AnonymousUser

Logout

पूर्वी चीनमा भीषण आँधी, ५ जनाको मृत्यु

पूर्वी चीनको जियाङ्सु प्रान्तमा मंगलबार साँझ आएको आँधीबाट एक हजार ६४६ घरमा क्षति भएको छ। ४०५ जना विस्थापित भएका छन्। 

एउटा मात्रै विधेयक पारित गरेर अन्त्य हुँदै संसद्को चालु अधिवेशन 

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले विधेयक पारित गराउन नचाहेको आरोप लगाएको छ। तर, सत्तारुढ दलले भने एमालेले लामो समय संसद् अवरोध गरेका कारण विधेयकमा छलफल हुन नपाएको बताएका छन्।

अरुण तेस्रो आयोजनामा मुआब्जा विवाद, ३ सातादेखि निर्माण ठप्प 

अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीय आन्दोलित भएका छन्। उनीहरूको अवरोधका कारण विद्युत्‌गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ। 

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा शुरू, यात्रु भने बिहीबारदेखि मात्रै चढ्न पाउने 

विभागले बस सेवाको १० दिनसम्म निरन्तर अनुगमन गर्नेछ। यो समयमा द्रुत बस सेवा प्रभावकारी भएमा अन्य सडकमा पनि विस्तार गर्ने र दिनभरि नै सञ्चालन गर्ने सरकारको योजना छ। 

वर्तमान संविधान नेपालको भविष्यको गोरेटो हो: ओली 

संविधान कुनै एक वर्ग, जाति, भूगोल विशेषको मात्र नभएर विदेशमा रहेका सम्पूर्ण नेपालीको समेत साझा गौरवको विषय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघ आन्दोलित, देशभरबाट शिक्षक काठमाडौँमा

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट करिब ५० हजार शिक्षक काठमाडौँ आएको नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बताइन्। 

प्रधानमन्त्री र श्रीलंकाका राष्ट्रपतिबीच भेट, बहुपक्षीय सहकार्यबारे छलफल

भेटवार्ताका क्रममा दुई नेताबीच नेपाल र श्रीलंकाको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ। 

संविधान दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको घोषणा गरेका थिए। उक्त संविधान कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ।

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी र पीएसजीको विजयी शुरूआत

सिटीको जितमा जुलियन अल्भारेजले २ तथा रोड्रीले १ गोल गरे।

कस्तो छ बुधबारको मौसम?

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। 

मुकुन्द रिजालले अघि सारेका काम फत्ते गर्ने जिम्मा कांग्रे‍सको काँधमा : देउवा

कांग्रेस सभापति देउवाले मुकुन्द रिजालले अग्रसरता लिएका काम पूरा गर्ने दायित्व पार्टीको काँधमा आएको बताए।

ऋषिपञ्चमी

ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

ऋषिपञ्चमी पर्वका दिन मंगलबार काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ। महिलाहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी यो पर्व मनाउने गरेछन्। सप्तऋषिको पूजा गर्ने भएकैले यस पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो। त्यसैले लागि मन्दिरमा भीड हुने गरेको छ। महिलाले हरितालिकाको व्रत समापनका लागि गोदानलगायत गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्नेसमेत चलन छ। 

एशियन गेम्स : पहिलो खेलमै नेपाली पुरुष भलिबल टोली पराजित

नेपाली राष्ट्रिय पुरुष भलिबल टोली १९औँ एशियन गेम्सको पहिलो खेलमा बहराइनसँग पराजित भएको छ।

राष्ट्रपतिले दिए ६७० कैदीलाई सजाय माफी मिनाहा

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको सजाय माफी मिनाहा गरिदिएका छन्।

शेखर समूहको जोड : कांग्रेसलाई कार्ययोजना र कार्यतालिका अनुरूप चलाउनुपर्छ

कांग्रेसलाई चलायमान बनाउन पार्टीले अवलम्बन गरेको कार्यतालिकालाई अवरुद्ध नगरी निरन्तरता दिनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको नेता दीलेन्द्रप्रसाद बडूले बताए।

राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्‍याउनुपर्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

आर्थिक रूपान्तरणका लागि देशभित्र र बाहिर रहेका नेपालीको सहभागिता आवश्यक: अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताए।

विराटनगर महानगरले तीन नगरप्रहरीलाई जिम्मेवारीबाट हटायो

विराटनगर महानगर प्रमुख नागेश कोइरालाले जसपाका मोरङ अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको भन्दै तीन नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएका छन्।

कम्पनीले ४० लाख बक्यौता नतिरेपछि पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द

कम्पनीमाथि राजस्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

संविधान संशोधन गर्न हतार गर्नु हुँदैन : ओली

दबाब र भावनामा बगेरभन्दा आवश्यकता र औचित्य पुष्टि गर्ने गरी संविधान संशोधन गरिनु पर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ।