AnonymousUser

Logout

मंगोलियाविरुद्ध कुशल मल्लको किर्तिमानी शतक

चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा कुशलले ३४ बलमा शतक प्रहार गरेका हुन्। यससँगै कुशलले टी–२० आईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्।

विश्व पर्यटन दिवस मनाइँदै: नेपालमा ८ महिनामा ६ लाख पर्यटक भित्रिए

विश्व पर्यटन संगठनले सन् २०२३ मा नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ। सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए। 

'देशमा निराशा बढ्दैमा मास हिस्टेरिया भयो भन्न मिल्दैन'

मलाई आएर कसैले भकाभक कुटेको फोटो-भिडियो खिचियो र भाइरल पनि भयो भन्दैमा त्यही पूरा सत्य नहुन सक्छ। यसअघि मैले नै त्यस व्यक्तिलाई कुटेर आएको हुन सक्छु।

एशियाली खेलकुद: मंगोलियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

समूह ‘ए’मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ।

देशभर चट्याङसहित हल्का वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकीका पहाडी भूभागका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

महिला खेलाडीको ‘पोसाक’ नतोक्न फ्रान्सलाई राष्ट्रसंघको आग्रह

गत जुनमा फ्रान्सको राज्य परिषद्ले आगामी पेरिस ओलम्पिकमा आफ्ना खेलाडीलाई मुस्लिम पाेसाक 'हिजाब' लगाउन नदिने निर्णय गरेकाे थियाे।

आयाेगद्वारा बालसुधार गृहको अनुगमन शुरू

भक्तपुर, बाँके, पर्सालगायतका जिल्लास्थित बालसुधार गृहमा विभिन्न विषयलाई लिएर तोडफोड तथा झडप भएपछि त्यहाँकाे अवस्था बुझ्न आयाेगले अनुगमन थालेकाे हाे।

शहरी विकासको सहमतिविना सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारी सरुवा

जानकारी नै नदिएर कर्मचारीको सरुवा गर्दा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएको शहरी विकास मन्त्रालयले जनाएकाे छ।

लाजिम्पाटको अरुण–शिला चौधरी अपार्टमेन्ट निर्माणस्थलमा डोजर नचलाउन भएको अन्तरिम आदेशलाई निरन्तरता

निर्माणाधीन अपार्टमेन्टको सँधियार जोडिएको क्षेत्रमा पर्खाल भत्काउने र छिमेकीको घर हल्लिने गरी डोजर चलाउने कार्य रोक्न निषेधाज्ञा मागेर स्थानीय अवन्तिका रेग्मीले अदालतमा निवेदन दिएकी थिइन्।

शताब्दीपुरुष डा.गौरीशंकरलाई सरकारले सम्मान गर्ने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले डा.गाैरीशंकरलाल दासलाई राष्ट्रका तर्फबाट उच्च सम्मान, मासिक वृत्ति तथा सम्मानजनक जीवनयापनका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने बताएका छन

एशियाली खेलकुद: उसुका दीपक र निमा पराजित (तस्वीरहरू)

पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३औँ स्थानमा रहे भने महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा १०औँ स्थानमा रहिन्। दुवै जना १३औँ दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता हुन्। 

इन्द्रजात्रा

काठमाडौँमा शुरू भयो इन्द्रजात्रा

काठमाडौँमा मंगलबारदेखि इन्द्रजात्रा शुरू भएको छ। हनुमानढोका दरवार स्क्वायरमा १०ः३७ मा इन्द्रध्वज उत्थान गरेपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू भएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाउने गरिन्छ। यसलाई काठमाडौँमा मनाइने सबैभन्दा ठूलो, रमाइलो र महत्त्वपूर्ण जात्राका रूपमा लिइन्छ।

शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार राख्नु गलत: पूर्वअर्थमन्त्री खतिवडा

राष्ट्रबैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको उनकाे भनाइ छ।

मणिपाल घटनापछि माओवादी स्वास्थ्य विभागबाट डा. दीपक काेइरालाकाे राजीनामा

आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकमाथिको हातपात बढीरहेकाले याे कुरा सह्य नभएको भन्दै उनले पार्टी परित्याग गरेका छन्। यहीबीच अस्पतालले पनि विज्ञप्ति जारी गरेकाे छ।

ललिता निवास प्रकरणः सर्वोच्चले माग्यो बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि मुद्दा नलाग्नुको कारण

शक्ति र पहुँचका भरमा उनीहरूलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

कानूनको पालना नहुँदा सरकारको बेरुजु बढ्याे: कावा महालेखापरीक्षक

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बाेल्दै कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले संसदले बनाएको कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताएका छन्। 

जनकपुरधाममा अधिकांश मासुपसल मापदण्डविपरीत

मासु जाँचसम्बन्धी ऐन नियमअनुसार न्यूनतम मापदण्डसमेत पालना नगरेको र गुणस्तरहीन मासुसमेत भेटिएको छ।

नेप्से परिसूचक १८.४५ अंकले बढ्याे, २ अर्ब ९ कराेडकाे काराेबार

मेन्छियाम र मनकामना इन्जिनियरिङ हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेकाे छ।

राष्ट्रियसभाको बैठक फेरि सर्‍यो

यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी असाेज १८ गतेका लागि बस्ने जानकारी दिएको छ। 

कुटपिटको विरोधमा माइतीघरमा चिकित्सकको प्रदर्शन

चिकित्सकहरूले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो।