महासभामा प्रधानमन्त्री दाहालले विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति र समृद्धिका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे मन्तव्य दिनेछन्।
ईयू विश्वको सबैभन्दा शक्तिशाली आर्थिक महादेशमध्ये एक भएकाले डराउनु नपर्ने फ्रान्सका अर्थमन्त्रीले जनाएका छन्।
ओपनर शुभमन गिलले १२१ रनको शतकीय इनिङ्स खेले पनि भारतलाई जिताउन सकेनन्। १३३ बल खेलेका उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए।
गैह्रीगाउँको दिव्य सः मिलमा सुरक्षा गार्ड रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।
पेट्रोल प्रतिलिटर १ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहेको छ। काठमाडौँ उपत्यकामा भने बिहानैदेखि घाम लागिरहेको छ।
उक्त क्षेत्रलाई अब धार्मिक पर्यटन र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने महानगरले जनाएको छ।
बहुमत सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र आफूविरुद्ध दर्ता गरेको बर्खास्तीको पत्र वैधानिक नभएकाे भन्दै महासचिव किरण राईले अखिल फुटबल संघ एन्फाको अनुशासन कमिटीमा पठाएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपाल बाल संगठनको हालसम्म हिनामिना भएको सम्पत्ति जसरी पनि सरकारले फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन्।
याे साता नेम्वाङकाे निधन, सुन तस्करीसम्बन्धी सीआईबीकाे अनुसन्धान प्रतिवेदन, डाक्टर कुटिए, मेयर बालेन्द्र टाइम म्यागेजिनको १०० उदयीमान नेताकाे सूचीमा लगायतका खबर मुख्य हेडलाइन बने
चिकित्सकीय अभ्यासको क्रममा कहीँ त्रुटि भयो होला। पीडित पक्षले केही अनपेक्षित नतिजा वा आशा नगरिएको परिणाम भोगे होलान्। तर कुटपिट, हातपातजस्ता प्रतिक्रिया असामान्य, क्रूर र अस्वाभाविक देखिन थालेको छ।
शुक्रबार बसेकाे मन्त्रीपरिषद्को बैठकले कर प्रणाली सुधार गर्न समिति गठन गर्ने, नेपाल नागरिकता तेस्रो संशोधन नियमावली २०८० स्वीकृत गर्नेलगायत विभिन्न निर्णय गरेकाे छ।
स्थानीय सरकारकाे दायित्व भनेकाे स्थानीय जनतालाई खेल्ने वातावरण बनाउने पनि भएकाे भन्दै मेयर शाहले यस्ताे सहमति भएकाे जनाएका छन्।
तराई–मधेशमा माटोको गुणस्तरमा ह्रास, माटोको क्षयीकरण र भूमिगत जलाधारमा संकुचन आउँदा नेपालको ठूलो उर्वर भूमि मरुभूमीकरणको चपेटामा पर्ने जोखिम बढेको रहेको विज्ञप्तिमा उल्लेख छ।
शिक्षकहरूका अधिकार कुण्ठित गर्नेगरी ल्याइएकाे भन्दै राहत शिक्षकहरूले विधेयक जलाएका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले चुच्चे नक्साकाे विवाद मिलाउनेदेखि बीआरई परियाेजना अघि सार्नेलगायत विभिन्न सुझाव दिएका हुन्।
मेयर शाहले सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको र मन्त्री बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनी दिएको अभिव्यक्तिप्रति मानव अधिकार आयोगले आपत्ति जनाएको हो।
उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।
उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।