जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६.७८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन्। उनीहरूले उज्बेकिस्तानका खेलाडीलाई १० सेकेन्डले पछि पारे।
नेपालले समूह चरणअन्तर्गत सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा मालदिभ्ससँग खेल्नेछ। समूह चरण पार गरे भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश अभाव भएपछि सन्दीप विरुद्धको मुद्दा स्थगित भएको हो। यसअघि गत सोमबार पनि उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो।
प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
ओमानका कप्तान अकिब इलियासले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ३३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।
दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
अमेरिकी सांसद भोजनीले टेक्सासमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने र विश्वस्तरमा रहेका नेपालीको स्तर र जीवनशैली उकास्न समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।
शनिबार औपचारिक रूपमा शुरू भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ। प्रतियोगितामा ४५ एशियाली राष्ट्रका १२ हजार खेलाडी सहभागी छन्।
क्यानका नवनिर्वाचित केन्द्रीय सचिव पारस खड्काले क्रिकेटसँग जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जगदीशपुर ताल
जगदीशपुर ताल कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, कपिलवस्तु नगरपालिका– ९ र १० मा अवस्थित छ। करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको १५७ हेक्टर भाग पानीले ढाकेको छ। सन् २००३ सालमा रामसार सूचीमा सूचीकृत भएको यो ताल कपिलवस्तुको महत्त्वपूर्ण धरोहर हो। तालमा ४६ प्रजातिका माछा, घस्रने प्रजातिका ४२, उभयचर प्रजातिका १० तथा स्तनधारी समूहका समेत प्राणी रहेका छन्। विभिन्न मौसमअनुसार यस तालमा विदेशी साइबेरियन चरा प्रशस्त मात्रामा आउने गर्छन्। यस्ता आगन्तुक चराहरू जाडो तथा गर्मी मौसम छल्न आई पुनः आफ्नै मुलुक फर्किने गर्छन्। यहाँ ११८ बढी प्रजातिको चराचुरुङ्गी पाइने पंक्षी संरक्षण संघले जनाएको छ।
चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघमा नयाँ कार्यसमिति चयन भएको छ।
माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
क्यानको केन्द्रीय सचिवमा पारस खड्का निर्वाचित भएका छन्।
१९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हाङजाओमा भेटवार्ता भएको छ।
श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेश पलायन हुने अवस्था आएकाले त्यसलाई रोक्न सबै पक्षले सरकारलाई साथ दिनुपर्ने शिक्षामन्त्री राईको भनाइ छ।
क्यानको अध्यक्षमा निर्विरोध चयन भएका चतुरबहादुर चन्दले तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसिमले बदल्ने योजनासहित अघि बढ्ने बताएका छन्।
मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सके मात्रै पहिचान कालान्तरसम्म रहिरहने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको भनाइ छ।
सरकार र महासंघबीचको सहमतिमा राहत शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए।