पाकिस्तानसँग घरेलु टोली नेपाल साफ यू–१९ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ। नेपालले अब सोमबार दोस्रो खेल मालदिभ्ससँग खेल्ने छ।
दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको प्राधिकरणको भनाइ छ।
आफ्ना मागहरू सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रूपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षाप्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको भनाइ छ।
सरकारले ल्याएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन थालेपछि त्यसमा सहभागी हुन आएका शिक्षकलाई उकालोकर्मीको प्रश्न– यो आन्दोलनको औचित्य के हो?
शिक्षकहरूले उठाएका कतिपय माग शिक्षा नियमावलीमार्फत सम्बोधन गर्न सकिने, त्यसलाई छलफल र वार्ताका माध्यमबाट टुंग्याइने कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको भनाइ।
अर्थमन्त्री महतले पर्यटक आगमन बढिरहेको, विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको बताउँदै अर्थतन्त्रमा ‘रिर्सोस’ आइरहेको बताए।
एमाले सचेतक बर्तौलाले सरकारले छिटोभन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्ता गरी समस्याको निकास खोज्नुपर्ने बताए।
युरोपेली देशलगायत अमेरिका, जापानकाे प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने 'विस एचआर सोलुसन प्राली'को इजाजतपत्र रद्द गर्दै कम्पनीका सञ्चालकविरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दर्ता गरेकाे हाे।
रास्वपाले शिक्षकहरूलाई आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकार कुण्ठित नगर्न आग्रह गरेको छ।
अर्थ समितिको बिहीबारको बैठकमा समितिको कार्यविधि मस्यौदा र विविध विषयमाथिको छलफल गर्ने कार्यसूची थियो।
समूह ‘बी’को पहिलो खेलमा भारतले साबिक उपविजेता बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
बिहीबार चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
वित्त नीति र मौद्रिक नीतिको समन्वयात्मक कार्यान्वयनबाट अर्थतन्त्रमा सकारात्मक नतिजा प्राप्त गर्न सकिने अर्थसचिव डा. कृष्णहरि पुष्करको भनाइ छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले गर्ने काम कारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुने गरी काम गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री दाहालको चीन भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालगायत रहनेछन्।
राज्य व्यवस्था तथा सुशासन समितिले भीभीआईपी र भीआईपीलाई मापदण्डविपरीत दिइएका सुरक्षा अधिकृत, सवारीचालक र भान्सेलाई १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले भीभीआईपी र भीआईपीहरूलाई मापदण्डविपरीत उपलब्ध गराइएका सुरक्षा अधिकृत, सवारीचालक र भान्से फिर्ता गर्न निर्देशन दिएको छ।
पक्राउ पर्नेमा २० वर्षीय करणबहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर छन्। उनीहरूको नेपालस्थित ठेगामा भने खुलाइएको छैन।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
यसअघि बिहीबार बिहान सरकारले आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग छलफल गरेको थियो। गृह मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएको थियो।