गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
गृहमन्त्री श्रेष्ठले उपलब्ध स्रोतसाधनले भ्याएसम्म राहत पठाउने काम भइरहेको, आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरू पनि उपलब्ध गराइएको सुनाउँदै अस्थायी आवास बनाउन पनि ढिलाइ नहुने बताए।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्प प्रभावितहरूका लागि अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ।
तिहार
काठमाडौँका विभिन्न बजारमा बिक्रीका लागि राखिएका सयपत्री र मखमली फूल। तिहारमा फूलको माग अरू समयभन्दा बढी हुने गर्छ। तिहारलाई फूलैफूलको पर्व पनि भनिन्छ।
नवलपरासीको देवचुली नगरपालिका–९ मा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका ६ जनामध्ये चारको पहिचान खुलेको छ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद्, सांसद र मतदातासमेतको भूमिका रहेको बताउँदै सबैले आ–आफ्नो भूमिका राम्रोसँग निभाउनुपर्नेमा जोड दिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तालिम प्राप्त कुकुरहरूको छुट्टाछुट्टै पूजा गर्नुका साथै कला प्रदर्शनी पनि गरेका छन्। कुकुरलाई सुरक्षा निकायले अनुसन्धानमा प्रयोग गर्दै आएका छन्।
गाडीमा सात जना सवार रहेकामध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूको पहिचान खुल्न बाँकी छ।
बजारमा विगतको तुलनामा यस तिहारमा काजु, बदाम, पेस्ता, नरिवललगायत मसलाको मूल्य घटेको छ।
आईएफआरसीले जाजरकोट भूकम्पबाट प्रभावितलाई तत्काल १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।
अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।
आर्सनल १२ खेलमा २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी समान अंक भए पनि शीर्ष स्थानमा छ।
साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पर्व
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शनिबारदेखि विधिवत् रूपमा शुरू भएको छ। तिहार शुरू भएसँगै किनमेल गर्न असनलगायतका बजारमा उपभोक्ताको भीड लाग्ने गरेको छ। भाइ मसला, टीका, मखमली फूल, दाजुभाइका लागि ढाका टोपीलगायत तिहारलाई आवश्यक पर्ने सामान किन्न असन, इन्द्रचोक क्षेत्रमा ग्राहकको भिड लागेको हो। दशैँका बेला सुनसान रहेको असन क्षेत्र तिहार लागेलगत्तै भिडभाडयुक्त बनेको छ। शनिबार काग पूजा गरिएसँगै यमपञ्चक शुरू भएको छ। बुधबार परेको भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मनपर्ने परिकार ख्वाउने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीहरूलाई आफ्नो क्षमताअनुसार दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। आइतबार कुकुर तिहारसँगै साँझ लक्ष्मीपूजा गरिँदै छ। लक्ष्मीपूजाको दिनदेखि घर–घरमा देउसी भैलो खेल्न थालिने प्रचलन छ। यस दिन घरमा लक्ष्मीको वास होस् भन्दै धन सम्पत्तिको पूजा गर्ने पनि गरिन्छ। लक्ष्मीको आगमनका लागि दियो बालेर घरलाई झिलिमिली पार्ने गरिन्छ।
नेपाली समाजमा भएको जातीय तथा वर्गीय विभेदलाई लिएर झ्याउरे छन्दमा लेखिएको खण्डकाव्यमाथि तीन जना समालोचकले चर्चा गरेका छन्।
राज्यव्यवस्था तथा सुशासन समिति सदस्यहरूले सरकारलाई भूकम्प प्रभावितका लागि अस्थायी आवासको काम हिउँदअघि नै सक्न, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न सुझाव दिएका छन्।
लाइन काटिएका ग्राहकबाट करिब ६२ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको र तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने प्राधिकरणको भनाइ छ।
कर्णाली प्रदेश सरकारले तिहारलगत्तै जाजरकोट भूकम्प प्रभावितको पुनर्स्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले जाजरकोट भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।