेष फैलाउने वातावरण सिर्जना भइरहेको भन्दै नर्सहरू आन्दोलनमा उत्रिएका हुन्।

आर्मीमाथि एनआरटीको जित

लिगमा एनआरटी र आर्मीले पहिलो खेल ३-३ गोलको बराबरी खेलेका थिए। दोस्रो खेलमा बाजी मार्दा एनआरटी २१ खेलमा २६ अंकसहित आठौँ स्थानमा उक्लिएको छ। आर्मी पाँचौँ स्थानमा यथावत् छ।

आईजीपी सचिवालयको विज्ञप्ति- नक्कली शरणार्थी प्रकरणमा कुँवरको संलग्नता छैन

सचिवालयका प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता कुवेर कडायतले विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा आईजीपीको नाम जोड्नु निन्दनीय भएको जनाएका छन्।

फाइनल प्रवेशका लागि नेपालले काजकस्तानसँग खेल्ने

नेपाल समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित भयो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर, करिब २९ करोड बिगो मागदाबी

सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणामा जोडिएका पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाँणसहित ३० जनाविरुद्ध चार वटा कसुरमा मुद्दा दर्ता गरेको छ।

रवि लामिछानेको सांसद पद खारेज गर्न दिएको रिट सर्वाेच्चमा दर्ता

सर्वाेच्चमा वैशाख २५ गते पेश भएको रिट दरपीठ भएको थियो। तर, न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले जेठ ८ गते दर्ताको आदेश दिएको थियो। रिटको पेसी जेठ १७ गते तोकिएको छ।

तीन महिनापछि संसद्‍मा भण्डारीको सम्बोधन- जलन उपचारका लागि सुविधासम्पन्न अस्पताल बनोस्

जलनको उपचार गरेर फर्केलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालमा पनि उपचारका लागि सुविधासम्पन्न अस्पताल आवश्यक भएको जानकारी गराएको भन्दै भण्डारीले सरकारको ध्यानाकर्षण गरे।

कार्वन उत्सर्जन घटाउन फ्रान्सले लगायो छोटो दूरीका उडानमा प्रतिबन्ध

फ्रान्सको संसद्‍ले साढे दुई घन्टाको रेलयात्रामा पुगिने ठाउँका आन्तरिक उडानमा प्रतिबन्ध लगाए पनि त्यहाँका कतिपय उपभोक्तावादी समूहले रेलबाट चार घन्टासम्मको दूरीमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन्।

सहकारीहरूलाई स्वरोजगार कोषको चेतावनी– ३५ दिनभित्र ऋण चुक्ता नगरे कालोसूचीमा राख्छौँ

तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्नेसमेत कोषले चेतावनी दिएको छ।

शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गरौँ, भ्रष्टाचार कम हुन्छ: गगन थापा

प्रतिनिधिसभा सदस्य थापाले सरकारको नीति तथा कार्यक्रमबारे संसद्‌मा हुने छलफलको औचित्यमाथि नै प्रश्न उठाएका छन्।

प्रकाश स्नेहीलाई प्रश्न– रुकुम हत्याकाण्डको आँखाबाट नेपाली समाज कस्तो देखिन्छ?

पहिला प्रहरीले मुचुल्का नै फरक लेख्यो। जसले शव निकालेका थिए, उनीहरूको कुरा नै राखेन। डाक्टरहरूले पोष्टमार्टम रिपोर्टमाथि नै चलखेल गरे। घटनामा प्रत्यक्ष रूपमा नेताहरूकै संलग्नता रह्यो।

शरणार्थी प्रकरण छानबिनका लागी संसदीय समिति बनाउन रास्वपाको माग

रास्वपा सभापति रवि लामिछानेले  शरणार्थी प्रकरणमा सबै दलका नेता र छानबिन गर्ने निकायका प्रमुख नै मुछिएकाले यथाशीघ्र संसदीय विशेष समिति गठन गर्न माग गरे। 

वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीले लिए शपथ

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका छन्।

सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ: प्रधानमन्त्री

अल्पसंख्यक र सीमान्तकृत समुदायको मूलप्रवाहीकरण, विकास र समृद्धिका मुद्दालाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री दाहालको भनाइ छ।

मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै

पटक–पटक सूचना जारी गर्दासमेत अटेर गरेकाले मनोहरी नदी किनार (भक्तपुर र काठमाडौँ दुवैतर्फ)का अतिक्रमित संरचना भत्काउन थालिएको आयाेजनाले जनाएकाे छ।  

नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

राप्ती नदीमा पौडी खेल्ने क्रममा कोहलपुर–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

दिउँसो काठमाडौँमा पनि वर्षाको सम्भावना छ। निम्नचापीय प्रणालीको असरका कारण देशका विभिन्न स्थानमा बिहीबारसम्म नै वर्षा हुने महाखाखाले जनाएको छ।

बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण, दर्जनभन्दा बढी आवासीय भवनमा क्षति

युक्रेनको खार्कोभ नजिकै रहेको बेल्गोरोड क्षेत्र पछिल्लो समय युद्धको केन्द्र बनेको छ।

चेन्नई १०औँ पटक आईपीएलको फाइनलमा

साविक विजेता गुजरातलाई १५ रनले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको छ। अब चेन्नईले उपाधिका लागि  दोस्रो क्वालिफायरको विजेतासँग खेल्ने छ।