बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ कार्यक्रमका लागि वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ।
सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजालाई पक्राउ गरेको छ।
सातै प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ।
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा थुनामा रहेका मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। सर्वोच्चले यही प्रकरणमा जोडिएका १७ जनाको ‘स्टे अडर’ पनि खारेज गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।
कार्गो विल्डिङमा भन्सार जाँचपासका क्रममा एक्सरे मेसिन चलाएका सरोज श्रेष्ठलाई निलम्बन गरिएको विभागले जनाएको छ।
नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर सञ्चालन अनुमति दिएको छ।
भारतीय कांग्रेसका नेता राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ दिन सूचना जारी गरेको छ।
संसदीय समितिको बैठकमा कानूनमन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणका सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने कुरा गलत भएको बताए।
समितिका ज्येष्ठ सदस्य सभापति मंगलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ दिन थप गरेको बताए।
संसदीय समितिको बैठकमा कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले तत्काल राजीनामा दिई सुन तस्करी प्रकरणसम्बन्धी अनुसन्धानलाई सहज बनाउनुपर्ने बताएका छन्।
नाटकलाई प्रसिद्ध रंगकर्मी घिमिरे युवराजले निर्देशन गरेका छन्। उनको अभिनय पनि देख्न पाइन्छ। नाटक साउन ५ गतेदेखि भदौ २ गतेसम्म मञ्चन हुनेछ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन्।
शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन्।
विमानस्थल भन्सार कार्यालयबाट बुधबार १०० किलो सुन भित्रिएको थियो। भन्सार जाँचपास भइसकेपछि उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका ७६ वर्षीय नवराज अधिकारीको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
अहिले श्रीलंका नै रहेको नेपाली टिम उक्त क्याम्प सकिएपछि मात्र नेपाल फर्कनेछ। एशिया कप क्रिकेट आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ।
'युवाको मानसिकता किन आपराधिक बन्दैछ' भन्नेबारे अनुसन्धान आवश्यक भएको धनुषाका एसपी विश्वराज खड्काको भनाइ छ।