AnonymousUser

Logout

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन पुसभित्र बनाइसक्नुपर्ने

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना निर्माणाधीन छ। 

राष्ट्र बैंकले १० ग्राम र २५ ग्रामको चाँदीको सिक्का बिक्री शुरू गर्‍याे

गाईकाे चित्र अंकित १० ग्राम सिक्काको एक हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण गरिएको छ।

अख्तियारसम्बन्धी विधेयकका केही प्रावधानप्रति मन्त्री गुरुङको असन्तुष्टि

पाँच वर्षभित्र कारबाही नचलाएको मुद्दा अघि नबढाउने भनि उल्लेख गरिएको सो विधेयकको प्रावधानप्रति मन्त्री गुरुङले असहमति व्यक्त गरेका छन्।

प्रधानसेनापति शर्मा भारत प्रस्थान

१३औँ इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी भारततर्फ प्रस्थान गरेका हुन्। 

गाँजाको वैधता माग गर्दै व्यवसायी आन्दोलित

गाँजालाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दाको  सुनुवाइ बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको उनीहरूकाे भनाइ छ।

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापत उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।

एशियाली खेलकुद: डुंगा दौडमा चीनलाई स्वर्ण

जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६.७८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन्। उनीहरूले उज्बेकिस्तानका खेलाडीलाई १० सेकेन्डले पछि पारे।

एशियाडमा मेडल जित्ने लक्ष्य छः रोहित पौडेल

नेपालले समूह चरणअन्तर्गत सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा मालदिभ्ससँग खेल्नेछ। समूह चरण पार गरे भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। 

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ फेरि स्थगित

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश अभाव भएपछि सन्दीप विरुद्धको मुद्दा स्थगित भएको हो। यसअघि गत सोमबार पनि उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो।

प्रधानमन्त्री दाहाल बेइजिङ जाँदै, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

गल्फ क्रिकेटको उपाधि ओमानलाई, यूएई ५ विकेटले पराजित

ओमानका कप्तान अकिब इलियासले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ३३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

सोमालियामा आत्मघाती आक्रमण: २० जनाको मृत्यु, ४० घाइते

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

कस्तो रहनेछ आइतबारको मौसम?

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

दाहाल–सीबीच द्विपक्षीय हितका विषयमा खुला र स्पष्ट छलफल भयो : प्रधानमन्त्रीको सचिवालय

दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने अमेरिकी सांसद भोजनीको प्रतिबद्धता

अमेरिकी सांसद भोजनीले टेक्सासमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने र विश्वस्तरमा रहेका नेपालीको स्तर र जीवनशैली उकास्न समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

१९औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन, ४५ देशका १२ हजार खेलाडी सहभागी

शनिबार औपचारिक रूपमा शुरू भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ। प्रतियोगितामा ४५ एशियाली राष्ट्रका १२ हजार खेलाडी सहभागी छन्।

घरेलु क्रिकेटका संरचना विकास गर्नु पहिलो प्राथमिकता: पारस खड्का

क्यानका नवनिर्वाचित केन्द्रीय सचिव पारस खड्काले क्रिकेटसँग जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जगदीशपुर ताल

चराहरूको राजधानी जगदीशपुर ताल

जगदीशपुर ताल कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, कपिलवस्तु नगरपालिका– ९ र १० मा अवस्थित छ। करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको १५७ हेक्टर भाग पानीले ढाकेको छ। सन् २००३ सालमा रामसार सूचीमा सूचीकृत भएको यो ताल कपिलवस्तुको महत्त्वपूर्ण धरोहर हो। तालमा ४६ प्रजातिका माछा, घस्रने प्रजातिका ४२, उभयचर प्रजातिका १० तथा स्तनधारी समूहका समेत प्राणी रहेका छन्। विभिन्न मौसमअनुसार यस तालमा विदेशी साइबेरियन चरा प्रशस्त मात्रामा आउने गर्छन्। यस्ता आगन्तुक चराहरू जाडो तथा गर्मी मौसम छल्न आई पुनः आफ्नै मुलुक फर्किने गर्छन्। यहाँ ११८ बढी प्रजातिको चराचुरुङ्‌गी पाइने पंक्षी संरक्षण संघले जनाएको छ।

चतुरबहादुर चन्दको नेतृत्वमा क्रिकेट संघमा नयाँ कार्यसमिति चयन

चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघमा नयाँ कार्यसमिति चयन भएको छ।

साफ यू–१९ : पाकिस्तान सेमिफाइनलमा प्रवेश

माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।