AnonymousUser

Logout

थाइल्यान्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ घाइते

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओचाले घाइतेको उपचार प्रभावकारी बनाउन, क्षतिको विवरण संकलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। 

हिरण्य भोजपुरेको ‘मुसुक्क म’ बजारमा

पब्लिकेशन नेपालयबाट प्रकाशित पुस्तकमा ११८ वटा लघुकथा समेटिएका छन्। १५० पृष्ठको पुस्तकको मूल्य ३५५ रुपैयाँ छ।

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले जापानले मानव संसाधन विकास छात्रवृत्तिका प्रदान गर्ने ४१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्नेसमेत निर्णय गरेको छ।

सगरमाथा आरोहण

सगरमाथाको शिखरमा पुगेर काठमाडौँ फर्किए हरि बुढामगर

दुवै खुट्टा गुमाएका हरि बुढामगर सफलतापूर्वक सगरमाथाको आरोहण गरेर काठमाडौँ फर्किएका छन्। उनलाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री सुदन किराती लगायतले फूलमाला, खादा लगाइदिएर स्वागत गरेका थिए। अफगानिस्तानमा युद्धका क्रममा दुवै खुट्टा गुमाएका ४३ वर्षीय बुढामगरले शनिबार बिहान ३:१० मा सगरमाथा आरोहण गरेका थिए। गत वर्ष पनि सगरमाथा आधारशिविर पुगेका उनलाई शारीरिक अवस्थाका कारण आरोहण गर्न नदिइएपछि त्यसविरुद्ध अदालत गएका थिए। उक्त मुद्दा जितेपछि आरोहण अनुमति पाएका थिए। उनले दुवै खुट्टा नभएका पर्वतारोहीका रूपमा सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन्।

पुछारको खुमलटारले ३ अंक जोड्दा रेलिगेसन ‘ब्याटल’ रोमाञ्चक 

लिगमा ६ खेल बाँकी रहँदा पुछारका २ टोली र माथिल्ला ३ टोलीबीच‍ २ अंकको मात्रै अन्तर भएपछि रेलिगेशन जोन रोमाञ्चक बनेको छ।

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

काभा भलिबल: बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार सम्पन्न आफ्नो दोस्रो खेलमा बंगलादेशलाई ३–० को सोझो सेट पराजित गर्दै नेपाल सेमिफाइनमा पुग्न सफल भएको छ।

नेप्से परिसूचकमा उच्च अंकले वृद्धि, १ हजार ९४२.६३ पुग्यो

कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले मंगलबार शेयर बजारमा हरियाली छाएको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ।

प्रधानमन्त्रीले भने– बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन

भूगोल, अर्थतन्त्र, खुला सिमाना र जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता बढी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। 

जसपाका वीरेन्द्र महतो वनमन्त्री नियुक्त, बुधबार शपथ

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका वीरेन्द्रकुमार महतोलाई वनमन्त्री र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्री नियुक्त गरेका छन्। 

एक दिवसीय विश्वकप छनोट: नेपाल टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बावेको समूहमा

नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्ने छ। 

सुदूरपश्चिम सरकारको टोली बजेट माग्दै सिंहदरबारमा

अथाह सम्भावना भएर पनि पछाडि परेको सुदूरपश्चिम प्रदेशलाई आगामी बजेटमा विशेष प्राथमिकता दिन मुख्यमन्त्री शाह नेतृत्वको टोलीले अनुरोध गरेको छ।

बजेटपूर्वको छलफल कर्मकाण्डी भयोः अध्यक्ष तिमिल्सिना

बजेटपूर्व हुने छलफलको कुनै औचित्य नरहेको र त्यसले मुलुकको समस्या समाधान गर्न नसक्ने अध्यक्ष तिनिल्सिनाको दाबी छ।

रातो मच्छिन्द्रनाथ

जावलाखेल पुर्‍याइयो रातो मत्स्येन्द्रनाथको रथ

रातो मत्स्येन्द्रनाथ मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेलसम्म तानिएको छ। लगनखेलबाट सोमबार दिउँसो ३ बजेर ४९ मिनेटमा रथ जावलाखेलसम्म तानिएको हो। वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ। विद्या, धनसम्पत्ति, शान्ति समृद्धि लगायत सबै कुरा मागे पनि मेरो रूप रङ राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरू बताउँछन्। रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदाबाट शुरू भएर असार शुक्ल चतुर्थी दुई महिनासम्म चल्छ। मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। पुल्चोकमा रथारोहण गरी शुरू भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ। यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरूआत गराएका थिए। तस्वीरहरू : क्रिष्पा श्रेष्ठ

नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज: स्वर्णिम वाग्ले

रास्वपा सांसद स्वर्णिम वाग्लेले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएकाले यसपालि यथार्थपरक बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयमा सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सात कम्पनीले पाए ब्रोकर लाइसेन्स

धितोपत्र बोर्ड सञ्चालन समितिको बैठकले आशयपत्र पाएका ४३ मध्ये सात कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ।

प्रधानमन्त्रीले राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्।

कामीरिता शेर्पा २८औँ पटक सगरमाथा शिखरमा

कामीरिताले यो सिजनमा ६ दिनको अन्तरालमा दुई पटक सगरमाथा आरोहण गरेका छन्। अर्का आरोही पासाङ दावाले २७औँ पटक नै सगरमाथा आरोहण गरेर कीर्तिमान बारबार गरेपछि कामीरिता २८औँ पटक शिखरमा पुगेका हुन्।

ह्वाट्सएपमा पठाइएको मेसेज सम्पादन गर्न सकिने

ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई मेसेज सम्पादन गर्न अनुमति दिने भएको छ। मेसेज पठाएको १५ मिनेटसम्ममा सम्पादन गर्न सकिने कम्पनीले जनाएको छ।