AnonymousUser

Logout

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्‌मा २ सदस्य नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शिक्षित पराजुली र हरिनाथ ढकाललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्‌ सदस्यमा नियुक्त गरेका हुन्।

प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधिसभा सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।

उपप्राध्यापक चलाउनेलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन

चलाउनेमाथि २०७७ असोज २० मा नेविसंघ, त्रिवि इकाई समितिका तत्कालीन अध्यक्ष हरि आचार्यसहित सात जनाको समूहले आक्रमण गरेको थियो।

रथयात्रा

काठमाडौँमा जगन्नाथ रथयात्रा

अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोन को आयोजनामा काठमाडौँको कमलादी, जमल, भद्रकाली, न्यूरोड हुँदै वसन्तपुरसम्म रथयात्रा निकालिएको छ। हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारतलगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ।  यस वर्ष आयोजित रथयात्रा नेपालको २७औँ हो। भारतको जगन्नाथ पुरीमा आज विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ। चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, दक्षिणमा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरी पर्छन्। यी चार धामलाई सत्य, द्वापर, त्रेता र कलियुगका रूपमा समेत हिन्दु धर्मावलम्बीहरूले मान्ने गरेका छन्।

गौतम बुद्ध विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक: राजदूत श्रीवास्तव

दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको राजदूत श्रीवास्तवको भनाइ छ। 

नागरिकता

नागरिकता माग्दै गरिएको प्रदर्शनमा झडप

नागरिकताविहीन संघीय समिति र प्रहरीबीच झडप भएको छ। काठमाडौँको माइतीघरमा नागरिकताविहीन संघीय समितिका सदस्यहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो। नागरिकता विधेयक पारित भएलगत्तै सर्वोच्च अदालतमा परेको रिटमार्फत नागरिकता वितरण रोकिएपछि नागरिकताविहीन संघीय समितिले माइतीघरमा धर्ना दिँदै आएको छ। उनीहरूले आफूहरूले नागरिकता पाउनुपर्ने माग गरेका छन्।

दार्चुलाको खाणेश्वरी केन्द्रबिन्दु भएर भूकम्प

यसअघि जेठ २९ गते बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

११ महिनामा काठमाडौँ महानगरको राजश्व ८ अर्ब 

महानगरले चालु आवमा राजस्व संकलन लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति आन्तरिक आयतर्फ गरेको छ।

सिरियाको सडक किनारमा बम विस्फोट, ५ सैनिकको मृत्यु

सिरियाका सडकमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा बम विस्फोट भइरहेको छ। बम इस्लामिक स्टेट (आईएस) लडाकुले राखेको आशंका गरिए पनि पुष्टि भइसकेको छैन। 

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

‘समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा नबनोस्’

प्रधानमन्त्री दाहालसहितका शीर्ष नेताहरूले समाजवादी मोर्चाको औचित्य प्रस्ट्याइरहँदा झलनाथ खनालले भने मोर्चालाई सत्ता टिकाउने कदमका रूपमा प्रयोग नगर्न सचेत गराएका थिए।

यूएईमाथि श्रीलंकाको सहज जित, हसरंगाले लिए ६ विकेट

श्रीलंकाले दिएको ३५६ रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमै समेटियो।

ओलीप्रति संकेत गर्दै उपेन्द्रले भने– समाजवादी मोर्चा कसैका विरुद्ध होइन, तर्सिनु पर्दैन

जसपाका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैका विरुद्धमा नभएको दाबी गर्दै यसबाट कोही पनि डराउन नपर्ने बताएका छन्।

चार दलले गरे समाजवादी मोर्चाको घोषणा, शीर्ष नेताले आलोपालो नेतृत्व गर्ने

मोर्चाको समझदारीपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरे।

रिहा भए उपप्राध्यापक प्रेम चलाउने

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन काठमाडौँ जिल्ला अदालत पुगेपछि उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नेप्से सामान्य अंकले घट्यो , ४ अर्ब ७४ करोडको कारोबार

सोमबार विकास बैंक, वित्त, लगानी, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

घोराही सिमेन्टको आईपीओ: बढी कित्ता माग गरेर ‘फर्जी आवेदन’

घोराही सिमेन्टको आईपीओ खरिदका लागि रकम नै नभएका खाताबाट अस्वाभाविक रूपमा आवेदन परेपछि सीडीएस एन्ड क्लियरिङले सूचना जारी गरेर खाताको रकमभन्दा बढीको शेयर आवेदन दिइए कानूनी कारबाही हुने जनाएको छ।

सत्तापक्षबाटै नागरिकताको विषयमा राजनीतिकरण भइरहेको राजेन्द्र लिङ्देनको आरोप

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरूबाट भएझैँ गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्‍यो: उपप्राध्यापक चलाउने

‘जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ, तर सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ’ उपप्राध्यापक प्रेम चलाउनेले भने।

काठमाडौँ–तराई द्रुतमार्ग तीन वर्षभित्रै सम्पन्न हुने भौतिक पूर्वाधारमन्त्रीको दाबी 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले फास्ट ट्र्याक निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताएका छन्।