चीनमा आयोजना हुने १९औँ एशियन खेलकुदका लागि भइरहेको बन्द प्रशिक्षणका क्रममा बुधबार ललित घाइते भएका हुन्।
छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरलगायत शिक्षक प्रतिनिधि सहभागी थिए।
दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारदेखि आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीहरूको चेतावनी छ।
आर्सनलले आफ्नो पहिलो खेलमा पीएसभीलाई ४–० ले पराजित गरेको छ। आर्सनलका लागि बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड, ग्राबियल जेसस र मार्टन ओडेगार्डले गोल गरे।
राति, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शिक्षकहरूले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने उनको भनाइ छ।
यसअघि नेपाली टोलीले केल्मीको किट्स लगाउँदै आएको थियो। तर, बक्यौता दिन ढिलासुस्ती गरेपछि केल्मीले आफ्नो तीन वर्षे सम्झौता सकिएपछि नवीकरण गरेको थिएन।
नेपाली सांगीतिक समूह नेपथ्य क्यानडाका नेपालीमाझ पहिलो पटक गुञ्जन लागेकाे हाे। असोज १४ देखि क्यालगरी‚ भ्यानकुभर र टोरन्टोमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ।
संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवाप्रवाह शुभारम्भ भएको खुसीको उपलक्ष्यमा र ३ दिनदेखि व्यवस्थापन कार्यमा खटिदा कर्मचारी थाकेको भन्दै बिदा दिने निर्णय गरेको हो।
उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र उर्जा शक्तिको उचित व्यवस्थापन गर्नसके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना रहेको पनि बताए।
सरकारले भव्यताका साथ संविधान दिवस मनाउन आह्वान गरे पनि संविधानसँग असन्तुष्टि राख्दै आएका मधेशकेन्द्रित युवाहरूले देशको संघीय राजधानी काठमाडौँमा संविधान जलाएर विरोध गरेका हुन्।
द्रुत बस
सरकारले काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा शुरू गरेको छ। रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिकमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको बुधबार उद्घाटन गरेका हुन्। यो बस सेवाबाट सूर्यविनायकदेखि ४५ मिनेटमा रत्नपार्क पुगिने बताइएको छ। अब हरेक दिन बिहान ९ बजेदेखि ११ र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस चल्ने यातायात व्यवस्था विभागले जनाएको छ। तस्वीर: किसन पाण्डे/उकालो
वीरगन्ज र रक्सौलबीचको सीमा दशगजामा पर्ने मितेरी पुलमै एसएसबीले सुरक्षा जाँच थालेपछि बुधबार दिउँसो नेपालका स्थानीयले प्रतिवाद गरेका छन्। प्रतिवादपछि एसएसबी १० मिटर पछि सरेको छ।
मन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षामा सबै एकजुट र सजग हुनुपर्ने बताए।
आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भए पनि आन्दोलनका नाममा बालबालिकाकाे पठनपाठनमा असर पुग्नेगरी विद्यालय नै बन्द गर्नु युक्तिसंगत नभएकाे महानगरले जनाएकाे छ।
हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाहरूको सहभागिता धेरै रहेको छ।
संविधान दिवस
संविधान दिवस २०८० को अवसरमा बुधबार काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो। सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्च पास ब्यान्ड प्रदर्शनी गरेका थिए। काठमाडौँ र ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।
समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय बेहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो।
अब चाहिने शिक्षक भनेको राजनीतिक चेतना भएको, राजनीतिलाई विश्लेषण गर्नसक्ने, समालोचकीय दृष्टिकोणबाट हेर्नसक्ने, आफूले बोकेको दर्शनमात्रै ठीक हो नभनेर अर्काको दर्शन पनि बुझ्नसक्ने हुनुपर्छ।
सरकारले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।