AnonymousUser

Logout

लेबनानको संसद् राष्ट्रपति चुन्न १२औँ पटकसम्म असफल

लेबनानमा भएको शक्ति बाँडफाँटअनुसार त्यहाँ राष्ट्रपति क्रिश्चियन समुदायको हुनुपर्छ। तर, संसद्‍मा अनेक समूह हुँदा राष्ट्रपति निर्वाचन जटिल बन्दै गएको छ।

लंका प्रिमियर लिगमा बिकेनन् सन्दीप

एलपीएल इतिहासमा पहिलोपटक भइरहेको अक्सनमा सन्दीपले स्थान बनाए पनि उनलाई कुनै पनि टोलीले अनुबन्ध गरेनन्। उनी अघिल्लो संस्करणको एलपीएलमा डम्बुला जायन्ट्ससँग अनुबन्ध भएका थिए।

रियल पुगे बेलिङघम

बेलिङघम सन् २०२० मा बर्मिङ्घम सिटीबाट डर्टमन्ड पुगेका थिए। १७ वर्षको उमेरमै देखाएको परिपक्कताबाट प्रभावित भएर डर्टमन्डले उनलाई अनुबन्ध गरेको थियो।

६३ वटा बैंक खाता खोलेर करोडौँ सट्टेबाजी गरेको आरोपमा पाँच जना पक्राउ

प्रहरीका अनुसार पाँच जनाले कुल ७४ करोड १३ लाखको कारोबार गर्दा मुख्य एजेन्ट दिनेश खड्काले मात्र ६४ करोड रुपैयाँको कारोबार गरेको पाइएको छ।

अस्पतालबाट मृत घोषित महिला पाँच घण्टापछि बौरिइन्

इक्वेडरमा चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि अन्त्येष्टिको ठीकअघि ७६ वर्षीया सेवानिवृत्त नर्स बेला मोन्टोयाले बायाँ हात हल्लाएर आफू जीवित भएको जनाउ दिएकी थिइन्।

नेपाल भित्रियाे मनसुन

बुधबार पूर्वी नेपालबाट भित्रिएको मनसुन कोशी, पूर्वी मधेश, बागमती र गण्डकी प्रदेशसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाँणतर्फको बहस जारी

खाँणका तर्फबाट बुधबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दैछन्। 

सरकार निर्वाचन कार्यालय हटाउने पक्षमा छैन: गृहमन्त्री

राजश्व संकलन अपेक्षाभन्दा कम भएको, ऋण भुक्तानीको मात्रा र साधारण खर्च पनि बढ्दै गएकाले मितव्ययिताको नीति लिनुपरेको मन्त्री श्रेष्ठको भनाइ छ।

प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

भ्रष्टाचारीसँग कुनै पनि प्रकारको सम्झौता गर्दैनौँ: प्रधानमन्त्री 

भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढेको प्रधानमन्त्री दाहालको दाबी छ।  

गैरकानूनी रूपमा सञ्चालित २ वटा स्वास्थ्य संस्थामा काठमाडौँ महानगरको ताला

सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित हुने गरी सुधार नगरे संघ र प्रदेश मातहतका अस्पतालमासमेत हस्तक्षेपकारी कानूनी कारबाही गर्ने मेयर शाहले चेतावनी दिएका छन्।

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज 

छाती दुख्ने समस्या भएपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल बुधबार बिहान डिस्चार्ज भएका छन्।

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमण, ११ जना मारिए

राजधानी किएभ र उत्तरपूर्वी शहर खार्किभ पनि मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेपछि युक्रेनको वायुसेनाले प्रतिरक्षात्मक कारबाही गरेको थियो।

आज विश्व रक्तदाता दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

‘नियमित रूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ। 

दण्डहीनताले भयको छायामा पर्दैछन् विश्वविद्यालयहरू

राजनीतिक संगठनको नाममा सक्रिय आपराधिक समूहको उद्दण्डताले संरक्षण पाउँदा विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमै प्राध्यापक र कर्मचारीमाथि आक्रमणका घटना रोकिएका छैनन्।

नागरिकताको माग गर्दै माइतीघरमा युवकले गरे आफैँलाई जलाउने प्रयास

नागरिकताको माग गर्दै काठमाडौँको माइतीघरमा एक युवकले शरीरमा पेट्रोल खन्याएर आफैँलाई जलाउने प्रयास गरेका छन्। उनलाई प्रहरीले उद्धार गरेर ट्रमा सेन्टरमा लगेको छ।

साउन २० गतेबाट अवकाशमा जान लागेका कार्कीलाई‍ प्रधानन्यायाधीश अनुमोदन गर्ने तयारी

साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ गरेर प्रधानन्यायाधीशमा अनुमोदन गर्ने तयारी गरिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारबाट नेपाल एयरलाइन्सको नियमित उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री दाहाल र बाबुराम भट्टराईविरुद्ध कारण देखाऊ आदेश, रिटलाई अग्राधिकार

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टसहित नौ जनाले युद्ध अपराधमा कारबाहीको माग गर्दै प्रधानमन्त्री दाहाल र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता गरेका थिए।

संघीय मामिला मन्त्रालयले भन्यो : स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउनू

संघीय मामिला मन्त्रालयले सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई  १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन  पत्राचार गरेको छ।