AnonymousUser

Logout

हमासको आक्रमणमा २२ जनाको मृत्यु, इजरायलले भने– हामी युद्धमा छौँ

तेल अवीवस्थित नेपाली दूतावासले अप्ठ्यारोमा परेका नेपाली नागरिकको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

दशैँ मनाउन घर फर्किँदा एमाले कार्यकर्ताको उद्देश्य अरूको भन्दा फरक हुनुपर्छ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैँ मनाउन घर फर्किने हरेक कार्यकर्तालाई पार्टीको अभियान लिएर जान निर्देशन दिएका छन्।

प्रधानमन्त्री भन्छन्– स्थानीय तह अधिकारसम्पन्न हुन सकेको छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताएका छन्। 

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पदबाट राजीनामा दिने घोषणा

शनिबार बसेको प्रदेशसभाको बैठकमा कार्कीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

एशियाली खेलकुद : कराँतेमा एरिका फाइनलमा, रजत पदक पक्का

एरिका गुरुङले स्वर्ण पदकका लागि काजकिस्तानकी सोफ्या बेरुलत्सेभासँग प्रतिस्पर्धा गर्दै छिन्

कोशी प्रदेश मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

माओवादी केन्द्र कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री बाबुराम दाहालले गठबन्धनले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए।

प्रधानमन्त्री र माधव नेपालबीच भेट, के भयो कुराकानी?

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसद्‌मा सम्बोधन गर्नेबारे पनि छलफल भएको अध्यक्ष नेपालले बताए।

इजराइलमा हमासको रकेट हमला, आईडीएफद्वारा युद्धको चेतावनी

हमासले गरेको अप्रत्याशित हमलापछि आईडीएफले जवाफी हमला गरेको छ। मुलुकका दक्षिण–मध्यक्षेत्र तथा गाजाका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

एशियाली खेलकुद: महिला भलिबलमा नेपालको सान्त्वना जित

शनिबार भएको खेलमा नेपालले मंगोलियालाई ३–२ को सेटमा पराजित गरेको छ। जितसँगै नेपाल १३ टोली सम्मिलित मिहला भलिबलमा ११औँ भएको छ।

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, टीआरसी विधेयकबारे छलफल

शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीलाई शेखरको आग्रह– सच्चिनुस् कि बाटो खाली गर्नुस्

नेता कोइरालाले देश अप्ठ्यारो स्थितिमा रहेकाले तत्काल सच्चिन नसक्ने भए बाटो खाली गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री,  पुर्‍याउलान् बहुमत? 

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ। किनभने, एमाले बाहेक संसद्‌मा रहेका कुनै पनि दलले विश्वासको मत दिने निर्णय गरेका छैनन्।

सबैजना मोबाइलमा व्यस्त, हराउँदै चंगा संस्कृति

चंगा उडाउनका लागि त्यही अनुसारको मौसम अनुकूल हुनपर्छ। घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र उडाउन सकिन्छ। नेपालमा मुख्य गरी दशैँको समयमा घरको कौसीमा बसेर उडाइने गरिन्छ।

क्यानडाको भ्यानकुभरमा नेपथ्यसँग झुमे दर्शक

क्यानडामा नेपथ्यको तेस्रो कन्सर्ट टोरन्टोस्थित म्यासी हलमा अक्टोबर ८ मा हुनेछ। 

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, कोशी र बागमतीमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। 

संवैधानिक संस्थाको गरिमा बचाइराख्न राष्ट्रपतिलाई विवेकशील साझाको ध्यानाकर्षण

विवेकशील साझा पार्टीले संविधानको रक्षार्थ प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरूलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई अनुरोध गरेको छ।

६० किलो सुन प्रकरणमा २५ प्रतिवादीलाई थुनामा पठाउन आदेश, एक जनासँग ५ लाख धरौटी माग

काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको छ।

सुशासन कायम गर्नु पार्टीको पहिलो प्राथमिकता हो : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष नेपालले नागरिकका समस्या समाधानको प्रयास पार्टीले सधैँ गर्ने उल्लेख गर्दै कृषि र पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए।

पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छ: ओली

सहमतिका माध्यमबाट कसै मन नदुखाईकन नेतृत्व चयन हुँदा सबैभन्दा उत्तम हुने एमाले अध्यक्ष ओलीको भनाइ छ। 

उकालो साप्ताहिक ब्रिफिङ: ढलमल अर्थतन्त्र, जलवायु परिवर्तनको कहर र किसानलाई संकट बनेका वन्यजन्तु

भूकम्पले नेपालको पश्चिमी भूभाग प्रभावित भइरहँदा जलवायु परिवर्तन, ढलमल अर्थतन्त्र, कमजोर नीतिको मार खेपिरहेका नेपाली किसानमाथि अहिले अर्को समस्याको भार थपिएको छ– बाँदर, बँदेल र दुम्सी!