AnonymousUser

Logout

वैदेशिक रोजगारीमा साउदी गएका १८ जनाभन्दा धेरै नेपाली काम नपाएर ४ महिनादेखि अलपत्र 

काठमाडौँको सितापाइलामा रहेको म्यानपावर कम्पनी ‘एडभेन्चर ह्युमन रिसोर्सेज प्राली’बाट उनीहरु सन् २०२२ को फेब्रुअरीमा साउदी पुगेका थिए।

सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो

शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक प्रहार र कान्ति बाल अस्पतालमा बालिकाकाे निधन भएकाे विषयमा पनि सरकार गम्भीर भएकाे बताए।

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति शीबीचको भेट हाङजाओमा हुने 

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ। 

सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवाका लागि तयार हुँदै ‘डेडिकेटेड लेन’ 

सरकारले असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

रुसद्वारा २ जना अमेरिकी कूटनीतिज्ञ निष्कासित, जासुसी गरेको आरोप

रुसले अमेरिकी कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ।

एसीसी यू-१९ प्रिमियर कप: देवसहित २४ खेलाडी बन्द प्रशिक्षणमा

नेपाल रहेको समूहमा बहराइन, साउदी अरब र इरान छन्। प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एशिया कपमा स्थान बनाउने छन्।

‘पञ्चायतकालमा बहालवाला मन्त्रीलाई पनि जेल हालिन्थ्यो, ठूला नेता चोख्याइँदैन थियो’

'नेत्रविक्रम थापा वनमन्त्री हुनुहुन्थ्यो। जनमत संग्रहको नाममा केही जंगल फाँडियो, तर हल्ला गरेजति हैन। त्यतिबेला तलदेखि माथिसम्मका कर्मचारीहरू मिलेर जंगल फँडानी गरे। त्यसमा मन्त्री पनि मिले कि!'

हेटौँडा अस्पतालका डाक्टरसहित ७८ जनाको सामूहिक राजीनामा, इमर्जेन्सीबाहेकका सेवा ठप्प

स्थानीय सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरूले राजीनामा दिएका हुन्। 

काठमाडौँ र ललितपुरका केही स्थानमा ३ दिन विद्युत् अवरुद्ध हुने

तीन वटा प्रसारण लाइन ‘सटडाउन’ गर्दा काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण प्रभावित हुने प्राधिकरणले जनाएको छ।

मुम्बईमा विमान दुर्घटना हुँदा ८ जना घाइते

अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटना भएको थियो। विमानमा चालक दलका दुई सदस्यसहित आठ जना सवार थिए।

राष्ट्रिय बाल दिवस मनाइँदै 

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ शुक्रबार देशभर विभिन्न कार्यक्रम आयोजना गरेर राष्ट्रिय बाल दिवस मनाइँदै छ।

सुदूरपश्चिम र लुम्बिनीमा चट्याङसहित भारी वर्षाको सम्भावना

गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको र बाँकी स्थानमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँमा दूध तथा दुग्धजन्य परिकार खुला रूपमा बिक्री गरे कारबाही

महानगरको कृषि तथा पशुपंक्षी विभागले सूचना जारी गर्दै खुला रूपमा दूध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न अनुरोध गरेको छ। 

रोमान्चक खेलमा पाकिस्तानलाई हराउँदै श्रीलंका एशिया कपको फाइनलमा

श्रीलंकालाई अन्तिम २ बलमा जितको लागि ६ रन चाहिएको थियो। चरिथ असंलकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा २ रन बटुल्दै रोमाञ्चक जित दिलाए।

सडक अनुशासन उल्लंघन गर्ने एक लाख १७ हजारभन्दा बढीलाई कारबाही

चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा भएका सडक अनुशासन उल्लंघनकाे तथ्यांक हाे याे।

तानसेन बजारमा बस दुर्घटना, १२ जना घाइते

बसकाे ब्रेक फेल हुँदा दुर्घटना भएकाे हाे।

लिबियामा विनाशकारी बाढी: नेपाली शान्ति सेना सुरक्षित

घटनास्थलबाट नेपाली शान्तिसेनाको गार्ड युनिटको शिविर ११३ किलोमिटरको  दूरीमा रहेकाले कुनै क्षति भएको छैन।

पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान

पुटिनले किमलाई अन्तरिक्षमा धेरैपटक भ्रमण गरेको अन्तरिक्ष सुटको पञ्जा पनि उपहार दिएका छन्।

ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन चलिरकाे प्रमुख सचेतककाे भनाइ

डा. श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीको केन्द्रीय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाएका थिए।