विरोध
लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखी विरोध जुलुससहित सिंहदरबार घेराउ कार्यक्रम गरेको छ। प्रदर्शनकारीले माइतीघर मण्डलबाट जुलुससहित थापाथली, त्रिपुरेश्वर, सुनधारा, जमल, घण्टाघर हुँदै भन्द्रकाली पुगी कोणसभा गरेका थिए। प्रदर्शनकारीले ‘राष्ट्र बैंकका गभर्नर राजीना दे’, ‘लघुवित्त वित्तीय संस्था खारेज गर्’, ‘बैंकको बाउन्स चेक रद्ध गर्’, ‘वित्तीय दलालहरूलाई कारबाही गर्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
रुस र साउदी अरबजस्ता ऊर्जा उत्पादन गर्ने केही ठूला अर्थतन्त्रले पनि जीवाश्म इन्धनबाट छिटो बाहिरिने कुरामा निर्णय दिन सकेका छैनन्।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले वर्षा कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारत कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए।
यू–१६ युथ लिग शुरू भएको एक हप्ता पनि बित्न नपाउँदै मनाङ, संकटा, फ्रेन्ड्स र एनआरटी गरी चार क्लबले लिग नखेल्ने घोषणा गरेका छन्। जसको कारण शनिबार तय भएका खेल हुन सकेनन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउन पार्टीभित्र देखिएका मतभेद तत्काल अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
साउन ८ देखि १० गतेसम्म इटलीको रोममा आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ इटली प्रस्थान गरेका छन्।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बीपी कोइरालाको सिद्धान्तअनुरूप नै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको दाबी गरे।
विगतमा निर्दयी बनेका पशु बजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका पशु अधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेसनलले जारी गरेको वक्तव्यमा जनाइएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेस शत्रु हो भन्ने देखाएर सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।
लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवर्द्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन्।
मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन ढिला शुरू भएका कारण धान रोपाइँ कम भएको छ। हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गुठीचौरमा दिनहुँ आपराधिक घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए।
चलचित्र लिम्बू समुदायमा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको 'जारी' प्रथासँग सम्बन्धित छ।
कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन्। भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुनेछ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा इटहरी–१६ का करण चौधरी, शम्भु चौधरी र अनिमेश चौधरीको मृत्यु भएको छ।
विरोध
लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखी शनिबार राष्ट्र बैंक घेराउ कार्यक्रम गरेको छ। माइतीघरमा भेला भई करिब आठ/नौ सय जना पीडितहरू बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरूले केही समय भाटभटेनी चोकअगाडि बाटोमा बसेर विरोध प्रदर्शन गरेका थिए।
राँगाभैँसीभन्दा गाईगोरुमा लम्पी स्किनको समस्या बढी छ। मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन्। पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट बिरामी परेका छन्।
साउदीमा सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको ईएसओएचआर र बेलायतस्थित अधिकारवादी समूह रिप्रिभद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।