AnonymousUser

Logout

राज्यले धार्मिक आस्थाअनुसार शिक्षा पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छ: राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

 राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सबै समुदायले धार्मिक आस्थाका आधारमा शिक्षा लिन पाउने गरी आवश्यक व्यवस्था गरिनुपर्ने धारणा राखेका छन्।

पशुपतीमा तीजकाे राैनक

पशुपतिमा तीजकाे राैनक

हरितालिका तीजका अवसरमा पशुपतिनाथमा दर्शन गर्न आउने भक्तज विशेषगरी व्रतालु महिलाहरूको भिड लागेको छ। दर्शनार्थीहरुको सुविधाका लागि चार स्थानबाट दर्शनमार्गको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ। दर्शननार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ः०० देखि नै पशुपतिनाथ मन्दिरका चारैढोका खुलाइएका छन्।

माधव नेपाल भन्छन्– एकीकृत समाजवादीलाई सत्तागठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भइरहेको बताएका छन्।

म्याद गुज्रिएका मिठाइ बेच्ने पसललाई २ लाख जरिबाना

खान नमिल्ने गरी बिग्रिएको दूधबरी बेचेको गुनासोपछि काठमाडौँ महानगरले अनुगमन गरी टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ।

१० प्रतिशत जापानी नागरिक ८० वर्षमाथिका वृद्ध

जापानको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्याको हिस्सा अघिल्लो वर्षको २९.० प्रतिशतबाट बढेर २९.१ प्रतिशत पुगेको छ।

मुस्ताङमा स्याउ टिप्न शुरू, बगैँचामै पुग्छन् व्यापारी

मुस्ताङका किसानले फलाएका स्याउ खरिद गर्न व्यापारीले स्याउको बगैँचा नै ठेक्कामा लिन्छन्। धादिङ, काठमाण्डौँ लगायतका ठाउँबाट व्यापारी स्याउ खरिद गर्न मुस्ताङ पुगेका हुन्।

राष्ट्रिय चलचित्र दिवस : यस्ता छन् ऐतिहासिक नेपाली चलचित्र

आमा, कुमारी, युगदेखि युगसम्म आदि चलचित्रलाई नेपालमा ऐतिहासिक चलचित्रका रूपमा लिइन्छ।

सन्दीप लामिछानेविरुद्धकाे मुद्दा स्थगितकाे सूचीमा

तीज पर्वका कारण पर्याप्त मात्रामा न्यायाधीश नहुँदा उनीविरुद्धकाे मुद्दा स्थगित भएकाे हाे।

‘बुद्धका उपदेश ५०० वर्षसम्म मौखिक थिए, यहीबीचमा महिलाद्वेषी कुरा थपिए’

‘बुद्ध महिलाद्वेषी होइनन्। उनीपछिका भिक्षुहरूले महिलालाई अलिकति तल्लो श्रेणीमा राखेका हुनसक्छन्। यसलाई सामाजिक कसीमा राखेर त्योबेलाको समाजको मानसिकताको आधारमा हेर्नुपर्छ।’

राजनीतिक आवरणमा हुने आपराधिक गतिविधिमा ध्यान दिन सुरक्षा निकायलाई रक्षा र गृहमन्त्रीकाे निर्देशन

नेपालीहरूको महान चाड दशैँतिहार नजिकिरहेका बेला आपराधिक गतिविधि बढ्न सक्ने भन्दै दुवै मन्त्रीले सुरक्षा निकायलाई सतर्क रहन पनि निर्देशन दिएका छन्।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने छ :  प्रधानमन्त्री दाहाल 

विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानकाे अधिकारबाट वञ्चित हनु नपर्ने बताए।

विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

प्रत्येक वर्ष आश्विन सङ्क्रान्ति अर्थात् असाेज १ गतेका दिन कालिगडहरूले विश्वकर्माको पूजा-आराधना गरी वास्तु दिवस मनाउने चलन रही आएको छ।

नारी प्रकृति र सृष्टिको उच्च स्थानमा रहेका छन्: राष्ट्रपति पौडेल

तीजकाे शुभकामना दिँदै राष्ट्रपति पाैडेलले यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउन पनि आवश्यक रहेको बताए। 

११औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै

‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने नाराका साथ देशभर ११औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ।

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ।

तीजको लहर कि कहर? 

९१ वर्षसम्म हिन्दू उच्च जात कहलिएका भारतीय महिलाले आत्मदाह नगर्दा पनि धर्म उल्लंघन गरेको ठहरिएन, तर सोही धर्म र जातका नेपाली महिलाहरूलाई भने भटाभट डढाएर मारियो।

हरितालिका तीज पर्व मनाइँदै, शिव मन्दिरमा भक्तजनकाे घुइँचाे

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व साेमबार भगवान महादेवको पूजा आराधना गरी मनाइँदैछ।

रियल मड्रिडको शीर्ष स्थानको यात्रा कायमै, सोसिडाड २–१ ले पराजित

यो जितपछि लिग तालिकाको शीर्ष स्थानकाे यात्रा कायम गर्दै रियलले १५ अंक बनाएकाे छ भने सोसिडाड ६ अंकसहित ११औँ स्थानमा छ।

पाँच प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

सरकारले सुन तस्करीलाई जोगाएको एमाले अध्यक्ष ओलीको आरोप 

एमाले अध्यक्ष ओलीले सरकारले सुन तस्करलाई भगाउन सबै व्यवस्था मिलाएपछि अनुसन्धान गरेजस्तो गरेको टिप्पणी गरे।