AnonymousUser

Logout

सन् २०२३ मा भित्रिए ४ लाख ७६ हजार पर्यटक

सन् २०१९ जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। 

ड्रिल

खुलामञ्चमा ‘सेफ्टी ड्रिल’

काठमाडौँ महानगरपालिका विपद् व्यवस्था विभागले आइतबार ‘अग्नि निवारण तथा सडक दुर्घटना उद्धार’अन्तर्गत प्रतिकार्य अभ्यास गरेको छ। काठमाडौँको खुल्ला मञ्चमा विभागले ग्यास चुहावट भएर भान्सामा हुने आगलागी, प्रज्वलनशील पदार्थ राखिएको भण्डारणमा हुने आगलागी, आवासीय र व्यापारिक भवनमा हुने आगलागीका साथै सडक दुर्घटनामा हुने उद्धार र प्राथमिक उपचारको तरिकाबारे प्रदर्शन गरेको हो।

जनताको जीवनमा आमूल परिवर्तन आवश्यक: माधव नेपाल

सबैले इमानदारितासाथ गरेको खण्डमा अग्रज योद्धाले परिकल्पना गरेको सपना साकार पार्न सकिने उनको भनाइ छ। 

माधवजी र मैले फेरि नेकपातिरै फर्किनुपर्छ भनेका छौँ: प्रधानमन्त्री

कम्युनिस्ट एकता के कारणले टिक्न सकेन भनेर गम्भीर समीक्षा गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ। 

बाराको निजगढ र आसपासका क्षेत्रमा भारी वर्षा, लालबकैया नदीमा बाढीको चेतावनी

लालबकैया नदी र त्यस क्षेत्र भई बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय तथा होचा क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ।

श्री एयरलाइन्सका सबै उडान आइतबार स्थगित

शनिबार काठमाडौँबाट धनगढीका लागि उडेको जहाज प्राविधिक समस्याका कारण फर्किएपछि श्री एयरलाइन्सलाई प्राधिकरणले सबै जहाजको चेकजाँच गर्न निर्देशन दिएको थियो। 

देशमा प्रदर्शन चर्किँदै गएपछि फ्रान्सका राष्ट्रपतिले स्थगित गरे जर्मनी भ्रमण 

राष्ट्रपति म्याक्रोँ आइतबार जर्मनी पुग्ने र सोमबार लुडविग्सबर्ग, बर्लिन तथा ड्रेसडेन शहरको भ्रमण गर्ने कार्यक्रम थियो।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

पहिरो खस्ने क्रम नरोकिएपछि गत बिहीबारदेखि पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक १० हजार सवारीसाधन आउजाउ गर्छन्।

भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग खेल्ने 

भारत लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। अब उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ।

नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाभर पहिराको जोखिम

विगत तीन वर्षयता वर्षाको समयमा मौरी खोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ। 

दाङमा दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ।

दलहरूले संसद्लाई प्रभावकारी बनाउन भूमिका खेल्नुपर्छ : सभामुख घिमिरे

सभामुख घिमिरेले ऐन, कानूनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अंगहरूलाई क्रियाशील बनाउन पनि पूर्वसांसद क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।

दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा पार्टीको कार्यकर्ता हुँदा मज्जा आउँछ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने विधिले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरू एकसाथ संकटमा पर्न थालेको बताएका छन्।

माधव नेपालको असन्तुष्टि– सरकारले जनताको अपेक्षाअनुसार काम गरेन 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने सांसदलाई आग्रह गरे।

माधव नेपालको असन्तुष्टि– सरकारले जनताको अपेक्षाअनुसार काम गरेन 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने सांसदलाई आग्रह गरे।

भ्रष्टाचारविरुद्ध अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ: प्रधानमन्त्री

भ्रष्टाचार देशको विकराल समस्या भएकाले यसविरुद्धको अनुसन्धान थप तीव्र पार्ने प्रधानमन्त्री दाहालको दाबी छ।  

बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ: अर्थमन्त्री

आर्थिक वृद्धिसँगै शिक्षा, स्वास्थ्य पूर्वाधार विकासमा पछि परेको समूहमा लगानी गर्ने नीतिअनुरूप नै बजेट ल्याएको मन्त्री महतको भनाइ छ।

राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा, ३ तहका सरकारबीच सहकार्यबारे छलफल हुने 

२०७७ साउन १३ गते संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन जारी भएसँगै परिषद् कार्यान्वयनमा आए पनि यसको बैठक  बस्न सकेको थिएन।

भारतको महाराष्ट्रमा गुडिरहेका बसमा आगलागी, २५ यात्रुको मृत्यु

बस दुर्घटनामा बाँचेका आठ जनालाई नजिकैको अस्पतालमा लगिएको र उनीहरू सकुशल रहेको प्रहरीले जनाएको छ।

तिनाउ नदीमा बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

पछिल्लो तीन घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बाढी मापन केन्द्र बुटवलले जनाएको छ।