AnonymousUser

Logout

को हुन् हत्या गरिएका सिख हरदीप, किन बढ्दैछ क्यानडा–भारतबीच विवाद?

सन् १९९७ मा भारतको पन्जाबबाट क्यानडा गएका हरदीप पछि ब्रिटिस कोलम्बियाका सिख नेता बने। ‘खालिस्तान टाइगर फोर्स’सँग सम्बन्ध भएको आरोपमा सन् २०२० मा भारतले उनलाई आतंकवादी घोषणा गरेको थियो।

शेयर बजार: ४ दिनमा ७ अर्ब ३६ करोड बढीको कारोबार

सोमबार नेप्से परिसूचक ४.२६ अंकले उकालो लागेर एक हजार ९६९.१८ मा पुगेको थियो। यस दिन विभिन्न कम्पनीका कुल २८ लाख ७४ हजार कित्ता शेयर ८७ करोड चार लाख रुपैयाँमा खरिदबिक्री भएको थियो।

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गरौँ: चिनियाँ राष्ट्रपति

आपसी सद्भाव कायम गरी साझा विकास, खुलापन र एकताको बाटोमा अघि बढ्नुको विकल्प नभएको राष्ट्रपति सीको भनाइ छ। 

‘अहिलेसम्मका आन्दोलनले उठाएका सवाल जस्ताको त्यस्तै हुँदा विभेद हटेन’

‘पहिले समाजमा एक जना पात्रमाथि विभेद हुन्थ्यो। अहिले सामाजिक सञ्जालमार्फत विश्वभरि प्रचार हुन्छ। विभेदको नयाँ स्वरूप देख्न सकिन्छ। हामी जति आधुनिकतातिर गइराखेको भए पनि प्रवृत्ति सुधार भएको छैन।’

क्यानको सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लको उम्मेदवारी

खड्काले अध्यक्ष चतुरबहादुर चन्द प्यानलबाट उम्मेदवारी दिएका हुन् भने मल्लले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

क्यानको अध्यक्षमा पुन: चतुरबहादुर चन्द निर्वाचित 

चन्दको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रधानमन्त्री दाहाल चीनको हाङ्‌जाओमा, राष्ट्रपति सीसँग शनिबार नै भेटवार्ता हुने

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणका लागि चीन पुगेका हुन्। 

नेपाल सुपर लिगको ड्राफ्टमा १९५ खेलाडी

ड्राफ्टमा परेका खेलाडीलाई तीन ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन क्याटगरीमा विभाजन गरिएको छ। ४१ जना खेलाडीलाई ए क्याटगरीमा राखिएको छ। यसैगरी बीमा ७९ र सीमा ७५ जना खेलाडी परेका छन्।

दुर्गमको विद्यालयमा ३ दशक बिताउँदा…

एउटै विद्यालयमा तीन दशक बढी समय बिताएका आलमले जागिर मात्रै नगरेको, गाउँको शैक्षिक उत्थानमा योगदान दिएको भन्दै धवलागिरि गाउँपालिकाले उनलाई अभिनन्दन गरेको छ।

मुगुको सदरमुकाम गमगढीमा आगलागी, ६ घर नष्ट

कालिका मालिका मन्दिरदेखि उत्तरतर्फ बजार क्षेत्रमा शुक्रबार मध्यराती शुरू भएको आगलागी शनिबार बिहानसम्म नियन्त्रणमा आएको छैन।

अल–नासरले अल–अहलीलाई हरायो, रोनाल्डोको २ गोल

जितसँगै ७ खेलमा १५ अंक जोडेको नासर तालिकाको पाँचौँ स्थानमा छ। समान अंक रहेको अहली छैटौँ स्थानमा छ।

कोशी, मधेश र गण्डकीमा भारी वर्षाको सम्भावना

कोशी, मधेश र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। साथै लुम्बिनी, मधेश र कोशीका तराई भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ।

विरोध

आन्दोलनमा शिक्षकहरूको नाचगान\r\n

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन्। देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरूले काठमाडौँको माइतीघरमा विद्यालय शिक्षा विधेयकको विरोध गरेका हुन्। नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षकहरू आन्दोलित बनेका हुन्। गत बुधबारबाट शुरू भएको काठमाडौँकेन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरूले बताएका छन्। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ। संसद्मा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरूले विभिन्न १७ बुँदे असहमति प्रकट गरेका छन्। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्। उनीहरूले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्। विरोधका क्रममा माइतीघरमा शिक्षकहरूले नाचगानसमेत गरेका थिए।

सुन प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग नबनेपछि एमालेको आरोप– सरकार समझदारीबाट पछि हट्यो

एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीबारे असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, लगत्तै कामकारबाही अगाडि बढाउने सहमति कार्यान्वयन गर्न सरकार उदासीन देखिएको आरोप लगाए।

उकालो साप्ताहिक ब्रिफिङ: चर्चामा शिक्षक आन्दोलन, भारत–क्यानडा ‘डिप्लोमेसी वार’

यो साता नेपालमा पठनपाठन नै बन्द हुनेगरी सार्वजनिक विद्यालयका शिक्षकहरूको काठमाडौँकेन्द्रित आन्दोलनको चर्चा चलिरहँदा भारत–क्यानडाबीचको 'डिप्लोमेसी वार'ले धेरैको ध्यान खिच्यो।

सरकारले अपराधको राजनीतिकरण गरिरहेको ओलीको टिप्पणी

एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यले विकास, गरिबी निवारणलगायतका विषयमा ध्यान नै नदिएको बताएका छन्।

समुद्रमा तैरिने मस्जिद बनाउँदै दुबई, प्रार्थना हल पानीमुनि हुने

सन् २०२४ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो मस्जिद निर्माणमा ५ करोड ५० लाख यूएई दिर्हाम खर्च हुने अनुमान गरिएको छ। 

सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता 

सरकार र शिक्षकहरूबीच सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मुलुकमा धार्मिक द्वन्द्व फैलाउन खोजे कारबाही हुन्छ: गृहमन्त्री

एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना या घृणा फैलाउने खालको अभिव्यक्तिहरू देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढ्ने मन्त्री श्रेष्ठको भनाइ थियो।

‘क्यानमा चतुरबहादुर चन्द कतैबाट पनि सफल भएको नदेखेर मैले उम्मेदवारी दिएँ’

‘म त्यत्तिकै लडेको होइन। मसँग पनि जिल्ला र प्रदेशका ३०-३२ जना प्रतिनिधि हुनुहुन्छ। उहाँहरू अध्यक्ष चन्दविरुद्ध रुष्ट हुनुहुन्छ। उहाँहरूले नै भनेर लडेको हुँ। म जित्छु भनेरै उठेको हुँ।’